संसारमा अरबौं मानिसहरु छन् । ती अरबौं मानिसहरुसंग केही न केही प्रतिभाहरु पक्कै हुन्छ । फरक यति मात्र हो भने कत्ति मानिसका प्रतिभाहरुले प्रष्फुटन हुने मौका पाउँदैनन्, कति उपयुक्त स्थान पाउँदैनन् भने कति मानिसले आफूमा भएको प्रतिभा नै चिन्न सक्दैनन् । समग्र कुरा के हो भने मानिससंग केही न केही प्रतिभा पक्कै हुन्छ । वस त्यसलाई पहिचान र प्रष्फुटन गर्न सक्नु पर्दछ र उपयुक्त स्थानसम्म पु¥याउन सक्नु पर्दछ । अहिलेका अभिभावकहरुले पनि यो यथार्थलाई स्वीकार गर्न सक्नु पर्दछ, सिक्नु पर्दछ । मैले यसो किन भने भने अहिलेको अधिकाँश अभिभावकहरुको धारणा आफ्नो बालबच्चाले पढोस्, खाली पढाईमा मात्र प्रगति गरोस्, भन्ने पाईन्छ । जुन पूर्ण रुपमा ठीक कुरा होइन । मानिसको समग्र विकास केबल पढाईले मात्र सम्भव छैन । यसो भन्नुको तात्पर्य पढाईमा ध्यान दिनु प्रदैन भन्ने पक्कै होइन । जीवनमा पढाई आवश्यक छ, पक्कै आवश्यक छ तर पढाईले मात्र पूर्णता दिन सक्दैन । अरु प्रतिभालाई पनि चिन्न सक्नु पर्दछ भन्ने चाहि हो ।
अन्तरनिहित प्रतिभाको कुरा गर्दै गर्दा के कुरा चाहि महत्वपूर्ण हुन्छ भने, मानिससंग प्रतिभा भएर मात्रै हुँदैन, त्यसलाई उपयुक्त स्थानसम्म पु¥याउने पहल गर्नु पर्दछ । आफूसंग प्रतिभा छ भन्ने कुरा मानिस मानिसमा पु¥याउन सक्नु पर्दछ । तबमात्र त्यसले फाईदा दिन्छ, पहिलेको समयमा मानिसहरु प्रतिभाशाली भएर पनि त्यसलाई जनमानससम्म पु¥याउन कठिन थियो । त्यतिबेला उपयुक्त र सहज वातावरण थिएन । तर अहिलेको समयमा प्रविधिको विकासले त्यसलाई धेरै सहज बनाई दिएको छ । एउटा भिडियो बनायो, त्यसलाई सामाजिक सञ्जालहरुमा अपलोड गरिदियो, एक मिनटमै तपाईसंग के प्रतिभा छ, भन्ने कुरा सारा दुनियाले थाहा पाउँछ । मानिसलाई आफ्नो प्रतिभा प्रष्फुटन गर्न मद्दत गर्ने त्यस्तै प्रविधिहरु मध्ये अहिलेको समयमा प्रचलित माध्यम हो टिक टक । टिकटककै माध्यमले मानिसहरु रातारात प्रख्यात त बनेका छन्, लाखौं कमाउन सफल भएका छन् । एउटा सामान्य मानिस रातारात सेलिब्रेटी बनेको छ टिकटकले गर्दा । सामाजिक सञ्जाल चलाउन जान्ने मानिसहरुमा टिकटिक नहेर्ने सायदै कोहि होलान् । अहिले मानिसहरु फेसबुक, ट्यूटरतिर भन्दा पनि ज्यादा टिकटकतिर व्यस्त हुन्छन् । सदुपयोग गर्न जान्ने हो भने टिकटक एउटा राम्रो प्रविधि हो । तर हाम्रो विडम्बना चाही के हो भने, नेपालमा अहिले टिकटकको प्रयोगले प्रकोपको रुप लिन थालेको छ । जुन विल्कुलै राम्रो कुरा होइन ।
