पङ्तिकार विगत ८ वर्षदेखि शिक्षण पेशामा संलग्न छ । ०६८ सालमा निजी श्रोतको शिक्षकको रुपमा सुरु भएको मेरो शिक्षण यात्रा २०७१ सालमा आएर प्राथमिक तहको तृतीय श्रेणीमा स्थायी भएर निरन्तर चलिरहेको छ । संयोग भनौं वा सहकार्य म शिक्षण पेशामा सहभागी भए देखि नै निरन्तर रुपमा प्राथमिक देखि माध्यमिक तहसम्म अंग्रेजी भाषा शिक्षकको रुपमा काम गर्ने मौका पाएको छु । यस अर्थमा संयोग भन्न खोजेको हुँ कि म आफै उच्च माध्यमिकदेखि विश्वविद्यालय तहसम्म अंग्रेजी भाषाको विद्यार्थी हुँ । मलाई अंग्रेजी विषयप्रति विद्यालयदेखि नै आकर्षण थियो र तुलनात्मक रुपमा सहपाठीहरुको भन्दा मेरो अंग्रेजी विषयप्रति दख्खल पनि बढी थियो । विद्यालय तहदेखिनै मेरो अंग्रेजी भाषाप्रतिको मोह र सुधारमा धेरै गुरुहरुको साथ र सहयोग रहेको छ, जुन क्याम्पस तहसम्म पनि निरन्तर नै रहिरह्यो । तर एउटा घटना छ जुन अहिले पनि बारम्बार मेरो मानसपटलमा आइरहन्छ ।
कुरा ०६२ सालको हो । म त्यतिखेर कक्षा ७ मा पढ्दै थिएँ । कुल आठवटा विषय मध्ये एउटा अतिरिक्त अंग्रेजी थियो । पुस्तकको नाम त ठ्याक्कै याद भएन तर पुस्तकमा व्याकरणिय कुराहरु मात्र नभएर प्रसस्त कथा र कविताहरु पनि थिए । पुस्तक निजी प्रकाशनको र रङ्गिन भएकोले सामुदायिक विद्यालका हामीलाई त्यो पुस्तक अन्य सादा पुस्तकको तुलनामा खुव मनपथ्र्याे । हामी त्यसलाई भ्हतचब भ्लनष्किज भन्थ्यौं । हामीलाई उक्त विषय पढाउने जिम्मा सामाजिक विषय पढाउने सरलाई दिइएको थियो । नाम त उल्लेख नगरौं होला, उहाँ कास्की तिरको सर हुनुहुन्थ्यो । हामीलाई कक्षा ७ मा भ्हतचब भ्लनष्किज भन्दा बाहेक अरु कुनै पनि कक्षामा उहाँले अंग्रेजी पढाएको मलाई याद छैन । हामीलाई भ्हतचब भ्लनष्किज पढाउनु हुने सरको कुरा किन याद आइरहन्छ भने चाहे कविता पढाउँदा होस् या चाहे कथा शव्द अर्थ भन्न, प्रश्न उत्तर लेख्न धेरै जसो काम मलाई लगाउनु हुन्थ्यो । अभ्यास गर्ने क्रममा प्रायः एउटै कुरा दोहोरिरहन्थ्यो । सरले सोध्नु हुन्थ्यो “बाबु तिमीले ग¥या छ , छैन ?” म सधैं गरेर जान्थें अनि सरले या त मलाई नै ब्ल्याक बोर्डमा लेख्न लगाउनु हुन्थ्यो । या त मलाई भन्न लगाएर आफु लेख्दै गर्नु हुन्थ्यो । त्यो पुरै किताबको अधिकांश अभ्यास र क्रियाकलाप त सायद साथीहरुलाई सरले भन्दा ज्यादा मैले नै सिकाएँ हुँला । प्रत्येक दिन सरले सोधी हाल्नु भो भने ? भनेर म तयार भएर जान्थें । त्यति खेर कतिपय साथीहरु सरलाई पढाउन आउँदैन भनेर कुरा पनि काट्ने गर्दथे । मेरो तारिफ पनि गरि दिन्थे । किशोरवयको त्यो बेला तारिफमा मख्ख परेर मैले पनि कति पटक सरलाई पढाउन नआउने कुरामा हो मा हो थपेको थिएँ । अहिले यसो सोच्दा लाग्छ, त्यतिखेर ति सरले मलाई त्यसरी धेरै अभ्यास गर्न लगाउनुको पछाडी शायद दुइवटा कारण थिए । पहिलो साँच्चै नै साथिहरुले भने जस्तै सरलाई अंग्रेजी पढाउन समस्या थियो । मैले ५ र ६ कक्षा दुइवर्ष बोर्डिङमा पढेको हुँदा शासद सरलाई म प्रति केही विश्वास भएको हुँदो हो । दोस्रो जसरी प्रायः कक्षाका उत्कृष्ट विद्यार्थीहरु शिक्षकको नजरमा पर्छन, म पनि सरको नजरमा त्यसरी नै म पनि सरको नजरमा परेको हुँदो हुँ । ठ्याक्कै भन्न सक्दिन यि दुइ मध्ये कुनमा बढी दम छ । जे हो स सरको त्यो किसिमको व्यवहारले मेरो अंग्रेजी विषय प्रतिको मोह र दख्खल बढाउन भने पक्कै मद्दत गरेकै हो ।
पाठक वर्गलाई लाग्दो हो मैले यि कुराहरु किन उल्लेख गरिरहेको छु भन्ने । लेख्न विषय वस्तु नपाएर भन्ने पनि लाग्दो हो । यो स्वाभाविक पनि हो । तर मैले यो आलेखमा मेरो विद्यार्थी जीवनको त्यो प्रसंग उठान गर्नुको कारण चाहीँ म आफै शिक्षण पेशामा संलग्न हुँदै गर्दा कहिँ न कहिँ कतै न कतै त्यो कुराले छोइरहन्छ । हामी लगभग सबै शिक्षक वर्गलाई थाहा भएको कुरा हो, शिक्षण सिकाइको क्रममा विद्यार्थीलाई उत्प्रेरित गराउँदा र सक्रिय गराउँदा त्यसले सिकाईमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्दछ । तर यही कुरा आफेनै जीवनमा भोग्ने मौका धेरुै कमले पाएका हुन्छन् । जुन एक हिसाबले मैले पाएँ जस्तो लाग्छ, कक्षा ७ मा भहतचब भलनष्किज पढाउने ति सरलाई सम्झँदा । चाहे सरको चाहनाले होस् या बाध्यताले मलाई धेरै भन्दा धेरै मौका दिनुभएकोले नै कहिँ न कहिँ त्यतिबेला देखि नै मेरो अंग्रेजी विषय प्रति मोह र दख्खल बढ्न थालको हो जस्तो लाग्छ । यदि त्यति मौका पाउँदिन थिएँ भने मलाई अंग्रेजीप्रतिको मोह पनि सायद बढ्ने थिएन । न त म अंग्रेजी भाषाको विद्यार्थी हुन्थें न त शिक्षक ।
हामी सबै एकै वर्गमा त पर्दैनौं तर कतिपय शिक्षक मित्रहरु विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने र कसरी धेरै भन्दा धेरै सक्रिय गराउने भन्ने कुरा तर्फ त्यति ध्यान दिनु हुन्न । हामी स्वयम कतिपय अवस्थामा खाली विषय वस्तुको प्रस्तुती तर्फमात्र ध्यान दिन्छौं । हामी के कुरा विर्सन्छौं भने, हामीले भनेको सुनेर भन्दा विद्यार्थीहरु आफैले सहभागी भएर धेरै ज्ञान हासिल गर्न सक्छन् । अल्वर्ट आइन्सटाइनले भनेका थिए “ म मेरा विद्यार्थीहरुलाई पढाउँदिन, खाली उनीहरुको सिक्न सक्ने वातावरण निर्माण गर्न सघाउँछु ।” उनको यो भनाइले पनि के पुष्टी गर्छ भने विद्यार्थीहरुले सुनेर भन्दा आफैले गरेर सिक्छन् । तर आज पनि हामी विद्यार्थीलाई सिक्ने वातावरण बनाउन, उनीहरुलाई आफै सिक्न उत्प्रेरित गराउन भन्दा पनि पढाउनमै जोड दिन्छौं । आज पनि हामी सिकाउने नाममा बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म