नेपाली काँग्रेसमा वि.पि. कोइराला, सुवर्ण शम्शेर राणा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्यय चार जना संस्थापक नेताहरू हुनुहुन्थ्यो । चार जना नेताहरूलाई चार धाम पनि भन्ने चलन थियो । पन्ध्र सालको निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई बहुमत ल्याएको थियो ।
गोर्खा परिषद्ले पच्चीस सीट मात्र ल्याएको थियो । नेपाली काँग्रेसको सरकार बन्यो । वि.पि. कोइराला प्रधानमन्त्री बन्नुभयो । राजा महेन्द्रले नेपाली काँग्रेस कै नेता डा. तुलसी गिरी र विश्वबन्धु थापालाई फुटाई सत्र साल पौष १ गते प्रजातन्त्र अपहरण गराएर तुलासी गिरीलाई मन्त्री मण्लको अध्यक्ष र विश्वबन्धु थापालाई गृहमन्त्री बनाएका थिए । नेपाली काँग्रेसका नेताहरू केही जेलमा थुनिएका थिए भने अधिकांश नेताहरू भारतमा प्रवासी बन्न पुगेका थिए । प्रवासी बन्न पुगेका नेता कार्यकर्ताहरू संरक्षक नेता सुवर्ण शम्शेर राणाले गर्नु भएको थियो ।
चितवनबाट नेपाली काँग्रेसको नेता उदयनाथ अधिकारी, श्रीकान्त अधिकारी र शिवलाल श्रेष्ठ समेतले विश्बबन्धुको श्रीमति रीता थापालाई लिएर काठमाण्डौमा आउनु आउनु भएको थियो । वाहाँहरूको साथमा म बलभद्र खनाल पनि मन्त्री क्वाटरमा गएको थिएँ । विश्वबन्धु थापाको श्रीमति रीता थापाले सान्दाजुलाई जिल्लामा राखेर हामीले मन्त्री खानु हुँदैन भनेर भन्दा विश्वबन्धु थापाले मैले राजनिति गरेको मन्त्री खानलाई हो, मन्त्री भएँ, सरकारले दिईन्जेल मन्त्री खान्छ, मन्त्री सकिएको भोलिपल्ट देखि चितवनमा एउटा ट्याक्टर लिएर हलो जोतेर बस्छु भन्नु भएको थियो ।
विपक्षी दलका नेता भरत शम्शेरले मलाई पनि नेपाली काँग्रेसको सदस्य बनाई दिनुहोस् भन्दा नेपाली काँग्रेसका नेता गणेशमान सिंहले तिमीलाई अहिले नै नेपाली काँग्रेस सदस्य बनाउन मिल्दैन बरू तिमीले नेपाली काँग्रेसलाई सहयोग गर्न सक्छौ भनेर भन्नु भएको थियो । अहिले हाम्रा नेताहरू हातमा क्यामारा लिएर फोटो म खिचिदिन्छु, पैसा पनि म आफै तिरी दिन्छु, नेपाली काँग्रेसको सदस्य बनिदिनुहोस्, भनी बाटोमाट हिड्ने बटुवालाई पनि सदस्य बनाउनु भएको छ । माओवादी द्वण्द कालको समयमा सत्र हजार मानिसहरू मारिए त्रियासी हजार मानिसहरू घाइते बने । त्यस मध्येको एउटा घाइते म पनि हुँ ।
वेपत्ता पारिएका तीन हजार मानिसका परिवारहरूले कि सास ल्याइदेउ, छैन लास देखाई देउ भन्दा आज सम्म सुनुवाई भएको छैन । शक्ति सम्झौता भएपछि पुषपकमल दाहल प्रचण्ड प्रधानमन्त्री र बाबुराम भट्टराई अर्थमन्त्री बन्नु हुँदा आफ्ना वाईसिएल कार्यकर्ताहरूलाई राष्ट्रको ढुकुटीबाट मनगन्य आर्थिक सहायता बाँडियो । द्वण्द पिडीतहरूलाई भने आज सम्म पनि कुनै किसिमको राहत बाँडिएको छैन ।
द्वण्द पिडीतहरूलाई दिने भनेको राहत ढिलो भएकोमा क्षमा पाउँभन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि परेका छैनन् ।
शक्ति सम्झौता भएदेखि यता देशमा २९ जना त प्रधानमन्त्री मात्र बनेका रहेछन् । वहाँहरूले देश र जनताको लागि काम गर्नुको साटो बहुमतको सरकारलाई मध्यावधिमा लैजाने अल्पमतको सरकार ढाली दिने । झण्डै दुई तिहाईको सरकार आफ्नै प्रधानमन्त्रीलाई पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री के.पि. शर्मा ओलीले मञ्जूर नगरे पछि माधव कुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री बनिदिनुहोस् भनेर विपक्षी दलको नेता पूर्व प्रधानमन्त्री शेर बहादुर देउवासंग लम्पसार पर्न गए ।
पार्टीले ह्वीप जारी गर्दा पनि नमानेर शेर बहादुर देउवालाई अत्यधिक मतले विजयी गराई प्रधानमन्त्री बनाइदिए । शेर बहादुरको तालुमा आलु फल्यो ।
ज्यानमारा समेत सातओटा मुद्दा लाग्दा पनि कसैसंग आफ्नो सिद्धान्त छोडेर सम्झौता नगर्ने नेपाली काँग्रेसका नेता वि.पि. कोइराला, प्रधानमन्त्री जस्तो गरिमामय पद पाउँदा पनि प्रधानमन्त्री त मलाई होइन, मेरो साथीलाई बनाउन पर्छ भन्ने सुवर्ण शमशेर राणा र सर्वमान्य नेता गणेशमान सिंहको अनुकरण गर्ने कि नेता तुलसी गिरी र विश्वबन्धु थापाको अनुकरण गर्ने ? म नेताहरूसंग प्रश्न गर्न चाहन्छु ।
प्रजातन्त्र अपहरण भएपछि वि.पि. कोइरालाले भन्नु भएको थियो, अहिले नेपालमा एउटा वि.पि. कोइराला छु, म मरेपछि पचहत्तरै जिल्लामा हजारौंहजार वि.पि. जन्मने छन्, प्रजातन्त्र पुनःस्थापाना हुनेछ। त्यस बखत सुकिला मुकिलाले प्रभुत्व जमाउन खोज्ने छन्, अहिले नभन्दै त्यस्तै भएको छ ।
वी.पी.वाद कुल्चेर सत्तागठबन्धन
previous post