नेपाली सामाजमा यतिबेला झण्डै झण्डै एउटा नयाँ उखानको विकास भै सकेको छ, द्रुत गतिमा प्रचलित हुँदै छ यो भनाईः छोरा विग्रयो पब्जीले, छोरी विग्रयो टिकटकले । हुन पनि अचेल पब्जि नखेल्ने केटा र टिकटक नबनाउने केटी पाउन दिउसै लाईट बालेर खोज्नु पर्ने अवस्था हुन लागिसकेको छ । अबस्था कतिसम्म विकराल भैसकेको छ भने कसैलाई त दिनको एउटा टिकटक बनाएर पोष्ट नगरेसम्म खाएको पनि पच्दैन, निंद्रा पनि लाग्दैन । घरमा पाकेको मासुभात छोडेर पब्जिको चिकन डिनरमा रमाए जस्तै टिकटकमा आएको लाईक कमेन्टले नै अघाउने जमात पनि छ । टिकटक प्रयोगकर्ताहरुको ।
मैले टिकटकको बारेमा यसरी लेख्दै गर्दा कैयौं टिकटक प्रयोगकर्ताहरुलाई नराम्रो लाग्न सक्छ किनभने सबै टिकटक प्रयोगकर्ताहरु खराब हुँदैनन् । जम्मा १४ सेकेण्डको समयमा समाजलाई राम्रो सन्देश पस्कन सक्ने टिकटकरहरु पनि छन् हाम्रो समाजमा । स्वच्छ र निश्चिल रुपले आफ्नो प्रतिभालाई दुनियाँ सामू देखाउने कलाकारहरु पनि हाम्रौ समाजमा छन् । उहाँहरुप्रति मेरो पूर्ण सम्मान छ, हृदयदेखिनै तर ताल न बेतालको भिडियो बनाउने, समाजलाई उच्छि«ङ्खलतातिर डो¥याउने भिडियो बनाउने टिकटकरहरु पनि हाम्रै समाजमा छन् ।
टिकटकमा कतिपय यस्ता उछि«ङ्खल भिडियोहरु पनि आउँछन्, जुन हामी परिवारसंग बसेर हेर्न पनि सक्दैनौं । अनि कतिपय यस्ता वेतालको भिडियोहरु आउँछन्, जुन हेरेपछि सोच्नै पर्ने बाद्यता आईलाग्छ । यो मानिसको मगज त ठीक छ ? के सोंचेर बनाएको होला यो भिडियो ? मैले नबुझेको र जान्न नसकेको कुरा चाहि के हो भने प्रविधि यसरी गलत प्रयोग गरेर मानिसले आफ्नो अमूल्य समय किन खेर फालिरहेको छ ? मैले पनि पोष्ट गरेको भिडियोहरुले समाजमा कस्तो सन्देश दिन्छ भनेर किन एक पटक पनि सोंच्दैनन् मानिसहरु । जीवन जिउने व्यक्तिगत स्वतन्त्रता मानिससंग हुन्छ । आफ्नो जीवन आफ्नै तरिकाले जिउन पाईन्छ, तर जब आफ्नो जीवनशैलीको कुराहरु सामाजिक सञ्चालहरुमा प्रस्तुत गरिन्छ, तब भने त्यसले कस्तो प्रभाव पार्छ भन्ने कुरामा भने हामी सबै सचेत हुनुपर्दछ । सामाजिक प्राणी भएको नाताले यो हाम्रो महत्वपूर्ण दायित्व हो । केही समय पहिले फेसबुकमा एउटा भिडियो देखेको थिएँ । जसमा कुनै कार्यालयको एक जना कर्मचारी कार्यालयभित्र कार्यालय पोशाकमै टिकटक बनाउन व्यस्त देखिनुहुन्थ्यो । टिकटिकप्रतिको यस्तो किसिमको लगावलाई कुन दृष्टिकोणबाट सही मान्ने ? अर्को एउटा टिकटक भिडियोकै पनि कुरा गरौं, एउटा युवतीको भिरको टुप्पोमा रहेको रुखको हाँगामा नाँच्दै थिईन । यदि उनको खुट्टा चिप्लिएको भए ? धेरै