विद्यार्थीहरुलाई पढाईरहेका हुन्छौं । जहाँ विद्यार्थी प्रायः श्रोताको रुपमा उपस्थित हुन्छन् । हामी आफै विद्यार्थी केन्द्रीत शिक्षण विधि प्रयोग गर्नुपर्ने कुरा पढेर आएका हौं । त्यही कुरा शिक्षक सेवा आयोगको परिक्षाका लेखेर शिक्षक भएका हौं । तर त्यही कुरा व्यवहारमा लागू गर्न चुकिरहेका हुन्छौं, धेरै अवस्थामा । विद्यार्थी केन्द्रीत विधिको प्रयोग गर्नुपर्छ, विद्यार्थीलाई धेरै भन्दा धेरै सक्रिय गराउनु पर्छ भन्ने अग्रज शिक्षकहरु, कतिपय तालिम प्रदान गर्ने प्रशिक्षकहरु, पनि स्वयम आफ्नो कक्षामा धाराप्रवाह प्रवचन दिइरहेका हुन्छन् । अनि हामी सबैको एउटै गुनासो हुन्छ, जति गर्दापन हुँदैन । के भएका हुन् खै केटाकेटी ? यहाँ नेर हामी गलत पनि छौं सही पनि छौं । सहि यो मानेमा कि हो हामीले मेहनत गरेका छौं । प्रसस्त दुःख गरेका छांै । र गलत यो मानेमा कि हामीले मेहनत त ग¥यौं तर गलत तरिकाले । हामीले निश्चय नै मेहनत गर्नुपर्छ तर पढाउन हैन, सिक्ने वातावरण बनाउन मेहनत गर्नुपर्छ । दुःख पनि गर्नुपर्छ तर आफुमात्र सक्रिय भएर होइन । विद्यार्थीलाई सक्रिय बनाउनको लागि दुःख गर्नुपर्छ । शिक्षामा सफल भनिएका देशहरुको अभ्यास र विभिन्न खोज अनुसन्धानले पटक पटक प्रमाणित गरिसकेको छ, उपलब्धी मूलक नतिजाको लागि शिक्षक भन्दा विद्यार्थीलाई नै धेरै सक्रिय बनाउनु पर्दछ । हामीलाई यो थाहा नभएको पनि होइन, खाली व्यवहारमा उतार्न नसकेका हौं । अझ भनौं पुरानो चलनलाई छोडेर नयाँ सुरुवात गर्न गाह्रो भएको हो । अझै पनि कतिपय शिक्षकहरुले भन्ने गरेको सन्न सक्छौं, हाम्रो पालामा त केहि थिएन तैपनि पढियो । अचेलकालाई सबथोक छ तैपनि पढ्दैनन् । केटाकेटी खत्तम भैसके । यहाँनेर हामीले के बुझ्नु जरुरी छ भने समय गतिशिल छ र योसंगै धेरै कुराहरु परिवर्तन हुँदै जान्छन् । त्यो परिवर्तनलाई हामीले आत्मसाथ गर्दै अगाडि बढ्ने हो । विद्यार्थीलाई जिम्मेबारी दिँदा उनीहरुमा अहो मेरो पनि सर म्याडमले ख्याल गर्नुहुँदो रहेछ । मेरो पनि केही महत्व रहेछ भनेर हौसला मिल्छ । आफ्नो जिम्मेबारी पुरा गर्दागर्दै उनीहरुमा सक्रिय हुने बानी पनि बस्न थाल्छ । जसले स्वतः सिकाइमा मद्दत पुग्छ ।
शिक्षण सिकाइको क्षेत्रमा पनि नविनतम प्रयोग र विधिहरुको आविष्कार भइरहेको छ । नयाँ समयमा पुरानै तरिकाले उत्कृष्ट नतिजा पाउन सकिँदैन । त्यसैले अब आफुभन्दा धेरै कसरी विद्यार्थीलाई सक्रिय बनाउने भन्ने तर्फ पनि सोच्ने हो कि ? अब विद्यार्थीलाई पढाउने भन्दा पनि सिक्ने वातावरण बनाउने तर्फ सोच्ने हो कि ? ४५ मिनेटको कक्षामा आफै बोल्ने, आफै चल्ने गर्नु भन्दा कसरी विद्यार्थीलाई सक्रिय र जिम्मेबार बनाउने भनेर सोच्न सके केही त उपलब्धी हुन्थ्यो कि ?