दमौली/व्यास नगरपालिकाको विपद् व्यवस्थापन समितिले चट्याङ जोखिम न्यूनिकरणसम्बन्धि दुईदिने जनचेतनामुलक गोष्ठि सञ्चालन गरेको छ । व्यास नगरपालिकाको र एल ए आर सीको संयुक्त आयोजनामा सञ्चालित सो गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथी व्यासनगर प्रमुख बैकुण्ठ न्यौपानेले विपद्बाट हुने जोखिमलाई न्युनिकरण गर्न पूर्वतयारी र सचेतना अति आवश्यक रहेको भन्दै दैविक प्रकोप व्यवस्थापनमा नगरपालिकाले सक्रिय भुमिका खेल्ने विश्वास दिलाए ।
समारोहमा बोल्दै विशिष्ट अतिथी प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले तनहुँ चट्याङ जोखिमयुक्त जिल्ला भएको बताए । उनले आफू स्वयं चट्याङ प्रभावित व्यक्ति भएको स्मरण गर्दै जोखिम न्युनिकरण गर्नका लागि विद्यालय स्तरमै पाठ्यक्रम निर्माण गरी सचेतना गराउनु पर्ने बताए । गोष्ठीमा प्रशिक्षक एल ए आर सीका अध्यक्ष श्रीराम शर्माले जोखिम न्युनिकरणका लागि अपनाउन पर्ने सावधानी लगायतका विषयमा जानकारी गराएका थिए ।
व्यासनगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजित तालिममा नगरपालिकाका वडा अध्यक्ष, नेपाली सेना, नगरप्रहरी लगायत सरोकारवालाहरुको सक्रिय सहभागीता रहेको थियो ।