
सशक्तिकरण एक प्रक्रिया हो । जसमा शक्तिविहिन समुदायलाई ज्ञान, सीप, क्षमता, अधिकार प्रदान गरेर अधिकार खोज्न सक्ने बनाउने हो । यस्तो क्षमता अभिवृद्धि गर्न शिक्षा, सहभागिता, ज्ञान, बुद्धि चेतनाको विस्ता समुदाय स्तरमा गरिन्छ । शिक्षा, रोजगार, स्वास्थ्य सेवामा कम पहुच, नेतृत्व तहमा नआएका परम्परागत मान्यतामा रहेको समाजलाई उत्थान गर्ने कार्यलाई प्राथमिकतामा राखिन्छ । यस्तो कार्यक्रम स्थानिय निकायले आफ्नो योजनामा समावेश गर्दा श्रयकर हुन्छ । यस्तो कार्यक्रम प्राथमिकताको सूचीमा राख्दा विपन्न र पिछडिका वर्गको विकासमा टेवा पुग्दछ । यसले परिवार समुदाय, समग्र विकास र समाजको उत्थान गर्न सकारात्मक प्रभाव पार्दछ । जसबाट समाजको हरेक क्षेत्रमा परिवर्तन आउँछ । यस्तो परिवर्तनबाट स्थानिय निकायमा अर्थ, राजनीति, संस्कृतिमा बिना रोकतोक प्रशारण भइ विकासका आधारहरु सृजना हुन्छन् । हाम्रो परम्परागत जिवनशैलिमा परिवर्तन आइरहेको हुन्छ । परम्परागत उत्पादन प्रणालीमा पनि परिवर्तन आइरहेको छ । जसको परिणाम स्वरुप हाम्रो स्थानिय अर्थव्यवस्थामा बजारीकरण समाविष्ट भएको छ । स्थानिय जनतामा नयाँ नयाँ पेशा र व्यवसायमा परिवर्तन आइरहेको देखिन्छ । जसमा सशक्तिकरण नै प्रमुख तत्व हो । सशक्तिकरण र स्थानिय विकास एक सिक्काको दुईवटा पाटा हो । जुन एक अर्कामा अन्योन्याश्रित रहेका हुन्छन् । समाज रुपान्तरण र विकास गर्न यि दुवैलाई एकसाथ चलायमान गराउनु पर्दछ । समाजका हरेक वर्ग जिम्मेवार र कर्तव्यनिष्ठ हुन्छन् । विकासको लागि जनसहभागिता बलियो बन्दछ । विकासले व्यवहारमा परिवर्तन ल्याउँदछ ।
यसरी सशक्तिकरणको माध्यमबाट स्थानिय निकायमा रहेका प्राकृतिक श्रोत साधनलाई प्रयोगमा ल्याउन उत्पादनमा वृद्धि गर्न सजिलो वातावरण तयार
बन्दछ । तनहुँ जिल्लाको स्थानिय निकाय मध्ये सबैभन्दा राम्रो अर्थतन्त्रको उत्थान गर्न सकिने सम्भावना बोकेको निकायमा म्याग्दे गाउँपालिकालाई लिन सकिन्छ । किनभने यस गाउँपालिका भित्र प्रशस्त प्राकृतिक स्रोत साधन उब्जाउ भूमि, उत्तर फर्किएका डाँडा काँडा, उब्जाउ उर्वर भूमि, बन जँगल, पानिको प्रचुर स्रोत रहेका छन् । स्थानिय निकायले राम्रो योजना बनाएर उच्च लगानीको दर, उच्च उत्पादन, प्रोत्साहन नीति, उच्च प्रविधिको प्रयोग, उच्च तहको आर्थिक वृद्धि नीति, उपभोक्ताको छनौटमा वृद्धि, बजारीकरणको व्यवस्था, स्थानिय हाट बजारको लागि बिक्रि केन्द्र स्थापना, उपभोक्ताको छनौटका प्रचुर अवस्था जस्ता तथ्यलाई मध्यनजर राखी आफ्नो स्थानिय तहको बजेट, नीति, निर्माण, कार्ययोजना, प्राथमिकतामा क्षेत्र, उत्पादन प्रोत्साहन नीति घोषणा गरिदिएको खण्डमा चमत्कारीक विकास हुने सम्भावना रहेको छ ।
यस्तो विकास योजनालाई अर्थतन्त्रमा फड्को मार्ने योजना वा ‘म्याग्दे विकास मोडेल’ Myadge Rural Municipality Developement Model) भन्न सकिन्छ । अनिवार्य बचत, लगानि प्रोत्साहन नीति करको दरमा परिवर्तन, उत्पादनमा अर्गानिक उत्पादन नीति फलफुल, तरकारी, पशुपालन, बाख्रा पालन, कुखुरा पालन, मौरीपालन जस्ता उत्पादन गरी बिक्रिकेन्द्र (Selling Centre) मार्फत बिक्रि गर्ने व्यवस्था मिलाइदिएमा छिटो विकास हुन्छ । धनि र गरिब स्थानिय निकाय बीच रहेको असमान आर्थिक सम्बन्धका कारण गरिविको कुचक्र (Vicious Circle of Poverty) ग्रामिण वस्तिमा घुमिरहेको छ । कुनैपनि स्थानिय निकाय आफ्नै कारणले मात्र गरिबिमा रहेका होइनन् । असमानता, गरिबि, अभाव, पछौटोपन जस्ता क्षेत्रमा प्राथमिकताका योजनाले क्ष्लतभचखभलतष्यल गर्न नसक्दा विकसित अवस्थामा रुपान्तरण हुन नसकेका हुन् । स्थानिय निकाय बीच भइरहेको असमान आर्थिक सम्बन्धको कारण यस्तो स्थिति सृजना भएको हो भन्ने तथ्यमाथि अध्ययान गर्नु आवश्यक भैसकेको छ ।
स्थानिय विकास प्रक्रियामा आधुनिकिकरणले स्थानिय अर्थतन्त्र, राजनीति, उत्पादन, विचार, दर्शन, कला, साहित्य प्रबिधिको क्षेत्रमा नयाँ विकास र परिवर्तनलाई जोड
दिन्छ । समाजमा रहेको परम्पराबादी सोच र तरिकामा परिवर्तन, आधुनिक औद्योगिक उत्पादन, प्रजातान्त्रिक प्रणालीको विकास गर्दै बहुआयामिक रुपमा सामाजिक विकास गर्दै समाज रुपान्तरण गर्न सकिन्छ । स्थानिय तहमा निर्वाचित भएर आउने जनप्रतिनिधि मात्र प्रभावशालि दुरदृष्टि भएमा आउने वित्तिकै विकासले फड्को मार्न सक्दछ । आगामी दिनमा यस्तो प्रतिनिधि छनौट गर्न लालाहित भएर ग्रामिण जनता बसिरहेका छन् । आशा गरौ, यस्तो समय छिटै आउन सक्ला ।