मानिसले विज्ञानको क्षेत्रमा धेरै प्रगति गरीसकेको छ । कुनै समय यस्तो थियो । सियोको आविष्कार पनि मानिसको लागि ठूलो उपलब्धि थियो । आजको समयमा मानिसले जटिल भन्दा पनि जटिल यन्त्रहरुको आविष्कार गरीसकेको छ र यो क्रम निरन्तर जारी छ । तर मानिसले विज्ञानको क्षेत्रमा जति प्रगति गरे पनि जति आधुनिक र जटिल यन्त्रहरुको आविष्कार गरेपनि संसारमा सबैभन्दा जटिल यन्त्र भनेको मानिस स्वयम्को शरीर हो । सोचिहेरौं त, आँखाले देख्न सम्म पनि नसकिने कोषहरु मिलेर बनेको मानव शरिरमा कति धेरै प्रबालिहरु सञ्चालित छन् । सामान्य अर्थात् शरीरमा नहुँदा पनि खास फरक नपर्ने अङ्ग देखि लिएर नभएको खण्डको जीवन नै सकिने अति संवेदनशिल अङ्गहरुको समिश्रण बाट हाम्रो शरीर बनेको छ । मानव शरीरको महत्वपूर्ण अंगहरु मध्ये एक मुटु हो जुन विना जीवन सम्भव छैन, जसले काम गर्न छोडेको दिन हामी मानिसको मृत्यू भएको भन्छौं । आजको आलेखमा त्यही मुटुको बारेमा केही चर्चा गरौं कि !
हिजो सेप्टेम्बर २९ तारीख, विश्व मुटु दिवस । मानव जीवनमा मुटुको महत्वलाई मध्य नजर गरेर नै मुटु दिवस मनाउन थालिएको हुँदो हो । नत्र त हात दिवस, खुट्टा दिवस पनि मनाईदो हो । आजको समयमा अधिकाँश मानिसहरुको स्वास्थ्यमा हुने समस्याहरुको कुरा गर्ने हो भने मुटुसंग सम्बन्धित समस्याहरु प्रसस्त भेटिन्छन् । मुटुसंग सम्बन्धित समस्याहरु बढी रहेको अवस्थामा मुटुलाई कसरी स्वास्थ राख्न सकिन्छ भन्ने जनचेतना जगाउनका लागि पनि मुटु दिवस मनाउने कुरा आजको समयमा सान्दर्भिक देखिन्छ ।
मुटु, वास्तवमै कति अनौठो छ, हाम्रो यो अंग । जन्मिएदेखि निरन्तर काम गरिरहन्छ । एक तमासले । न यो कहिल्यै थाक्छ, न यसले कहिल्यै विश्राम नै गर्छ । जुनदिन मुटुले विश्राम ग¥यो, त्यो दिन मानिसको जीवनलीलाले पनि आराम ग¥यो । त्यसैले मुटुलाई मुटुदेखि नै माया गर्नु जरुरी छ । हुन त मुटु आफैमा बलियो अङ्ग हो तर मुटु त बलियो हुन्छ भन्दैमा यसको उचित ख्याल गरीएन भने यो दुख्न पनि सक्छ । मुटु खानपान बिग्रदा पनि दुख्छ, सम्बन्ध बिग्रदा पनि दुख्छ । त्यस कारण यसको धेरै ख्याल राख्नुपर्छ । मुटु दुख्ने यी दुई फरक फरक कारणहरुको बारेमा छुट्टाछुट्टै चर्चा गरौं है त ।
वर्तमान समयमा मानिसहरुको व्यस्त र आधुनिक जीवनशैलीको कारणले मुटुले पाउनु्पर्ने जति स्याहार पाउन सकेको छैन । त्यसैले त अचेलका धेरै मानिसहरु मुटुसंग सम्बन्धित समस्याहरुबाट पिडित छन् । मुटुलाई स्वस्थ राख्ने एकमात्र उपाय भनेको आवश्यक व्यायम र स्वस्थ खानपान नै हो । तर आजको व्यस्तताको भागदौडमा मानिसहरुले यी दुवै कुरालाई व्यवस्थित गर्न सकिरहेका छैनन् । काम कमाई, काम कमाई भन्दा भन्दै मानिसले आफ्नै शरीरको ख्याल राख्न भ्याईरहेको छैन । जसको कारणले गर्दा मुटुको माया मारीमारी जीवनमा कमाएको कमाई बुढ्यौलीमा त्यहि मुटुलाई स्याहार्दा स्याहार्दै ठीक्क हुन्छ । कोहि कसैलाई त पुग्दैन पनि र कहिले काहि त यति ढिलो भईसकेको हुन्छ कि मुटुको स्याहार गर्ने मौकै मिल्दैन । त्यसकारण समय बितेपछि पछुताउनु भन्दा बेलैमा सचेत हुनु नै बुद्धिमानी हुन्छ । हाम्रो शरीरलाई जति धेरै चलायमान बनाउन सक्यो, जति धेरै काम ग¥यो, व्यायम ग¥यो त्यति राम्रो हुने हो । यहि कुरा बुझ्न र बुझेको खण्डमा पनि समय व्यवस्थापन गर्ने कुरामा हामीहरु चुकिरहेका छौं । जसले गर्दा हाम्रो आफ्नै मुटुले पनि बाध्य भएर हाम्रो साथ छोड्छ ।
मुटुलाई स्वस्थ राख्न दैनिक रुपमा पर्याप्त कसरत गर्नु आवश्यक छँदै छ तर त्यतिले मात्र पुग्दैन स्वस्थकर खानपिनको सवालमा पनि उत्तिकै सचेत हुनु आवश्यक छ । हाम्रो मुटुमा समस्या आउने प्रमुख कारण नै आजको मितिमा भन्ने हो भने हाम्रो अस्वस्थकर खानपान नै हो । चाहे त्यो धुम्रपान मध्यपानको कुरा होस्, चाहे चिल्लो पिरो, तेलमा तारीएको खानेकुराहरु नै किन नहोस् । अहिले बजारमा आत्याधिक चलेको पत्रु खाना त झन् मुटुको लागि जानि दुश्मननै भईहाल्यो । यसको अर्थ चिल्लो पिरो, तारीएको खानेकुरा, पत्रु खाना (जंक फुड) छुनै हुँदैन भन्ने पनि होइन । अत्याधिक सेवन हानिकारक हुन्छ भन्ने मात्रै हो । त्यस कारण यदि हामी हाम्रो मुटु, स्वास्थ होस् भन्ने चाहन्छौं भने सकभर यस्तो खानपिनबाट टाढै बसेको राम्रो । खाई हालिन्छ यदि भने पनि हुँदासम्म कम गरेको राम्रो । नत्र फेरी आज एकदिन त हो नि भन्दा भन्दै विचरा हाम्रो मुटुले थेग्न सक्ने भन्दा भार बढी भयो भने त ?
