ग्रामीण क्षेत्रमा योजनाको उदेश्य सन्तुलित बिकास तर्फ लक्षीत हुनुपर्दछ। योजनाको माध्यमबाट साधन र स्रोत ठिक र सहि ढंगले प्रयोगमा ल्याउन सकिन्छ । यसरी साधनको प्रयोग गर्दा व्यथास्थित र नियन्त्रित गर्न सकिन्छ । जसबाट साधनको उचित प्रयोग हुनगई उत्पादन बढ्न पुग्दछ । स्थानिय तहले ग्रामीण वस्तीमा रहेको गरिबीलाई समाधान गर्न गरिबी निवारण अभियान (Poverty alleviation Campaigning) लाई प्राथमिकतामा राख्नु पर्दछ । सिपमूलक तालीम, स्वरोजगारी, मानवसंसाधनको विकास, सम्बन्धित क्षेत्रगत कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न पर्दछ। गरिवि, आर्थिक असमानता, बेरोजगारी जस्ता समस्या समाधान गर्दै लैजानु पर्दछ । गरिबिको समस्या बेरोजगारी र असमान बितरण सँग गाँसीएर रहेको हुन्छ । जस्तैः अमेरिका र चितामा गरिवि र असमानता घटाउँदै लैजाने उद्देश्यले आवधिक योजनाहरु राखीएको हुन्छ जसबाट ग्रामिण र पिछडिएको क्षेत्र उन्नत र विकसित अवस्थामा रुपान्तरण भै जनताको जीवनस्तर माथि उकासिंदै गैरहेको छ। भ्रष्टाचारलाई पूर्ण रुपमा नियन्त्रण गर्ने र ग्रामिण योजना (Rural planning Model) मोडेल लागु गर्ना साथै दिगो विकास प्रारम्भ
हुन्छ । ग्रामिण योजना मार्फत सामाजिक र आर्थिक पूर्वाधारको विकास ताई लगानी बढाउँदै लान सकिन्छ ।
स्थानिय निकायको उद्देश्य – स्थानियतहको आर्थिक विकास (Rural economic Development), ग्रामिण व्यक्तिको जीवनस्तर माथि उठाउने, गरिबि र आर्थिक असमानता कम गर्दै लैजाने तर्फ केन्द्रित हुनुपर्दछ । स्थानिय तहको राम्रो योजनाको अभावमा गरिबिको समस्या कम गराउन सकिँदैन ।
हाम्रो वर्तमान सरकारका निकायबाट गरिएका उद्योग धन्दाहरुको भ्रष्टाचार, अराजकता, अवस्था, गैह्रजिम्मेवारी समस्या मित्र डुब्दै गएका छन् । राष्ट्रिय उत्पादन, प्रतिव्यक्ति आम्दानी, रोजगारी, जनताको जीवनस्तर खस्कीदै गएको छ । नेपालको अर्थतन्त्र दुरावस्थामा आउनुमा जिम्मेवार कारणमा विकासका प्रत्येक नीति तथा कार्यक्रमहरु पूर्ण रूपमा असफल हुनु र भ्रष्टाचारको केन्द्रविन्दु बन्दै गएका छन् । लगानीकर्तालाई दिइएको छुटको दुरुपयोग गर्दै बैदेशिक सामान आयात गरि भारतलाई तस्करी गर्ने राष्ट्रको रुपमा कुख्यात बनाउँदै
लगे । वैदेशिक सामान र बिलासिताका बस्तुद्वारा नेपाली बजार ढाकिन गयो । नेपाली समाजको मुठ्ठिभर राजनितिज्ञ र सरकारी उच्च ओहदाका व्यक्तिहरुको भोगविलास र धनि बन्ने होडले प्रशासनिक संयन्त्र नै भ्रष्ट, अराजक, बेकम्वा सावित भएको छ। ग्रामिण वस्तीका युवाहरु खाडिराष्ट्र लगायत अन्य राष्ट्रमा रोजगारीको लागि विदेशिएका छन् –परिणामस्वरूप ग्रामिण क्षेत्र दिनप्रतिदिन भोक, रोग, अशिक्षा, अन्याय जस्ता समस्या द्वारा ग्रस्त बन्दै गएको छ। आर्थिक बिकासको प्रवाह पकडभित्र आउनपर्ने ग्रामिण बस्तीहरु, झन् ज्यादा जिवन निर्वाह (Subsistence living level) परिधि तर्फ धकेलिंदै गैरहेको छ । वर्तमान समयमा ग्रामिण औद्योगिक क्षेत्र ज्यादा अन्योलग्रस्त, अस्थिर र अराजक बन्दै गएको छ । निजिकरणको सैदान्तिक सोच बारेमा अन्योल रहेको देशमा निजिक्षेत्र सक्षम र सबलहुने कल्पना गर्न सकिने अवस्थामा छैन ।
ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई समाधान गर्न, समस्या न्युन बनाउँदै लैजान आर्थिक र सामाजिक रुपान्तरणका पिडादायी कदमहरु चाल्नुपर्ने अवस्था आई सकेको छ । यसतर्फ समयमै सुधार गर्न सकिएन भने गणतन्त्रका नारा, थोत्रा पुस्तकको पानाहरु भित्र सिमित रहनेछन् । नयाँ क्रान्तिद्वारा नयाँ व्यावस्थाको खोजीका लागि युवापुस्ता आइरहेका छन् । समयमै सुधारको बाटो अबलम्बन गर्दा राष्ट्र र जनताको कल्याण हुन्छ ।