आर्थिक असमानताको कारण गरिब ग्रामिण बस्तीमा, सहरका पेटि र झुप्रामा बस्ने मानिसहरु अत्यधिक जनसंख्याको चक्रभित्र घुमिरहेका छन् । गरिबि र असमानता प्रर्यायवाची शब्दहुन् । अमेरिका, जापान, अष्ट्रेलियामा पनि आर्थिक असमानता छ तर त्यहाँको गरिबि र असमानता नेपालको जस्तो छैन । ति देशमा बस्ने व्यक्तिहरु जो एसियन देशबाट बसाइसराई गरेर गएका छन्– तिनिहरुले आफ्नो न्यूनतम आधारभूत आवश्यकता– गास, बास, कपास, शिक्षा, स्वास्थ्य उपचार पुरा गर्न नसक्ने गरिबिको अबस्थामा बाँचिरहेका छन् । त्यसैले गरिबि संसारको जुनै पनि कुनामा पाइने विषय हो । बिकसित राष्ट्रमा रहेको गरिबि निवारणका लागि बनाइएका योजना, सरकारी नीति, कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन हुन्छन् । जसको नतिजा प्रत्यक्ष रुपमा मानिसको जिवनस्तरमा परिवर्तन आइ सामाजिक जिवनको स्वरुपमा परिवर्तन देखिन थाल्दछन् । विकासको नयाँ जीवनशैली देख्न पाइन्छ । जसलाई हामी बिकसित अवस्था भनि सम्वोधन गर्न सक्दछौं । तर निरपेक्ष गरिबि नेपाल, भारत, चिनका ग्रामिण वस्ती एसिया, अफ्रिका, ल्याटिन अमेरिकी देशमा मात्र पाइन्छ । गरिबिको समस्याले तेस्रो विश्वका मुलुकहरू आक्रान्त भैरहेका छन् । राजनैतिक परिवर्तनको नारा विकासको मूलमन्त्र लिएर गराइएको थियो– तर राजनिति गर्ने नेताहरुले भ्रष्टाचार को मूलमन्त्र बनाएर देशमा लुट मच्चाइ रहेका छन् । त्यसैले गरिबिले आक्रान्त देशमा आर्थिक प्रगति न्युना, न्युनरोजगारी, व्यापक गरिबि परस्परमा अत्यन्त घनिष्ट संम्वन्ध जोड्न पुगिरहेका छन् । हाम्रो समाज शैक्षिक बेरोजगारीको भयावह समस्या भित्र फस्न पुगेको छ ।
सामाजिक र आर्थिक शोषण गर्नु यो समाजको विशेषता जस्तै बनेको छ । यस्तो प्रवृत्तिले, संस्कारले नेपाल जस्ता देशको एउटा हात नचल्ने, कम चल्ने, वा चल्न नसक्ने अबस्थामा पुगेको छ । ग्रामीण क्षेत्र अर्थतन्त्रको मूलप्रवाह बाट बाहिर रहेको छ । ग्रामिण जनताहरु सहकारी ठगिको कारणबाट ऋणमा नै जन्मने, ऋणमानै हुर्कने, श्रणमानै मर्ने पासो भित्र परिरहेका छन् ।अन्याय, अत्याचार, ठगीको कारण बर्षेनी सुकुम्वासीको संख्या थप हुँदै गएको छ । सम्पत्ति जग्गाजमिन वेचबिखन गर्ने दलालहरु सक्रिया रहेका छन् । सरकारी, र राजनैतिक दलहरु अनुचित संम्वन्ध राखी निजि व्यक्तिलाई अनुकूल पर्ने कानूनहरु बनाइरहेका छन् । यसरी मूलुक बर्वादिको दिसातर्फ मोडिएको छ ।
यसै सन्दर्भमा चीनको उदाहरण प्रस्तुत गर्ने हो भने– चीन संसारको सबैभन्दा धेरै जनसंख्या भएको देश हो । केहि दशक अगाडि चीन भित्र बाहिरी देशका व्यक्तिहरुलाइ प्रवेश निषेध गरिएको थियो । चीन बिरोधीहरु– चिनियाहरुले खान नपाएर कुकुर विरालो सबैकुरा खान्छन् भन्थ्ये तर आज चीन भित्र सम्पूर्ण बिदेशीहरु प्रवेश गरेका छन् – चीनको मायाले होइनकी नाफाको आकषर्णले गर्दा बहुराष्ट्रिय कम्पनि स्थापना गरि प्राकृतिक सोत साधनको उत्खनन र उत्पादन गरि अदभूत आर्थिक विकास गर्दै शिक्षा र स्वास्थ्यको उचित प्रबन्ध मिलाइरहेका छन् ।
यसबाट पाठ सिकेर नेपाल सरकारले कुल राष्ट्रिय उत्पादनलाई बिकासको मापदण्ड बनाइ–कुल राष्ट्रिय उत्पादनको बितरणलाई विकासको मापदण्ड बनाउने आर्थिक नीतिले अबलम्वन गर्नु पर्दछ । बितरण पक्षलाई सुधारमा ल्याउन–सरकारी सार्वजनिक नीतिलाई– जनताको जीवनस्तरमा सुधार ल्याउने निति कार्यान्वयन गर्दै जाने, बातावरण प्रदुषणको समस्या कम गर्ने, आर्थिक र सामाजिक पूर्वाधारको सिर्जना गर्ने कार्य गर्दै– असमानता, आय र, संम्पति बितरणमा कायम रहेको अन्तर घटाउँदै लैजानु
पर्दछ । हाम्रो तीन तहको सरकारले आफ्ना, निति, कार्यक्रम, योजना बनाउँदा विज्ञ, विभिन्न क्षेत्रका विशेषज्ञ संग परामर्स गरि व्यापक छलफल, अन्तरक्रिया, विगतका कार्ययोजनाको प्रगति विश्लेषणका नतिजाहरुका आधारमा भावी योजना तथा कार्यक्रम तय गर्नुपर्दछ । यसको सबैभन्दा प्रभावकारी नतिजा स्थानिय निकायहरुमा देखिन सक्दछ । के हाम्रा स्थानिय निकायले यस्तो कार्य आगामी दिनमा गर्लान त ? आसा गरौं निर्वाचीत जन प्रतिनिधीले यस्तो कार्यको थालनी आगामी आर्थिक वर्ष देखी नै शुरु गर्लान !