दमौली/तनहूँ प्रहरीलाई फरार प्रतिवादी पक्राउमा अर्काे सफलता मिलेको छ । सोमबार विहान ज्यान मुद्दाका फरार प्रतिवादी साविक धरमपानी–९ का ४५ वर्षिय सागर परियार रहेका छन् । परियारलाई प्रहरीले १० वर्ष पछि पक्राउ गरेको हो । हाल व्यास नपा १ तालघरे बस्दै आएका परियार सहित बाबुराम परियार र सुविपरियारले २०६५ साल माघ ९ गते सोही ठाउँ बस्ने तिलबहादुर परियारलाई रडले हानेर घाइते बनाएका थिए । घाइते परियारको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । अन्य दुइ प्रतिवादीलाई यस अघि नै विभिन्न समयमा पक्राउ गरिसकिएको तनहूँ प्रहरीले जनाएको छ ।
समाचार
-
डुम्रे/सवारी आवागमन तथा पैदलयात्रु आवागमनमा अवरोध भएको भन्दै बन्दीपुर गाउँ पालिकाले डुम्रेको फुटपाथमा अव्यवस्थित…
-
आँबुखैरेनी/कांग्रेस युवा नेता पूर्णबहादुर गुरुङले विकासका कार्यहरुलाई तिब्रताका साथ अगाडि बढाउने हो भने आम…
-
दमौली÷सत्यवती माविको कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत…
-
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारपछि…
-
पवन पौडेल दमौली । छिमेकका ठूला सहरका तुलनामा विकासका भौतिक पूर्वाधार कम भएको आरोप…
Older Posts
