दमौली/ व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिक लक्षित चार दिने निःशुल्क आँखा शिविर चलाएको छ । फागुनको ११, १२, १३ र १४ गतेसम्म सो शिविर सञचालन हुने नगरपालिकाले जनाएको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको शिविरमा व्यास नगरपालिकाको १४ वटै वडाका ज्येष्ठ नागरिकहरको परिक्षण गरिने नगरपालिकाले जनाएको छ । शिविरको उद्घाटन गर्दै ब्यास नगरपालिकाका नगरप्रमख बैकुण्ठ न्यौपानेले ज्येष्ठ नागरिकको आँखाको ज्योतिमा देखिएको समस्या हटाएर संसार देखाएर ज्येष्ठ नागरिकको सम्मान गर्ने प्रयास गरिएको बताउनु भयो । नगरपालिकाको यस अभियानमा सहभागि भएर आत्मसम्मान ग्रहण गर्न नगरप्रमुख न्यौपानेले नगरवासीलाई आग्रह गर्नुभएको थियो । शिविरको उद्घाटन कार्यक्रमलाई नगरपालिकाकी उपप्रमुख मिरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, शिक्षा तथा सामाजिक शाखा प्रमुख नगेन्द्र रेग्मी, वडा नं. का वडाध्यक्ष कासीराम श्रेष्ठ, कार्यकारिणी सदस्य तमबहादुर दरै लगायतले सम्बोधन गर्नुभएको थियो ।
समाचार
-
राजीनामा नदिने बताउँदै आएको समाचार माध्यमहरुले बताएका छन् ।
-
दमौली/नेपाली काँग्रेस केन्द्रिय समितिको बैठक बुधबार शुरु भएको छ । बुधबारबाट शुरु भएको बैठकमा…
-
भुठको सहारामा लोकप्रिय बन्ने कसरत होइनन् । न त माथिल्लो तामाकोशी उनको पालामा सुरु…
-
दमौली/नयाँ बर्षसंगै दमौली बजारमा नयाँ बहार आउन लागेको छ । एपेक्स मल्टिप्लेक्स बैशाखको पहिलो…
-
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको ३८औं साधारण सभा सुक्रबार दमौलीमा सम्पन्न भएको छ ।…
-
गाउँ पालिका उपाध्यक्ष विमला थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले विद्यालयको भौतिक…
-
बताईन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले १…
-
दमौली/गन्तब्य ढाँटेर प्लेट राखी यात्रु चढाएर बेच्ने सवारी साधनलाई तनहुँ ट्राफिकले कारवाही गरेको छ…
