सन्दर्भ र शिर्षक दुबै देखेर पाठकवर्गलाई अचम्म लाग्न सक्छ । लाग्नु पनि स्वभाविक नै हो । किनभने अवसर र सन्दर्भ अन्तराष्ट्रिय नारी दिवसको छ । दुई दिन अगाडि मात्र हामीले अन्तर्रािषर््टय नारी दिवस मनायौँ । नारी दिवसकव् बेरलामा त नारीको विषयमा बोलिनु पर्ने, लेखिनु पर्ने, पुरुषको बारेमा लेखिएको छ । त्यसै माथि आजसम्म पनि लैङ्गिक हिंसाबाट पीडित भन्ने वित्तिकै महिला भनेर बुझिने समाजमा पुरुष पीडित कसरी ? सरसर्ती हेर्दा नमिल्दो नै छ यो आलेखको शीर्षक । प्रजातन्त्रको जननी भनेर चिनिने बेलायत लगायत उदारवादी समाज भनेर चिनिने पश्चिमी देशहरु पनि अधिकांश त पिर्तसत्ता नै छ र महिलाहरु नै पुरुषबाट पीडित छन् भने नेपाली समाजमा पुरुष पीडित हुने कुरा त्यो पनि पितृसत्ता कै कारणले सुन्दा पुरापुर वाहियात लाग्छ । तर मेरो आशय कता तर्फ हो भने हरेक सिक्काको दुई पाटा हुन्छन् । पितृसत्तको कारणले समाजमा पुरुषहरुले वर्चस्व जमाएको कुरालाई अस्विकार गर्न खोजेको होइन खाली प्रश्न के मात्र हो भने महिला अधिकारको नजरबाट हेर्दा पुरुषहरु जति स्वतन्त्र देखिन्छन् के वास्तव मै त्यति नै स्वतन्त्र छन् त ? पितृसत्तात्मक समाज भएकै कारणले पुरुषहरु पीडित हुँदैनन् भन्न सकिन्छ त ? कतै पितृसत्ता भन्ने शब्द र सिद्धान्त नै पुरुषहरुको पीडाको कारण त बनेको छैन । यिनै प्रश्नहरुको बारेमा थियो चियो चर्चो गर्ने प्रयास मात्र त हो यो आलेख ।
कुरा थप अगाडि बढाउनुभन्दा पहिले म फेरी पनि दोहो¥याउँछु । नेपाली समाजमा आजसम्म पुरुष भन्दा महिला नै बढी पीडित छन् पुरुषहरुबाट । पुरुषबाट पीडित महिलाको तुलनामा महिलाबाट पीडित पुरुषहरुको कुराभन्दा पनि पिर्तसत्ता भन्ने सोचाइ र बुझाइले गर्दा पुरुषहरु कसरी पीडित छन् भन्ने तर्फ विमर्श गर्ने प्रयास गरिरहेको छु ।
यहाँ नेर एउटा प्रश्न उठ्न सक्छ । समाजको नियम कानुन व्यवस्था बनाएको त सबै पुरुषहरुले नै हो पुरुष कसरी पीडित हुन्छन् ? फेरी यसरी भनौँ आफै पीडित हुने व्यवस्था किन बनाएको त ? प्रश्न एकदमै जायज हो । यहाँनेर मेरो तर्फ के मात्र हो भने निःसन्देह हिजोको दिनमा समाजको नीति नियम, व्यवस्था सबै पुरुषले नै बनाएको हो । महिलालाई त बोल्ने सम्म पनि छुट थिएन । पितृसत्ता त्यसैको उपज हो र पनि जति जसरी हामी सोच्छौँ सायद त्यति खुशी र स्वतन्त्र पुरुष छैनन् कि त ?