लाईक र कमेन्ट पाउन गरिने यो खालको मूर्खतालाई कसरी ठीक भन्ने ? अर्को एउटा भिडियोको कुरा गरौं, एक जना सज्जन शरीरमा केराको पात मात्र बेरेर, उच्चकोटीको नृत्य प्रस्तुत गर्दैै हुनुहुन्थ्यो । मैले आजसम्म पनि बुझेको छैन, केराको पात मात्र बेरेर नाँच्नुको तात्पर्य के हो ? त्यो भिडियोबाट लिने सन्देश के हो ? त्यो कुन शैलीको प्रतिभा हो ? यस्ता सयौं टिकटकको भिडियोहरु छन्, जुन हेरेपछि १४ सेकेण्ड समय भने खेर गयो भन्ने भान हुन्छ । अझ कतिपय भिडियोको त यहाँ व्याख्या गर्न पनि मिल्दैन । के यस्ता कुराहरुको नियन्त्रण आवश्यक छैन होला र ?
अहिले हाम्रो आधुनिक समाजको मानिसहरुलाई एउटा रोगले गाँजेको छ, भिडियो बनाउने रोग । भिडियो बनाऊँ राम्रो कुरा हो । वर्तमानका कुराहरुलाई भविष्यमा फेरी स्मरण गर्दा त्यही भिडियो हेरेर रमाउन सकिन्छ । सम्झनाहरु ताजा रहन्छन् । तर कस्तो कुराको भिडियो बनाउने ? कस्तो नबनाउने, बनाईएका भिडियो पनि कुन सामाजिक सञ्जालमा राख्ने, कुन नराख्ने यस्ता कुराहरुमा त हामी सचेत हुनु प¥यो नि । फेरी फेसबुकमै भेटेको भिडियोको कुरा गरौं, त्यो भिडियोमा आफ्नो छोरीसंग प्रेम गरेको भनेर एकजना पुरुषले एउटा किसोरीलाई रामधुलाई पिटिरहेको हुन्छ । तमासा हेर्न दुई चार जना मानिसहरु पनि हुन्छन् । भिडियो निर्माता चाही भिडियोमा बोलि रहेका हुन्छन्, ‘तपाईहरु देख्न सक्नु हुन्छ, आफ्नो छोरीसंग प्रेम गरेको भनेर कसरी एउटा बाऊले मान्छे कुट्दै छ र मानिसहरु रमिता हेरिरहेका छन् । तपाईहरु देख्न सक्नु हुन्छ, लात्तिले पनि हानेका छन्, हातले पनि कुटेका छन्, ….।’ यदि मैले ती महोदयलाई भेटेको भए, सोध्ने थिएँ, ए वावा अरु त रमितै हेरेर बसे । हजुरले चाहि किन रोक्ने प्रयास गर्नुभएन ? एउटा मान्छेलाई कुटिनबाट जोगाउनु भन्दा कुटिएको भिडियो बनाएर फेसबुकमा राख्न उचित ठान्नु भयो होइन ? फेसबुकमा आएको अर्को एउटा पोष्टको कुरा गरौं, कोही एकजना सज्जन महानुभावले आफ्नी आमाको फोटो राखेर आज मेरी ममतामयी आमाले मलाई छाडेर जानु भयो । आत्माले बैकुण्ठमा बास पाओस् । आदि आदि लेखेर । पोष्ट गर्नुभएको थियो । मातृशोकमा रहेको व्यक्तिले हत्त न पत्त आफ्नी आमा वितेको कुरा अरुलाई पनि सुनाई हाल्नु पर्दछ है भन्ने विचारसम्म पनि कहाँबाट आउँछ के भन्या ? कोही तेस्रो व्यक्तिले त्यो कुरा पोष्ट गर्नु सामान्य हो । तर आफैले आज मेरो आमा वित्यो है भनेर सबैलाई सुनाउन कति हतार हो ? के हामी आधुनिक समाजमा सभ्य भनाउँदा मानिसहरु सम्वेदनहिन नै भएका छौं त ?
