चिसो मौसम भएपनि कालिञ्चोक भगवतीको दर्शन गर्न पाउने र त्यस क्षेत्रको भ्रमण गर्न पाउने खुसीयालीमा मन त्यसै फुरुङ्ग भएको थियो । माघ १४ गते सांझ नै भगवतीको दर्शनका लागि आवश्यक पुजा सर्जाम, खाजा र घुम्दा लगाउने लुगाको कुटुरो तयार पारेर राखेकी थिएँ । व्यास–१२ कमलबारीका बुहारी समूहसंग हाम्रो यात्रा तय भए अनुसार १५ गते विहान ५ बजे यात्राका लागि तयार हुनु थियो ।
रातभरी निन्द्रा राम्रोसंग लाग्न सकेन । जाडो मौसम भएपनि रातभरी पटक पटक उठेर घडी हेर्दै सुत्दै गर्दा ४ बजे बिउँझिएर नुहाईधुवाई गरी सभा ५ बजे घरबाट
निस्किएँ । राजमार्ग छेउमा रहेको जोशी पेट्रोल पम्पमा मैले ४५ मिनेट गाडी कुर्नप¥यो । गाडी पोखराबाट आउने भन्ने त थाहा थियो तर भ्रमणमा निस्कने उत्कण्ठाले मलाई गाडी पर्खँदाको ४५ मिनेट पनि निकै लामो
भयो । प्रतिक्षाको घडी लामो हुन्छ भन्ने सुनेकी थिएँ, अनुभूत गरें, हो रहेछ । मलाई राखेर बस पूर्वतर्फ हुईकियो । कमलबारी पुग्दा ६ बजेको हुँदो हो । भ्रमणदलका सबै आईपुग्दा ६ः३० बज्यो ।
२६ यात्रु बोकेर गाडीले आफ्नो गति समात्यो । नयाँ ठाउँ घुम्न पाउने मात्र होइन प्रसिद्ध कालिञ्चोक भगवतीको दर्शन गर्न पाउने तथा हलेसी महादेवको दर्शन गर्न पाउने कुराले सबै खुसी थिए । आँबुखैरेनीमा एकजना साथी थपिएपछि गाडी अविराम कुदीरह्यो नौविसे नपुग्दासम्म । ९ः४५ तिर नौविसेमा खाजा खानका लागि गाडी रोकियो । सबैलाई गन्तव्यमा पुग्ने हतारो रहेछ शायद १५ मिनेटमा खाजा खाएरपनि सकियो र गाडीे थानकोटको उकालो चढ्न
थाल्यो । सबै साथीहरु गाउने र नाच्ने काममा मस्त हुनुहुन्थ्यो । एघार बज्दा नबज्दै उकालोको जाम छिचोलेर काठमाण्डौं उपत्यमा प्रवेश ग¥यौं । हाम्रो मन जस्तै तिब्र गतिमा दौडिरहेको थियो गाडी पनि । काठमाण्डौं, भक्तपुर तथा ललितपुर हुँदै काभ्रेको बनेपा र केही समयपछि धुलिखेल बजार पुग्यौ हामी । धुलिखेल बजार रमाईलो रहेछ । यहाँबाट चारैतर्फ जाने बाटो फाटेको
रहेछ । दाहिने तिरको बाटो खुर्काेट, सिंधुली, ओखलढुङ्गा, खोटाङ जाने रहेछ । हामी भने धुलिखेलबाट सिधा उत्तर पूर्व खासा र चरिकोट जाने बाटो लाग्यौं वा काभ्रे जिल्ला छोडेर सिन्धुपाल्चोक जिल्ला, भोटेकोशी नदी छोडेर तामाकोशी नदीको बाटो लाग्यौं । खाजा खाँदै गएकाले भोक लागको त होइन तर खाना नै खाने बानी परेकोले सिन्धुपाल्चोक लागेसंगै पानीभएको ठाउँको खोजीमा थियौ हामी, खाना बनाउन र खानका लागि । पानी भएको र पकाउन खान मिल्ने ठाउँ हेरेर गाडी चालकले २ः २० बजे तिर गाडी राके । खाना बनाउन आवश्यक सबै सामग्री संगै ल्याएका थियौं हामीले कमलबारीबाटै । गिलास, थाल तथा चम्चाको पनि आ–आफैले व्यवस्था गरेका थियौं ।
