दमौली/व्यास नगरपालिका वडा नं.४ सिमलटारमा बुधबारबाट शुरु भएको आदिवासी जनजाती महोत्वसको तनहुँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले उद्घाटन गर्नुभयो । महोत्सवमा विभिन्न आमा समूहहरु व्यानर सहित ¥यालीमा सहभागी भएका थिए । विभिन्न जातजाति मगर गुरुङ, नेवार, भुजेल, दरै, बोटे, दुरा, राई, चेपाङ लगाएत ब्राम्हण क्षेत्री लगाएतको जातजातिगत भेषभुषा सहितको ¥यालीमा सहभागिता रहेको थियो । अनसन चौतारीबाट सुरु भएको ¥याली महोत्सव स्थल व्यास ४ सिमलटार आइपुग्दा समेत बजारसम्मको सहभागीको ¥याली नसकिएको अवस्थाले आयोजकलाई उत्साहित तुल्याएको महसुक गर्न सकिन्थ्यो । विभिन्न स्टलहरु राखिएको भएतापनि तर पहिलो दिन भएकाले अधिकांश खाली देखिन्थे । महोत्सवमा कृषी प्रदर्शनीलाई प्राथमिकता राखिएको थियो । विज्ञान प्रदर्शनी गर्ने, जाडोका लुगाहरु भएको स्टलहरु भने सूचारु थिए ।
समाचार
-
बालबालिका र बयस्क रंगरमाईलोका लागि त प्रौढ र ज्येष्ठनागारिक सामाजिक कार्यका लागि भैलो तथा…
-
भाइटीकाको दिनमा परेको जन्म दिन मनाउन झण्डै दुई घण्टा पर पाल्पा रामपुरबाट केक खरिद…
-
साँझको समयमा लक्ष्मीको पुजा गरेर घरभित्र प्रवेश गराउन प्रार्थना गर्दै व्यास नगरपालिका वडा नं.…
-
बाह्रवीसे/मितेरी युवा क्लबले साँस्कृती कार्यक्रम गरेर साँस्कृतिक आकर्षण देखाएको छ । दीपावालीको पावन अवसरमा…
-
दमौली/भानु नगरपालिकामा निरन्तर बाघको आक्रमण भएको छ । देशमा तीन तहका सरकार छन् ।…
-
ऋषिङ्ग गाउँपालिका वडा नं. ४ स्थित दुलेगौंडा ,पालिङटार, राम्चे , सिर्कोट, मधुबन लगायत क्षेत्र…
-
दमौली/नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा कार्य समितिको चौथो अधिवेशनबाट निर्वाचित नेतृत्वलाई बुधबार एक…
-
कमलबारी/सिद्धेश्वरी माविका शिक्षक समेत रहेका व्यास–१२ कमलबारी वगैंचाका स्थानीयबासी छविदिप आलेलाई आजकल घरको धरामा…
-
थर्पु/नेपाली काँग्रेस वी.पी.ले बुधबार नेपालीहरुको महान पर्वको सन्दर्भ पारेर चियापान कार्यक्रमको आयोजना गरेको छ…