अन्य कुरालाई अलिक अगाडि बढाऊँ । भनिन्छ नेपाली समाज पितृसत्तात्मक भएकै कारणले महिलाहरुको रहर, ईच्छा र भावनाको कदर गरिदैँन । उनीहरु माथि अङ्कुश लगाइन्छ । यो पुरापुर सत्य कुरा हो तर के यो समाजले नारीको रहर र इच्छामाथि मात्र बन्देज लगाएको छ त ? के पुरुषको कुनै रहर हँुदैन होला ? उनीहरुसँग इच्छा चाहना नै हुँदैन त ? पितृसत्तात्मक सोचाइले पुरुषको यही इच्छामाथि बन्देज लगाइदिएको छैन होला त ? महिलाहरु पीडामा परेको दृष्टिकोणबाट धेरै बहस हुन्छन् । कहिलेकाहि पुरुषको नजरबाट पनि बहस गरौं न । जसरी यो समाजले नारीलाई जन्मिएदेखि नै अंकुश लगाउने प्रयास गर्छ त्यसरी नै एउटा पुरुषलाई जन्मनासाथ जिम्मेवारीको पहाडले थिचिदिन्छ । जिम्मेवारीको पहाडको त्यो बोझले थिचिदा थिचिदा आफ्नो रहर र चहानाहरुलाई कसरी मार्नुपर्छ भनेर महसुस गर्न पुरुष भएरै जन्मनु
पर्छ । यो समाजले भनिदिएको छ नै पुरुष होस् त्यस् कारण घरको जिम्मेवारी समाल्ने काम तेरो
हो । तँ छोरो होस् त्यसकारण तैले कुलको नाम राख्नु पर्छ । भोलि बाउ बाजे पछि तैँले घर चलाउनुपर्छ त्यसैले तेँले कमाउनु पर्छ । कुलको नाम राखेर घर चलाउने चक्करमा चक्कर खाँदा खाँदा आफ्नो रहर र चहानाहरुलाई त्यहि चक्करको भूमरीमा बिलाउन बाध्य हुन्छ पुरुष ।
नारीको ईच्छा चहानामा लगाइएको अंकुश देख्ने समाजले पुरुषको यो बाध्यतालाई देख्न सक्दैन, चहाँदैन । सहजै भनिदिन्छ छोरो भएपछि त्यति त गर्नुप¥यो नि । त्यहि समाजले भन्छ पुरुष पीडित छैनन् ।
एउटा नारीले बिहेपछि आफ्नो जन्मघर छोडेर पराई घरलाई नै आफ्नो घर सम्झिने त्यागलाई ठूलो महानता देख्छ यो समाजले । जुन आफैमा एउटा कठिन कार्य पनि हो तर एउटा पुरुषले पनि त एक अन्जान नारीलाई आफ्नो घर परिवारसँग मिलाएर राख्छु, तिम्रो सबै जिम्मेवारीहरु बहन गर्छु, सुखमा दुखमा सधै साथ दिन्छु, बुबा आमाले जत्तिकै माया गर्ने छु, समाजको कु–दृष्टिबाट संरक्षण गर्ने छु भन्ने आँट र हिम्मतका साथ त्यो जिम्मेवारी उठाएको हुन्छ । नारीको महानतालाई स्वीकार्ने समाजले पुरुषको आँट र हिम्मतलाई चाहि किन नजरअन्दाज गर्ने प्रयास गर्छ हँ ?
