पृष्ठभूमिः
फलोपभोग, सुविधाभार जस्तै अनुचित समृद्धि नेपाली मुलुकी ऐनले सम्बोधन नगरेका शब्दावली हुन् । नेपाली मौलिक शब्दावलीले सम्वोधन गरिरहेकै अवस्थामा अनजष्ट इन्रिचमेन्ट, सोलुसिशिओ इन्डेविटी जस्ता शब्दावली राखेर हामीले कानुनी संरचनामा कायम स्वाधिनता गुमाएका छौं । अब आयातित शब्दावालीमा निर्भर भएर कानुन पढ्न जान्न र पालना गर्न हामी अभ्यस्त भैसकेका छौं । त्यसैले यस अंकमा चर्चा गरौं अनुचित सम्वृद्धिका बारेमा ।
अनुचित सम्वृद्धिः
उचितलाइ हामी राम्रो भनेर बुझ्दछौं भने अनुचितलाइ नराम्रो भनेर बुझ्दछौं । समृद्धि भन्नाले आर्थिक सवलतालाइ बुझ्नु पर्ने हुन्छ । यस अर्थमा अनुचित समृद्धि भन्नाले अनैतिक हिसाब, मार्ग, प्रक्रियाको लाभ, फाईदा वा आर्थिक लाभलाइ अनुचित समृद्धि भनेर हाम्रो संहिताले भन्न खोजको छ । कानुनले भनेको भाषामा हेर्दा– कुनै व्यक्तिले कानुनसम्मत काम गर्नुपर्ने वा दायित्व पुरा गरिदिनुपर्ने कारण विना कसैबाट कुनै लाभ वा सुविधा प्राप्त गरेमा त्यसरी लाभ वा सुविधा प्राप्त गर्ने व्यक्तिले अनुचित समृद्धि प्राप्त गरेको मानिन्छ । यसको आषय सर्वस्वीकार्य, नैतिक र कानुन अनुकूलको लाभ वा सुविधा मात्र ग्रहण योग्य हुन्छ ।
हानी नोक्सानी गणना नहुनेः
अनुचित समृद्धिको कारण हरेकले दायित्व व्यहोर्नु पर्दछ । अनुचित समृद्धिका कारण कसैलाइ बेफाईदा भयो, हानि, नोक्सानी भयो भनेर लिएको दावी कानुनको रोहमा विचारणी हुन सक्दैन ।
लिननहुने बस्तु फिर्ता गर्नुपर्नेः
कसैले लिन नहुने बस्तु लिएमा फिर्ता गर्नुपर्नेछ । भुलबस लिएमा पनि जसबाट लिएको हो, जस्को हो उसैलाई फिर्ता गर्नुपर्दछ ।
तिरेको ऋण फिर्ता गर्नुपर्नेः
कसैले भूलबस तिरेको ऋण तिर्नेले तिर्नुनपर्ने कुरा प्रमाणित गर्न सकेका त्यसरी असुल गर्नेले फिर्ता गर्नुपर्दछ । यसको अर्थ झुक्किनेको गल्तिको फाईदा ऋण असुल गर्नेले लिन नपाउने स्पष्ट छ ।
व्याज र क्षतिपूर्ति तिर्नुपर्नेः
कसैले बद्नियतले कसैबाट आफ्नो दावी नपुग्ने बस्तु वा रकम लिएमा त्यसको व्याज र क्षतिपूर्ति तिर्नुपर्नेछ ।
भेट्टाएको सूचना दिनुपनेः
कसैले कुनै वस्तु भेट्टाएमा त्यसको विवरण सहितको सूचना प्रहरीलाई दिनुपर्नेछ । वास्तविक धनी फेला नपरेसम्म आफ्नै जिम्मा राख्नु पर्नेछ । धनी पत्ता लागेपछि धनी पत्ता लगाउन र भेट्टाएको वस्तु सुरक्षित राख्न लागेको खर्च धनीबाट असुल गरी फिर्ता दिनुपर्नेछ । तीन बर्षसम्म पनि भेट्टाएको वस्तुधनी दावी गर्न नआएमा भेट्टाउनेको हुन्छ ।
निष्कर्षः
तेस्रो व्यक्तिले भुक्तान गरेको ऋण चुक्ता गर्नुपर्ने, भुक्तान गरेको कर अर्कोले भुक्तान नगरेमा शोधभर्ना दाबी गर्न सक्ने समेतका यी कानुनी व्यवस्था संहिता लागू भएको चारबर्षमा कार्यान्वयनमा आउन सकेको पाईदैन । नेपाली समाजले यी कानुनको उपभोग गर्न पाउने नै छन् ।
फलोपभोग, सुविधाभार जस्तै अनुचित समृद्धि
previous post