दमौली/कोभिड पछि सुस्त भएको आर्थिक गतिविधिलाई चलायमान बनाउनेभन्दै तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा दमौलीमा कृषि, पर्यटन वस्तु तथा प्रविधि महोत्सव गर्न लागेको छ ।
तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नारा सहित आयोजना गर्न लागिएको महोत्सव पुष २५ देखि दमौलीमा हुनेछ । मंगलबार पत्रकार सम्मेलन मार्फत संघले दिएको जानकारी अनुसार महोत्सवमा कृषि र घरेलुका स्टल निशुल्क उपलब्ध गराइने योजना रहेको छ । धेरैभन्दा धेरै किसानको सहभागिताका लागि तनहुँका दशवटै स्थानीय तहसंग समन्वय गर्ने र स्थानीय कृषक आफैले कृषि उत्पादन ल्याएर विक्रिगर्ने प्रवन्ध मिलाउने जानकारी समेत उक्त अवसरमा दिइएको थियो ।
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाइको सहआयोजना, जिल्ला समन्वय समिति तनहुँको संरकत्व एवं नेपाल उद्योग वाणिज्य महासंघ र व्यास नगरपालिकाको प्रवद्र्धनमा आयोजना हुन लागेको महोत्सवको दुइ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने तथा पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ ।
महोत्सवमा खाना, कृषि उत्पादन, अटो, सूचना केन्द्र लगाएतको दुइसय स्टल रहने छन् भने यसले स्थानीय उत्पादन, घरेलु सामग्रीको बजारीकरणमा सहयोग पुग्नुका साथै पर्यटकीय स्थलको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास आयोजकको छ । संघको आयोजनामा हुन लागेको यो नवौं महोत्सव हो । यस अघि २०७८ मा आठौं तनहुँ महोत्सव सम्पन्न भएको थियो । केही दिन अगाडीमा व्यास १ भादगाउँमा समेत दोस्रो भोटीबजार महोत्सव सम्पन्न भएको थियो । भोटी बजारको मौलिकतालाई महोत्सवले छायाँमा पारेकोभन्दै कतिपयले त्यसको आलोचना समेत गरेका थिए ।
बेलाबेला हुने मेला महोत्वसले आर्थिक गतिविधिलाई चलायमान बनाउने भएपनि यसबाट स्थानीय किसान वा व्यापारीलेभन्दा भारतीय र अन्यत्रका व्यापारीले बढी फाइदा लिने गरेकोभन्दै आलोचना समे त हुने गरेको तर्फ आयोजकले उचित ध्यान दिन पर्ने भएको छ ।
आलोचना मुक्त हुन सकोस् नवौं तनहुँ महोत्सव
previous post