दमौली/कोभिड –१९ महामारीका कारण दुई वर्षपछि भएको माध्यमिक शिक्षा परीक्षा–२०७८ को नतिजा राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको छ । परीक्षा बोर्डले विभिन्न आठ वटा ग्रेड विभाजन गरी प्रकाशन गरेको नतिजामा सबैभन्दा धेरै एकलाख १२ हजार ७३३ विद्यार्थीले २ देखि २.४ जीपीए ल्याएका छन् । यो संख्या कुल परीक्षार्थी चार लाख ९५ हजार ७५१ को २२.७४ प्रतिशत हो । बोर्डले बुधबार प्रकाशित गरेको नतिजा अनुसार एकलाख ५९४ विद्यार्थीले १.६ देखि २ जीपिए प्राप्त गरेका छन् ।
परीक्षा आवेदन भरेका मध्ये २२ हजार ६४० जना परीक्षामा सहभागी नभएका जनाएको बोर्डले २.४ देखि २.८ जीपिए ल्याउने विद्यार्थीको संख्या ९० हजार ५८८ रहेको छ । यसैगरी कुल परीक्षार्थीको १४.१ प्रतिशत अर्थात ६९ हजार ९०० परीक्षार्थीले २.८ देखि ३.२ जीपिए ल्याएका छन् । बोर्डका अनुसार ४१ हजार ६२७ विद्यार्थीले ३.२ देखि ३.६ जीपिए तथा ९ हजार ६३३ परीक्षार्थीले सबैभन्दा राम्रो जीपिए ३.६ देखि ४ ल्याएका छन् । उत्कृष्ट जीपिए ल्याउने छात्राको संख्या चार हजार ३५२ रहेको छ, जुन ४५.१७ प्रतिशत हो ।राष्ट्रिय परीक्षा बोर्डले यस पटकको नतिजा प्रदेशगत रुपमा समेत सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार जीपिए ३.६ देखि ४ ल्याउने विद्यार्थी बागमती प्रदेशका सबैभन्दा धेरै रहेका छन् । यो प्रदेशका चार हजार ५०२ जनाले ३.६ देखि ४ जीपिए ल्याएका छन् । एक लाख सात हजार ४२५ विद्यार्थी एसईईमा सहभागी भएका थिए । यसपछि क्रमषः मधेश प्रदेशबाट एक हजार ५३१, लुम्बिनी प्रदेशबाट एक हजार २२०, प्रदेश नं १ बाट एक हजार १८७, गण्डकी प्रदेशबाट ७८४, सुदुरपश्चिम प्रदेशबाट १९५ तथा कर्णाली प्रदेशबाट ११४ जनाले ३.६ देखि ४ जीपिए ल्याएका छन् ।प्रतिशतका हिसाबले ३.६ देखि ४ जीपिए ल्याउने विद्यार्थी बागमतीमा सबैभन्दा धेरै ४.१९, प्रदेश १ मा २.१६, मधेशमा २, गण्डकीमा १.७३, लुम्बिनीमा १.४१, सुदुरपश्चिममा ०.३४ तथा कर्णालीमा ०.३१ प्रतिशत परीक्षार्थी रहेका छन् ।
समाचार
-
डुम्रेबजार/पृथ्वीराजमार्गको तनहुँ डुंम्रेबजारमा मंगलबार एक बृद्धालाई ठक्कर दिएर निलोकालो रंगको मोटर साईकल फरार भएको…
-
दमौली/नेपाली काँग्रेसका आदर्श पुरुष बीपी कोइरालाको ४०औं स्मृति दिवस तनहुँमा छुट्टै कार्यक्रमका बीच काँग्रेस…
-
दमौली/साउन १५ गते बाट तनहुँको यातायात ब्यवस्था कार्यालय बिमलनगरबाटनै लाइसेन्स नवीकरण हुने भएको छ…
-
कांग्रेस केन्द्रको निर्णयः निर्वाचनमा तालमेल-बैठकमा कांग्रेस नेताहरुको बाझाबाझ
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले वैशाख ३० गते सम्पन्न स्थानीय तहको…
-
दमौली/गोवर्धन शर्मा स्मृति कोषले बुधबार एक विज्ञप्ति प्रकाशित गरी कोषले गम्भिरता पूर्वक मनन गरेको…
-
दमौली/नेपालमा अब इन्जिनियर बनेर पेशा गर्नका लागि लाईसेन्स लिनु पर्ने गरी कानुनी व्यवस्था गरिएको…
-
साढे दुई वर्षको रिक्तता अन्त्य गर्दै प्रतिनिधि सभाले गत शुक्रबार उपसभामुख चयन गरेको छ…
-
श्रीङ्ग शान्ति मोटर मार्ग राम्जाकोटको दोस्ती भिर स्थित जोखिमपूर्ण यात्रा गराउँदै सार्वजनिक यातायात ।…
-
दमौली/तनहुँको व्यास नगरपालिका वडा ५ का वडा अध्यक्ष हिमाल श्रेष्ठले व्यास नगरपालिकाका कार्यकारी अधिकृत…