…(के)लाई भन्दा देख्नीलाइ लाज
अधिकारका लागि धेरै संर्घष भए । आन्दोलन नभएको कुनै महिना बाँकी रहेन । नयाँ बानेश्वर, गौशाला, महाराजगन्ज, गोङ्गोबु, कलंंकि जस्ता धेरै ठाउँबाट जुलुस, कहिले राँके जुलुस, कहिले मौन जुलुस, थालठटाउने जुलुस, मुखमा पट्टीवाँध्ने जुलुस, कोणसभा, आमसभा, धर्ना जस्ता कार्यक्रमले फुर्सद थिएन । यी सबै जुलुसको स्टेसन माइतिघर मण्डला हुन्थ्यो । जुलुसको रिस ्र झोंक बजारिएका खुट्टाले उसको छातिको बाहिरि चर्म स्पर्षहिन भैसकेका थिए । किचिंदै थिचिदैं मृतसागरको समतलमा पुग्न धेरै दिन प्रतिक्षा गर्नुपर्ने थिएन । सायद राजधानी केन्द्रित आन्दोलन उस्तो प्रभावकारी भएन मागको सुनुवाइ हुने छँट देखिएन । आन्दोलन राष्ट्रव्यापी बनाउने र अझै चर्काउने नेता नेतृत्वहरुले गरे । विस्तारै गाउँका चौतारा, पाटी पौवा, खेलमैदान जस्ता खालीठाउँहरु ठेलम्ठेल हुन थाले । विरगन्ज, विराटनग।, केलाली, झापा, मोरङ्ग, पोखरा, स्याङ्जा, दमौली जस्ता मुख्य सहर बजारहरु पनि आन्दोलनकारीका स्वरले गुन्जायमान हुन वेर लागेन । बाटो वरपर शुलीमन्दल आकासीय दृष्यले जुलुसको आकारको पूर्वानुमान गर्न सकिन्थ्यो । बाटो किनारमा उभिएका रमीतेहरु निकट पुग्दा जिन्दावात, मुर्दावात, चाहिन्छ चाहिन्छ, खोस्छौं खोस्छौं, होसियार होसियार जस्ता नाराको । ट्युनिङ भोलुम बढ्दै जान्थ्यो । ‘एक कान दुई कान मैदान’ भने झैं सारा मैदान भरिभराउ हुन थाले । मैदानका छातीका र तालुमा उम्रीएका तृणहरु पादडोवले मरुभूमी तुल्य देखिन्थ्यो । आधा आकास जुर्मुराएको देख्दा माग पुरा नगराएमा भयावह स्थितिहुने अजुमान लगाउन कठिन थिएन । आन्दोलन यहाँ सम्म पुग्यो कि, घर घरमा चुल्हो नबल्ने भो। खाना समयमा पाक्न छाड्यो । दुघेवालक आमा आउने पर्खाईमा बाटो हेर्न थाले तर आमाको अत्तोपत्तो थिएन । आमा सँगै दिदिहरु, माइजुहरु, पुपुहरु, भाउजुहरु सबै त्यतै हुन्थे । समाजमा दाम, नाम, मान भएका ‘बा’ हरु मातामहीहरुको चाला देख्दा भित्रभित्र डाह भएपनि बाहिर देखाउन सक्ने हिम्मत थिएन । सिंहतुल्य बनेका विरंगनाहरुको भेल आफूतर्फ फर्कन शंकाले चुपचाप बसेका थिए । मुख पर्न भन्दा साउती सुनेर विषयवस्तु पत्ता लगाउँदा हित हुने छद्मै रहे ।
देवर, जेठाजु, ज्वाँई, ससुरा, बाजे, बज्यै लगायत गन्यमान्यको कुनै मर्यादा नराखिएको पाउँदा गाउँकै बयोबृद्ध हजुरवा भित्रभित्र सहिनसक्नु भएकोले मुख फोर्ने विचार गरे । उनले बाउन मात्र के भ्याएका थिए, रिसले लप्को लागि हाल्यो । गर्जन सुनियो, ‘हामीले अधिकार मागेका हौं । आधा आकाश ओगटेका हामी सदियौं देखि हेपिदै चेपिदै, आई रहेको र रोजगारी, राजनीति, लवाई खवाई, हिडाई चलाई आदिमा पनि हामी माथि विभेद गरिएकोले रोजगारीमा सम्मानजन प्रतिनिधित्व राजनीतिक पदमा पचास प्रतिशत महिला आरक्षणको व्यवस्था लगायत कुनै पनि क्षेत्रमा पुरुष भन्दा फरक गरिनु हुँदैन भन्ने माग हो ।’ भन्ने आवाज सुनेपछि हजुरबाले कुरा बुझे । माग जायज रहेको ठहर गरी सबैलाई काँधमा काँध मिलाउन आग्रह गरे । यो आग्रहसंगै आन्दोलन थप मजबुद भयो । अब सत्ताधारीलाई माग पुरा नगराई सुख्खै भएन । माग सम्बोधन भयो । ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य गरियो । ज्याला, मजदुरी, तलब आदिमा समानता, रोजगारीमा आरक्षण, कहिँकतै विभेद गर्न नपाईने कानुन बन्यो । आधा आकाशका अधिकारी समस्त नारी बर्ग, पुरुष सरह समानता पाई सम्मानित भयो । आन्दोलन औचित्य रहेन । स्थगित भयो ।
प्राप्त भएको अधिकारको असर सबै क्षेत्रमा देखा पर्न थाल्यो । राष्ट्रप्रमुख जस्तो गरिमामय पद न्याय पालिका प्रमुख, कार्यपालिका उपप्रमुख, लगायत थुप्रै प्रदेश जिल्ला स्थानीय तहका प्रमुख उपप्रमुख, सहित प्रशासनिक क्षेत्रमा कार्यालय प्रमुख र राजदूत समेत महिलाको नेतृत्वमा सञ्चालन हुन थाल्यो । जिम्मेवारी पाएको पद र स्थानमा कार्य सम्पादन झन चुस्त र पारदर्शि भएकोमा प्रसंसा गर्नै पर्दछ ।
जब जब अधिकार प्राप्त भयो, त्यसको उपयोग आ–आफ्नै शैलीमा हुन थाल्यो । उनै छिमेकी हजुरवासंग उनकै छोरी नानितनीहरुको झडप पर्न थाल्यो । बृद्ध बा अलि पुराना मान्छे परे, ‘देश अनुसार भेष र मान्छे सुहाउँदो केश’ हुनुपर्दछ भन्ने खाले पटक्कै चित्त बुझेन उनलाई । आफूले लाज मानि मानी लगाएको जाँगे लगौटी जस्ता कपडा छोरी बुहारी नातिनीहरुले लगाएर हिड्न थाले । पार्टी उत्सव जस्ता विशेष कार्यक्रममा पुरुष शिरदेखि पाउ सम्म टम्म लुगा लगाएको छ, महिला विचरा टाँङ मुनि दुई अंगुल र छातीतिर चार अंगुलको धरो पैरिएर उभिएको देख्दा हजुरवालाई कुरी कुरी लाग्यो । आफ्नो गाउँ ठाउँ मात्र कि सर्वत्र यस्तै होला भनि बाहिरी परिवेश बुझ्न घरबाट निस्के । ‘ढाक्ने चिज लगभग देखिने, टम्म कसिएका छोटाघोटा, अंगाकृति छर्लङ्ग, त्यसमा पनि ठाउँ ठाउँमा काटेर प्वाल परेको पोशाकमा युवा युवती जगत सजिएका, त्यसैको सिको, बधु र माता जगतले पनि गर्न थालेको देख्दा, आधा आकाश ढाक्ने बर्गको अर्धनग्न पहिरन देख्दा तीन छक परे । ‘अति सर्वत्र बर्जयत’ भनेझैं ज्यादै उत्ताउलो नहुन सामाजिक परम्परा, संस्कार र संस्कृतिको ख्याल गर्न सुझाव दिन के मुख खोलेका थिए, छोरी, बुहारी, नातिनी र उनकै समकालिन श्रीमति समेत जाई लागे । साना दुःखले आज्र्याको फेसन होइन । यसको विरुद्ध लाग्न्याको खैरियत छैन । सबैलाई चेतना भया’ भन्दै हुङ्कारे । बुढाको सातो गयो । आज कल उनि केही बोल्दैनन् । हेर्नै नसके मुख छोपेर एकातिर फर्कन्छन् । …..(के) गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको यही रहेछ । यस्तै उत्ताउला र विकृत पहिरनले गर्दा बलात्कार, अपहरण, जक जस्ता अपराधिक समाचार बन्ने गरेका छन् । स्वतन्त्रताको नाममा संस्कार र संस्कृतिलाई नर्विसौं । आफैमा सभ्य बनौं । होहल्लाको कुरा छोडौं ।