“मनीषा, तिमी यो सबैलाई परास्त गरेर बाँच्नेछ्यौ,” आशाले विश्वास दिलायो ।
“तर तिमी त बिआरसिए–१ पोजिटिभ र अन्तिम अवस्थाको डिम्बाशयको क्यान्सर भएकी व्यक्ति हौ,” मृत्युले फेरि सुस्तरी सुनायो ।
“तर यस्तो अवस्थामा रहेकाहरुको पनि उपचारपछि बाँच्ने दर ४४ प्रतिशत रहेको छ ।” आशाले केही आश्वस्त पार्ने प्रयाश ग¥यो ।
“त्यसका मतलब तिमी मर्ने सम्भावना ५६ प्रतिशत
छ, ।” मृत्युले फेरी अँठ्यायो ।
नौ वर्ष अगाडि अन्तिम अवस्थाको डिम्बासयको क्यान्सरसंग जीवनका लागि लडिरहेकी अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘जिजीविषा’को माथि प्रस्तुत अंशले मानिसलाई क्यान्सरले मृत्युको मुखमा पुगेको अनुभूत कसरी गराउँछ भन्ने बताएको छ । कसरी आफ्नो मृत्युको आशंकाले मानिसलार्य बारम्बार चिमोट्छ भन्ने सजिव चित्र माथिको अंशमा छ । अमेरिकामा उपचार पछि मनीषा त अहिले सामान्य छन् तर उपचार महंगो हुँदा एउटा मध्यमवर्गिय परिवारको सदस्य सर्वसाधारण क्यान्सरका कारण मृत्युवरण गर्ने अवस्थामा छन् ।
हरेक वर्ष फेब्रुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाईन्छ । वर्षभरी क्यान्सरका कारण मृत्युवरण गर्न पुगेकाहरु प्रति श्रद्धान्जली अर्पण गर्न, आगामी वर्षहरुमा क्यान्सरका कारण मृत्यु हुनेहरुको संख्या घटाउन जनचेतना जगाउन तथा क्यान्सरको उपचारलाई सहज बनाउन यो दिवस मनाउने गरिएको हो । पहिलो कुरा त क्यान्सर हुन नदिनु बुद्धिमानी हो र यसका लागि आवश्यक चेतना आमा नागरिकमा दिनु पर्छ । तर सावधानी अपनाउँदा अपनाउँदैपनि कतिपय मानिस क्यान्सरको शीकार हुने गरको अवस्थालाई मध्यनजर गर्दै यसको उपचारलाई सस्तो र सुलभ गराउनु पनि त्यत्तिकै जरुरी छ ।
हाम्रो खानपान र जीवनशैली क्यान्सरको लागि अनुकुल बन्दै गएकाबेला यसबारे सबै सचेत हुनु र आफुलाई क्यान्सर हुनबाट जोगाउनु हाम्रो प्राथमिक काम हो । क्यान्सरबाट हुने मृत्यु तथा क्यान्सरको दर घटाउन सकौं र कसैले पनि अकालमा जीवन गुमाउन नपरोस्, हाम्रो
कामना ।
क्यान्सरको कहर
previous post