४० मिनेटमा खाना बनाएर खायौं अनि फेरी हाम्रो यात्रा सुरु भयो । हाम्रो गाडी तामाकोशी किनारै किनार गाउँ, वस्ती, फाँट हुँदै मुढेबजार पुग्यो । यहाँबाट सिधा अगाडि चीनको परिचित व्यापारिक वजार खासा जाने बाटो रहेछ । हामी दाहिने तर्फ मोडिएर दोलखा चरिकोटको लागि उकालो, घुम्ती पार गर्दै पहाडको थुम्कोमा पुग्यौं । असाध्यै रमणिय ठाउँ रहेछ, चारैतर्फ खुलेको अनि सेतो गुराँसका रुखहरु भएको । सूर्यास्तको समयमा त्यहाँ पुग्दा स्वर्ग पुगेको अनुभव भयो । यस्तो दृश्य क्यामेरामा कैद गर्न भुल्ने कुरै भएन । हामी आ–आफ्ना मोबाइल लिएर फोटो खिच्न तर्फ लाग्यौं । चिसो सिरेटोले शरिर निकै चिसिएको अनुभव भयो ।
हाम्रो आजको गन्तव्य त्यो थिएन त्यसैले हामीले यात्रा जारी राख्यौं र केही छिनमा खरीढुङ्गा पुग्यौं । थप केहि छिनको यात्रापछि मात्र हाम्रो गन्तव्य आर्ईपुग्यो, दोलखाको जिल्लाको सदरमुकाम चरिकोट । यतिबेला घडीले ७ः ३० बजेको संकेत गरिसकेको थियो । स्थानीय सगरमाथा होटलमा वास
बस्यौं ।
१६ गते बिहानको हाम्रो पहिलो गन्तव्य थियो, कालिञ्चोक भगवतीको दर्शन । ६ः२० बजे तिर हामीले यात्रा आरम्भ
ग¥यौं । केही सम्म बाटो हिँडेपछि उकालो र घुम्ती सुरु भयो । विहान पर्ने सितका थोपा त त्यहाँ हिउँ रहेछ । उकालो बाटो सकिएपछि पश्चिम तिरको ओरालोको फेदीमा निला राता टिनले छाएका ठाडा छाना भएका ३०÷४० घरहरु नयाँ वस्ती जस्तो देखिने कुरी बजार रहेछ । हाम्रो गाडीको यात्रा यही गएर
टुङ्गियो । पुजा सरजाम लिएर हामीहरु कालिञ्चोक भगवतीको दर्शनका लागि प्रस्थान ग¥यौं । कुरी बजारबाट अलि माथी केवलकारको व्यवस्था रहेछ । दुइ डिब्बा भएको केवलकारमा पाँच सय रुपैयाँमाआते जाते टिकट लिई करिब पाँच मिनेटको केवलकार यात्रा सम्पन्न गरेपछि केही तरपयँ र अलिकती उकालो चढेपछि मन्दिरमा पुगिने रहेछ । मन्दिर गेटमा गणेशको मुर्ती र ठूला दुइ कलश राखिएका
रहेछन् । गणेशको दर्शन गरेर फलामको खुट्किला भ¥याङ चढेपछि मन्दिर पुगियो । मन्दिर नबनाइएको, सबै शीलाका गणेश, भगवती, महादेव, पार्वती तथा कुण्ड आदि भगवानका मुर्तीहरु भएको अनौंठो मन्दिर रहेछ । त्यहाँ पुग्दा त स्वर्ग पुगेकै अनुभव हुँदो रहेछ । समुन्द्र सतहबाट ३८०० मिटर भन्दा माथिको उचाईमा यो मन्दिर अवस्थित रहेछ । विहान ८ बज्दा नबज्दै घाम लागेकाले जाडोको अनुभव भने खासै
भएन । उकालोमा लेक लाग्ने मानिसहरुपनि यहाँ पुगपछि फ्रेस हुँदा रहेछन् । मन्दिर वरपर दृश्यावलोकन गर्दा सेता हिमालका टाकुरा नजिकै देखिने वास्तवमै मनमोहक स्थानमा रहेछ कालिञ्चोक मन्दिर ।
मन्दिरभन्दा तल्लो पहाडका पानी बग्नुपर्ने खोल्साहरुमा हिउँ जमेको दृश्य, पँहेला झार भएको ठाडा भिरमा चौरी चरको दृश्य साह्रै