यदि हामी हाम्रो जीवनमा खुशीयाली छाओस् भन्ने चाहन्छौं भने मुटुको ख्याल राख्नु अत्यन्तै आवश्यक छ । मुटुलाई स्वास्थ राख्न व्यायाम र खानपानमा ध्यान दिन जति जरुरी छ, त्यति नै जरुरी हुन्छ, सम्बन्धहरुमा ध्यान दिन पनि । खानपान विग्रिएर दुःखेको मुटुलाई बरु चिकित्सा विज्ञानले ठीक पारिदिन पनि सक्छ । तर सम्बन्ध विग्रीएर दुखेको मुटुलाई ठीक पार्न त निकै गाह्रो पो हुन्छ त । खानपान विग्रिएर दुःखेको मुटु भन्दा सम्बन्ध विग्रिएर दुःखेको मुटु ज्यादै घातक हुन्छ । बानी विग्रेर दुःखेको मुटुले त पूर्ण विश्राम लिन पनि एउटा निश्चित समय लिन्छ तर सम्बन्ध विग्रिएर दुःखेको मुटुले अरु सयौंलाई समेत हानी पु¥याएको हामीले हाम्रै घर छिमेमा देखिरहेका छौं । प्रयाप्त कसरत गरेर, स्वास्थ खाना खाएर मात्र के गर्नु, कत्ति पतिको पत्निसंग मुटु मिल्दैन । कति भाईको दाईसंग मुटु मिल्दैन । सन्तानको बुवाआमासंग मुटु मिल्दैन, सासुको बुहारीसंग मुटु मिल्दैन । सातजन्मसम्म संगै हुने सपना देखेका युगल जोडिको एकआपसमा मुटु मिल्दैन । यसरी मन मुटु नै नमिलेर सम्बन्ध विग्रिएपछि सबैभन्दा धेरै पनि फेरी त्यही मुटु दुख्छ । अनि स्वास्थ खानपानले मात्र मुटु बलियो हुने त कहाँ रहिछ र ? कसरत गरेर मुटुको मांसपेशी बलियो बनाउँदैमा मात्र जीवन सुखी र खुशी हुने त कहाँ रहिछ र ?
यहाँनेर आएपछि तपाईहरुलाई लाग्न सक्छ, के लेख्दै छ यो मान्छेले ? शारीरिक स्वास्थ्यसंग सम्बन्धित मुटुको कुरालाई कहाँ कहाँ लगेर जोड्दैछ ? पाठक बर्गको जिज्ञासा र प्रश्न जायज हो । समबन्धको कुरामा मुटुलाई मैले यहाँ आलंकारीक रुपमा मात्र जोड्न खोजेको हूँ । किनभने सम्बन्धको कुरा गर्दा हाम्रो समाजमा भन्ने गरिन्छ नि मुटुको कुनामा सजाएको छु, मुटु साटेको छु । तिम्रै नाममा मुटु धड्किएको छ, आदि आदि ।
अन्त्यमा सबै पाठक वर्गसंग अनुरोध गर्दछु, एक हिसाबले मुटु नै हाम्रो जिवन हो । मुटु चलेको छ, हाम्रो जिवन चलेको छ । मुटु बन्द त हाम्रो जीवन पनि बन्द । त्यस कारण आफ्नो मुटुलाई मायाँ गर्नुहोस् । मन मुटु साटेर गाँसिएको सम्बन्धहरु प्रति पनि उत्तिकै सम्बेदनशिल र सचेत रहनुहोस् । तब मात्र हाम्रो जीवनमा खुशीका रंगहरु छरिने छन् । हाम्रो मुटु आफ्नै हिसाबले चलोस् र आफ्नै हिसाबले बन्द होस् । यतिकुरामा सचेत हौं । आफ्नै गतिमा बन्द हुनुपर्ने मुटु हाम्रो आफ्नै कारणले गर्दा बन्द नहोस् ।
मुटुका कुराहरु
previous post