कुरै कुरामा प्रसंग अलिक बाहिरिएछ, फेरी शिर्षकमा नै फर्कौं । टिकटकमा भिडियोहरु बनाउनु नराम्रो कुरा होइन । आफ्नो क्षमता अरुलाई देखाउन, समाजमा राम्रो सन्देश दिन, भिडियोहरु बनाएर राख्न सकिन्छ, तर टिकटीकको नसा नै लाग्नु भने हुँदैन । आफ्नो काम धन्दा, पढाई छोडेर, खाली टिकटक मात्र भन्नु, राम्रो होइन, आज यो भिडियो, बनाएँ, भोलि के बनाउने होला ? कति लाईक आउँला । के के कमेन्ट गर्लान्, २४सै घण्टा यस्तै कुरामा मात्र दिमाग खर्चिनु पक्कै पनि हानिकारक हुन्छ । यसले हाम्रो पढाई कामप्रतिको लगाव लक्ष्य, उद्देश्य हरेक कुरामा नकारात्मक प्रभाव पर्दछ । टिकटीक बनाउनु मात्र होइन, अति धेरै टिकटीक हेर्नु पनि उत्तिकै हानिकारक छ । अलिकति फुर्सद भयो कि टिकटीक यात बनाउने, यात नयाँ भिडियो के आयो खोज्ने । फूर्सदको समयमा बरु पुस्तक पढ्न सकिन्छ, सिर्जनशिल कामहरु गर्न सकिन्छ । त्यसले हामीमा नयाँ ज्ञान पनि थपिन्छ । मैले आफैले अनुभव गरेको एउटा घटना स्मरण गर्दै आजको आलेख अन्त्य गर्न चाहन्छु । भयो के भने मेरो पनि नाता पर्ने एकजना नानीले घरमा नयाँ कपडा किनिदिन, जिद्धि गरेछ । तीज आउन एक महिनाजति नै बाँकी थियो । तीज आई सकेको भएपनि तीजमा प्रायः छोरी चेलीलाई लुगाफाटो किनिदिने चलन हुनाले जिद्धि ग¥यो भन्नु हुन्थ्यो । त्यो पनि होइन । उसले भनेको लुगा नकिनिदिएसम्म स्कूलै नजाने जिद्धि लिएपछि बाबुआमाले पनि किनिदिनु भएछ । बाबुआमालाई पछि थाहा भएछ, उसले त्यो लुगा टिकटकमा भिडियो बनाउनको लागि मात्रै किनिदिन भनेकी रहिछ । एकदिन हाम्रो आउँदा, उनको आमाले गुनासो गर्दै हुनुहुन्थ्यो ।
अन्त्यमा फेरी पनि दोहो¥याउन चाहन्छु, प्रविधिको प्रयोग गर्नु नराम्रो हुँदै होइन, तर गलत प्रयोग नहोस् भन्नेमा सचेत हुनुपर्दछ । हाम्रो लागि प्रविधि हो, प्रविधिको लागि हामी होइनौं । जुनदिनसम्म प्रविधिले हाम्रो व्यक्तित्वको विकासमा मद्दत गर्दछ, त्यो दिनसम्म ठीक छ, तर जुन दिनदेखि हामीलाई यसको नशा नै लाग्न थाल्छ, हामी स्वयम नै प्रविधिको गुलाम बन्न लाग्छौं । त्यो दिन चाहि अलिकति फूर्सद निकालेरै भएपनि सोंच्नै पर्ने हुन्छ