एउटा अनपढ, गरिब, बेरोजगार नारीलाई– शिक्षित, धनि र जागिरे केटासँग बिहे गर्न त्यति गाह्रो हुँदैन । जति एउटा अनपढ, गरिब र बेरोजगार केटालाई शिक्षित धनि र जागिरे केटिसँग बिहे गर्न हुन्छ । आफ्नो लागि एउटा जिवनसाथि पाउनकै लागि पनि एउटा पुरुषले पढ्नै पर्छ, जागिर खानै पर्छ, पैसा कमाएकै हुनुपर्छ । किनभने हाम्रो समाज पितृसतात्मक समाज हो र यो समाजले भनिदिएको छ कमाउने जिम्मेवारी पुरुषको हो । अब यो अवस्थालाई के नाम दिने स्वतन्त्रता या वाध्यात्मक पीडा ।
कसैको दाम्पत्य जीवन सुखद तरिकाले चलिरहेको छ भने अक्सर महिलाको गुणगान
गाइन्छ । घरगरी खान जानेको, घर चलाउन जानेको शुसिल नारीको संज्ञा दिइन्छ या त एउटि श्रीमति पनि तह लगाउन नसक्ने नामर्दको संज्ञा दिइन्छ । श्रीमानले भनेअनुसार खुरुखुरु चल्ने, प्रतिवाद नगर्ने वा गर्न नरुचाउने नारीलाई शुशील, संस्कारी नारीको रुपमा चित्रण गरिन्छ ।
तर श्रीमतिले भने अनुसार खुरुखुरु चल्ने, प्रतिवाद गर्न नचाहने नगर्ने पुरुषलाई लाछि, पानी मरुवा ज्वाईटिङ्ग्रे आदि अनेकन विशेषण दिइन्छ । घर गृहस्थीको शान्तीको लागि श्रीमानसँग प्रतिवाद नगर्ने नारी संस्कारी तर घरकै शान्तीको लागि श्रीमतीसँग प्रतिवाद नगर्ने पुरुष चाहि लाछि पानीमरुवा । पितृसत्तात्मक सोचाईकै कारणले सृजना हुने यस्तो अवस्थामा पुरुषहरु पीडित भए भन्नु गलत होला र ?
बहुविवाह गरेर महिलाहिंसा गरेको घटनाहरुको बारेमा बारम्बार बहस हुन्छ । तर आफ्नो छोराछोरीको भविष्यको लागि भनेर आफुलाई छोडेर गईसकेकि श्रीमतीलाई पनि फर्काएर ल्याउने पुरुषको महानताको कहि कतै चर्चा
हुँदैन । अरु त के कुरा गर्नु मन खोलेर रुन सम्म पनि पाउँदैन एउटा पुरुषले किनभने यो पितृसत्तात्मक समाजले ठाडै भनिदिएको छ छोरा मान्छे भएपछि रुन हुँदैन ।
म फेरी पनि दोहो¥याउन चाहन्छु । मेरो यो आलेखको आशय महिलाहरु पीडित छन् भन्ने तथ्यलाई अस्विकार गर्नु होइन न त त्यसलाई गलत सावित गर्नु नै हो । कुराखाली कति मात्र हो भने समाज पितृसत्तात्मक भएकै कारणले पुरुषहरु पीडित हुँदैनन् भन्ने बुझई चाहि गलत छ । महिलाहरुको त्यागलाई महानताको
दर्जा दिने यो समाजले पुरुषहरुले बहस गरेको जिम्मेवारीलाई सिन त्यहि दर्जामा राखेर स्वीकार्न सक्नुपर्छ भन्ने हो । नारीका हरेक कदमलाई महानता र पुरुषको कदमलाई जिम्मेवारीको नाम दिएर विभाजित गरिनु हुँदैन । कैयौं अवस्थामा जिम्मेवारी नारीको पनि हुन्छ र महानता पुरुषले पनि देखाएको हुन्छ । अत समाजमा महिलाहरु मात्र पीडित छन् भन्ने भ्रमबाट बाहिर आऔं ।
खाली अधिकार अधिकार भनेर एक आपसमा बाझ्नु भन्दा नारी र पुरुष दुवैले एक अर्काको त्याग र समर्पणलाई सम्मान गर्न सिकौं । समाज हिजो भन्दा सुधारीएको छ, फेरिएको छ, भोली अझै सुधारिदैं जाला । आखिर सृष्टिको रक्षाकै लागि भएपनि नारी र पुरुष मिलेर बस्नुको अरुविकल्प छ र ?