अधिवक्ता ऋषिराम पोख्रेल
पृष्ठभूमिः
सहकारी र राजनीतिक नेतृत्व पर्यावाची शब्दाबली जस्तो भाष्य स्थापित हुन पुगेको छ । साना किसान र निमुखा जनताहरुले मेहनत गरेर जम्मा गरेको रकम नियतवस लुट्न राजनीति गर्नेहरुले सहकारी गठन गरेको आममान्यता स्थापित हुन थालेको छ । हरेक सहकारीको बचत अपचलनमा नेपाली काँग्रेस, एमाले, माओवादी, राप्रपा र पछिल्लो छोटो समयमा स्थापित गराएको राजनीतिक शक्ति आबरणको रास्वापा समेतका नेतृत्व सहकारीको माध्यमबाट जनता ठग्ने ठगका रुपमा स्थापित हुँदा पनि संरक्षित छन् ।
कानुनको शासनः
पक्राउ अनुमति पाएको प्रहरीले पक्राउ गर्न गैसकेपछि राजनीतिक उच्च नेतृत्वको ग्रीन सिग्नल नपाएर पक्राउ नगरी फर्कन पर्यो भन्ने समाचारले लोकतन्त्रमा कानुनको शासनको असली रुप देखाएन र ? अझ पक्राउ नगर्नु तर निगरानीमा राख्नु भन्ने निर्देशन दिने राजनीतिक उच्च नेतृत्वले सत्तास्वार्थको मोलिमलाई गरेको सहज सन्देश गयो ।
कसुरदार बचाउने अश्त्रः
राजनीतिक दल भनेको कसुरदारहरुको अतिथि गृह हो ? राजनीतिक दलका सच्चा र इमान दार नेता/कार्यकर्ता भनेका सहकारी ठग, बलात्कारी, हत्याराहरु हुन् ? यदि यस्तो होइन भने निर्मला पन्थ जस्ता धेरै किसोरीहरुको बलात्कार पछि हत्या गर्ने हत्यारालाई राज्य व्यवस्थाले किन कारवाहीको दायरामा ल्याएन । पत्ता नलागेको होइन, राजनीतिक संरक्षण भएको हो भन्ने तथ्य त स्थापित भएन र ? रास्वपाका रवि लामिछाने, नेपाली काँग्रेसका धनराज गुरुङ्ग र राप्रपाका गीतादेवी बस्न्यातलाइ यो राज्य व्यवस्थाले संरक्षण गरेर राख्ने तर धेरै पूर्व डिआईजी छविलाल बन्जाडे, दुर्गा प्रसाईहरुलाई किन पक्राउ गरेर कारवाही गरिरहेको छ यो राज्यव्यवस्थाले ? एउटै प्रकृतिको कसूरमा कसैलाई कानुनी कारवाही कसैलाई राजनीतिक सौदावाजीको संरक्षण ? संसदमा दलीय प्रतिनिधत्व नभएकै कारण छविलाल र दुर्गा प्रसाईहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ? होइन भने सबै नागरिकका कसूरमा निष्पक्ष रुपमा कानुनको कार्यान्वयन भएको तथ्य स्थापित हुनुपर्दछ ।
नेपाली राजनीतिको छविः
मुलुकको प्रधानमन्त्री अन्तराष्ट्रिय सभामा भागलिन पुग्दा स्वागत गर्न पर्ने नेपाली नागरिकहरुले मुर्दावादको नारा लगाएका छन् । पूर्व प्रधानमन्त्रीलाई गो व्याक नारा घन्काएर तिरस्कार गरेका छन् । पराराष्ट्रमन्त्रीलाई लाज बचाएर छिटोछिटो अदृष्य हुन परेको छ । नेपाली राजनीतिको यो छविले यो व्यवस्थाको संरक्षण गर्न सक्ला ?
परिवर्तन गर्दाको खतराः
शान्ति क्षेत्र नेपालमा राजनीतिक परिवर्तन गर्दा दरबार हत्याकाण्ड घट्यो । स्वाधिनता, मौलिकता, सिमाना मिचियो ।
निष्कर्षः
राजनीति कसूरदार र अपराधीले गर्ने व्यवसाय होइन । नीतिगत भ्रष्टाचार गर्ने प्रणाली पनि होइन । विदेशीको इशारामा लेण्डुलोप प्रधानमन्त्री बन्ने काइदा पनि राजनीति होइन । जनताको इच्छा विपरित दोस्रो पटक प्रधानमन्त्री बन्न सफल हुनेहरु सबै लेण्डुलोपहरु हुन् । त्यसैले गणेशमानले त्यागे, मदन भण्डारी, शैलजालाइ सिध्याइयो, बी.पी. १८ महिनामै अपदस्त भए ।