बर्तमान विश्वमा विकास संम्बन्धि चर्चा गर्दा दिगो विकास अवधारणाले जन्म लिएको छ । यो शब्दलाई सन १९८७ मा The Brundtland Commission बिकास सम्वन्धि विश्व आयोगले आफ्नो प्रतिवेदनमा हाम्रो साझा भविष्य (our Common future) प्रयोगमा ल्याएको थियो । यस आयोगले दिएको प्रतिबदामा – Sustainable development means “Meeting the needs of Present generation without Compromising the needs of future generation,” भविष्यका पिडिका आवश्यकताहरू संग संझौता नगरिकन वर्तमान पिंडिका आवश्यकताहरु परिपूर्ति गर्नु नै दिगो बिकास हो । यसै सम्मेलन पछि विश्वका सबैजसो देशमा नीति तथा कार्यक्रमहरू तर्जुमा गरिएका छन् । यसले बातावरण संरक्षणमा जनचेतना जगाएको छ । बर्तमान पिंडिको आवश्यकता परिपूर्ति गर्नु नै भविष्यका पिडिको लागि दिगो रुपमा परिपूर्तिगर्ने अत्यावश्यक तत्व हो । यसका निम्ती प्राकृतिक सम्पदाहरु संरक्षण गर्नु पर्दछ । विकास र बातावरण संम्वन्धि नीतिहरु लागत-लाभ (Cost and Benefit) तुलनामा सर्तकतापूर्वक विश्लेषण गर्नुपर्दछ । जसले वातावरण संरक्षणलाई बलियो बनाउँदछ । यसरी दिगो कल्याणको स्तर प्राप्त हुन्छ। विकास प्रक्रियामा सामाजिक तत्वहरुलाई प्रर्याप्त ध्यान नदिएमा विकास-परियोजना तथा कार्यक्रमको प्रभावकारीतामा हानी पुग्दछ ।
तसर्थ दिगो विकासको अवधारणालाई आत्मसात गर्न अर्थशास्त्री (Economists), वातावरण विद (Ecologists) र समाजशास्त्री (Sociologist) विषयका दृष्टिकोणलाई एकिकरण गर्नु अत्यावस्यक हुन्छ । नेपाल जस्ता देशमा व्यापक रुपमा वातावरणीय समस्याहरु देखा परिरहेका छन्-जस्तै मानिसको स्वास्थ्य तथा उत्पादकत्वमा गम्भीर असर परिरहेको छ ।
विगतका दशकमा नेपालले वन विकास, माटोको क्षति (Soil degradation) पानी प्रदुषण तथा दुर्लभता, वायु प्रदुषण ठोस तथा हानीकारक वस्तु विसर्जन तथा सरसफाईको व्यावस्था नहुनाले जमिन मुनिको साधनलाई प्रदुषित पार्दछ । जैविक विविधता कम हुनाको साथै वातावरणीय परिवर्तनलाई प्रत्यक्ष रुपमा असर पारिरहेको छ ।
ओजोन (Ozone depletion) रित्तिनु विश्वकै लागि आम समस्या हो । विश्व उस्णता (Global warming) बढीरहेको छ । कार्बनडाइ अक्साइड (Co2) बढि निस्कनु ग्रिनहाउस ग्यासहरु (Greenhouse Gases) बढ्नाले पृथ्वीको तापक्रम बढाउँछ । विश्वको तापक्रम अर्को शताब्दीको उत्तरार्ध सम्ममा १.५ देखि ४.५ डिग्री सेल्सीयस सम्म बढ्ने अनुमान गरिएको छ । यस्तो वातावरण प्रदुषणबाट गरिबहरु बढी प्रभावित हुन्छन् । बातावरणीय ह्रासले गरिबको आम्दानी घटाउँदछ । गरिबहरु दाउरा बटुल्ने, पानी ल्याउने काममा बढी समय व्यतित गर्नुपर्ने हुन्छ । उत्पादनशिल काममा लाग्न नपाउनाले, आम्दानी, उपभोग, र पोषणको स्तर घट्न जान्छ । यसरी प्रत्यक्षरुपमा ग्रामिण र शहरका गरिबको जीवमा असर पार्दछ – जीवनस्तर खस्कदो अवस्थामा झर्दछ । वातावरण जोगाउने काममा स्थानिय निकायका जनप्रतिनिधी चनाखो वन्नु पर्दछ । वर्तमान समयमा हाम्रो गाउँपालीका, नगरपालिकाले योजना बनाउँदा – कार्यकारी प्रमुख, कर्मचारी, निर्वाचीत प्रतिनिधी अन्य राजनैतिक दलका प्रतिनिधी – उपस्थीतिमा योजना तर्जुमा गोष्टि नामाकरण गरि हचुवाको भरमा वार्षिक कार्यक्रम बजेट विनियोजन, कार्यान्वयन गरिरहेका छन् जसको प्रभाव र परिणाम के निस्कन्छ कसैलाइ थाहै छैन । यस्तो कार्यशैलीबाट जनताले के अपेक्षा गर्ने ? समयमै विज्ञ विशेषज्ञ टिम निमार्ण गरी कार्यक्रमको कार्यान्वयन ढाँचा बदलौं समयमै सुधारका प्रयास भएको खण्डमा दिगो विकासको अवधारणा सहि मार्गमा जान थाल्दछ । विवेकशील जनप्रतिनिधिले आगामी दिनहरुमा सतर्कता अबलम्बन गर्नुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ ।