टुटेपानी/शान्ति युवा क्लब भानु नगरपालिका वडा नं. १३ ले आफ्नो २६औ बार्षिकोत्सव मनाएको छ । क्लबले आफ्नो वडाका वडाध्यक्षलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरेको थियो । प्रमुख अतिथि भानु नगरपालिका वडा नं. १३ का वडाध्यक्ष राम बहादुर बानियाले युवाहरु सिर्जनशिलताको खानी हुन भन्दै सबै समस्याको समाधान युवाजनशक्तिले निकाल्न सक्ने बताउनु भयो । प्रमुख अतिथि बानियाले समाजलाई परिवर्तन गर्न देशका युवाजनशक्ति विदेशीनबाट रोक्न सक्नु पर्ने कुरामा जोड दिनुभयो । क्लबले टुटेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष क्या. होमबहादुर गुरुङ्गलाई विशिष्ट अतिथिको रुपमा पाएको थियो । क्याप्टेन गुरुङ्गले युवा जनशक्ति स्वदेशमै बसेर विभिन्न विकल्पहरुको खोजी गरी देश निर्माण गर्नुृ पर्दछ भन्ने मूल उद्देश्यका साथ आफूले टुटेपानी होमस्टेलाई व्यवस्थित गर्न नेतृत्व सम्हालेको चर्चा गर्नुभएको थियो ।
क्लबकी अध्यक्ष सीता गुरुङ्गको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन सदस्य अमिन गुरुङ्खले गरेको टुटेपानीबाट बाबुराम खनालले तनहुँआवाजलाई बताउनु भयो । टुटेपानी होमस्टेको चर्चा चलाउनमा शान्ति युवा क्लबको प्रसनीय भूमिका रहेको छ ।
समाचार
-
दमौली/ स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको अवसरमा जेसिआई व्यास नगरले व्यास २ स्थित…
-
दमाैली/नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि कम्प्युटर एशोसिएसन महासंघ (क्यान) गण्डकी प्रदेशले…
-
पोखरा/मातृशिशु मितेरी अस्पताल पोखराको अयोजनमा दुई दिवसिय क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम पोखरा उपमहानगर पलिका…
-
दमौली/स्वाभिमान एवं देशभक्त युवा जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय सेवा…
-
विशेषसम्वाददाता नेकपाका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष फागुन तीन गते नेपाली जनतालाई ं‘सुखी…
-
दमौली/व्यास नगरपालिकाको चौथो नगर सभा मंगलबार सम्पन्न भएको छ । सोमबार प्रारम्भ भई मंगलबार…
-
नेपाल रेडक्रस सोसाइटी तनहुं जिल्ला शाखाले दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।…
-
नेपालमा २०५१ साल फागुन १ गतेदेखि सशस्त्र विद्रोह शुरु भएको थियो । भण्डै दश…
-
गजौडे/पहिलेको सतिस्वाँरा गाविस पूर्ण सरसफाई उन्मुख गाविस घोषणा भएको एक बर्ष पुगेको सन्दर्भ पारेर…
