–म्याग्दे गापा–३ का प्रकाशलाई सर्प देख्यो कि मार्न मन लाग्छ ।
– ऋिषिङ –५का रामबहादुर गाहोरोको शिकार गर्न मन पर्छ । छालाबाट वाध्ययन्त्र खैजडी बनाउन पनि पाइने र मासु खान पनि हुने भएकाले उनी गोहोरो देख्यो की खोजी खोजी मार्छन् ।
हिजो संसारभर जैविक विविधता दिवस मनाइयो । सन् २००० मा मे २२ लाई जैविक विविधता दिवसको रुपमा मनाउने संयुक्त राष्ट्र संघको निर्णय संगै यो दिवस मनाउन थालिएको हो । जैविक विविधताको अर्थ अस्तित्वमा रहेको विभिन्न खाले जीव हो र यिनीहरुको संरक्षण गर्न सक्दा मात्र हामी मानव जातीको अस्तित्व रहने र समृद्धि प्राप्त गर्न सकिने कुरामा हामी स्पष्ट हुनु जरुरी छ ।
देख्नासाथ सर्प मार्ने वा गाहोरो मार्ने त एक दुइ उदाहरण मात्र हुन । हामी कहाँ जैविक विविधता को विनाशका थुप्रै उदाहरण छन् । जैविक विविधता को संरक्षण गर्न नसक्दा हाम्रो खाद्य चक्रमा समेत नराम्रो असर पर्ने र अन्ततः हाम्रो अस्तित्व नै संकटमा पर्ने कुरामा अब हामी सचेत हुनै पर्छ । जैविक विविधताका लागि हावापानीमा विविधता, भुगोलमा विविधता आदि आवश्यक हुन्छ अर्थात यिनीहरुमा हुने विविधताका कारण जैविक विविधता सम्भव भएको हो । त्यसैले जैविक विविधता संरक्षणका लागि हामीले पृथ्वीको संरचनामा भएको विविधताको संरक्षण गर्नु जरुरी छ । मानिस स्वभावैले विविधतामा रमाउने हुन्छ । पहाडमा वस्ने हामीले राम्रोसंग हिमालको दृष्यावलोकन गर्न पाएका छैनौं अनि हामीलाई हिमाल हेर्न मन पर्छ । तराइमा जन्मे हुर्केको मानिसलाई डाँडा कांडा देख्दा रमाइलो लाग्छ । नेपालमा पाइने विभिन्न जीव जनावर हेर्ने विदेशी पर्यटक आउने गर्दछन् । पर्यटनको विकासले हामीलाई समृद्धिमा सघाउँछ । यसरी जैविक विविधताको संरक्षणसंग हाम्रो आर्थिक संवृद्धि पनि जोडिएको छ ।
खाद्य चक्रलाई विग्रन नदिएर हाम्रो जीवनको अस्तित्व कायम राख्न र विविधताको उपयोग गर्दै पर्यटनको विकास गरेर समृद्धि हासिल गर्न पनि जैविक विविधताको संरक्षण आवश्यक छ । यता तर्फ हामी सबैको ध्यान जानु जरुरी छ । सबैले आफ्नो जीवन र समृद्धिका लागि सोच्न सुरु गरौं ।