रमाइलो । २÷४ वटा फोटो खिचेर ठाडो ओरालो बाटो तल झरियो । पहिलो लटमा हामीहरु केवलकार चढी कुरी बजार झ¥यौं । छुर्पी, मिठाई आदि किनेर खाजा खायौं । अरु साथीहरुबारे बुझ्दा माथि नै फोटो खिच्दै हुनुहुन्छ भन्ने सुनेर ढुक्क भएका हामी जब दुइजना साथीलाई लेक लागेर झ्याईँकुटी पार्दै ल्याएको देख्यौं हाम्रो मन
आत्तियो । साथीहरुलाई मरिच, चिया, टिमुर, नुन तथा लसुन खुवायौं र चरिकोट तर्फ
फर्कियौं । चरिकोट आइपुग्दा लेक लागेका साथीहरु ठिक भै सक्नु भएको थियो । चरिकोटबाट आधा घण्टाको ओरालो झरेपछि भीमेश्वर मन्दिर पुगिने रहेछ । दर्शन ग¥यौं । दोलखाको यो प्रसिद्ध मन्दिरमा भएको मुर्तीमा पसिना आए देशमा अनिष्ट हुन्छ भन्ने विश्वास रहि आएको छ । त्यस दिन मन्थली बजारको सुनकोशी फाँट हुँदै सिन्धुलीको खुर्काेट बजार पुगर बास बसियो । भोलिपल्ट खोटाङको हलेसी महादेव जाने कुरा थियो । विहान उठेर खुर्काेटबाट उदयपुरको घुर्मी बजार हुँदै ओखलढुङ्गा र खोटाङको सिमानामा रहेको दूधकोशी नदीमा नुहाएर हलेसी महादेवको दर्शनका लागि उकालो लाग्यौं । मन्दिर पुग्दा १०ः३० बजेको थियो । खुर्काेटबाट हलेसी महादेव मन्दिर पुग्न १३७ किमीको यात्रा तय गर्नुपर्ने
रहेछ ।
पुजा सामग्री ठिक पारेर गणेशको दर्शगरी हलेसी महादेव गुफा पुगियो । बडो विचित्रको गुफा रहेछ । शिवलिङ्गको दर्शन गरेर गर्भद्वार, कर्मद्वार, पापद्वार, धर्मद्वार, पार्वती गुफाको दर्शन गरी एकछिन् भजन किर्तन गरेर तल्लो गुफा हेर्न गयौं । तल्लो गुफामा पहरामा रहेको शंख फुक्दा शंखको आवाज आउने, राक्षसको लखेटाईबाट महादेव भागेको ठाउँ गुफाको भित्री भागबाट पुरा आकाश देखिने साह्रै रमाइलो, एक पटक जानै पर्ने ठाउँ
रहेछ ।
हलेसीबाट १२ः४५ मा गाडी चढी २ः१५ मा दुधकोशीको तिरमा खाना खाई ३ बजे गाडी चढेर ८ बजे खुर्काेट बजार आई बास बस्यौं, अघिल्लो रात बास बसेकै होटलमा । भालिपल्ट ५ः३० बजे सिंधुलीगढी तर्फ लाग्यौं । सिन्धुली गढी पुग्दा ९ बजेको थियो । यहाँको चिसोले साह्रै जाडो बनाएको थियो । सिंधुलीगढीको सुन्दर दृश्यहरुको अवलोकन पछि रमाइलो गर्दै सिन्धुली बजार झरीयो । चामल , तरकारी सकिएकाले त्यहाँ खरिद गरेर जनकपुरका लागि गाडी चढ्यौं ।
धुनषाको जंगलमा पिकनिक स्पट रहेछ, त्यही खाना बनाएर खाई जनकपुरको जानकी मन्दिर दर्शनका लागि गयौं । राम जानकी विवाह मण्डपको दर्शन गरेर २ः ३० बजे घर तर्फको यात्रामा लाग्यौं । हेटौंडामा खाजा खायौं । अब हामीलाई हतार भै सकेको थियो । चौथो दिन राती २ बजे कमलबारी तथा केही समयमा दमौली आएपछि हाम्रो चार दिने यात्राको बीत म¥यो । थुप्रै सुखद अनुभूतिसंगै यो भ्रमणले हिमाली भेगको भ्रमणमा मकैबाट बनेका खाजा वा यसका परिकार उत्तम हुने अनुभव समेत गरायो ।