दमौली/वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको अध्यक्षमा पं. कृष्णकान्त शास्त्री चयन भएका छन् ।
दमौलीमा मंगलबार सम्पन्न प्रतिष्ठानको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले शास्त्रीलाई अध्यक्षमा चयन गरेको हो । व्यास गुफा परिसरमा सम्पन्न अधिवेशनले ऋषिराम ढुङ्गाना (सेवक) र अन्जनराज न्यौपानेलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
यसैगरी समितिको समितिको महासचिवमा सत्यप्रसाद खनाल, सचिवमा श्री भद्र न्यौपाने, सहसचिवमा मञ्जु रेग्मी न्यौपाने निर्वाचित भएका छन् । समितिको कोषाध्यक्षमा निर्मला वाग्ले न्यौपाने र सहकोषाध्यक्षमा सरस्वती पौडेल निर्वाचिच भईन् । यसैगरी प्रतिष्ठानको केन्द्रीय सदस्यहरुमा क्रमश दुर्गाभक्त अधिकारी, मधुमाया घिमिरे, कोपिला थापा, लक्षमण श्रेष्ठ , गीता सोती र मिरा रानाभाट निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ ।
यस अघि साधारसभा तथा अधिवेशनको उद्घाटन गर्दै ब्यासका अध्येता काशीनाथ न्यौपानेले नित्य निरन्तर सकारात्मक सोच, विचार र कर्म गर्नु जरुरी भएको बताए । बेदानुयायी प्रतिष्ठान नेपालका संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले ४ वेद १८ पुराणका रचायिता भगवान वेद ब्यासको जन्म भुमिलाई विश्व माँझमा चिनाउन, भगवान ब्यासको १०८ फुट मुर्तिलाई निर्माण सम्पन्न गराउन सबै तह र तप्काको सहयोग हुन आवश्यक रहेको वताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, ब्यास नगरपालिकाका पुर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापा लगाएतका वक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
समाचार
-
भिमाद/विद्यार्थीले गल्ति ग¥यो भनेर तातो पन्योले गालामा डामेर रातै बनाएको घटना सुन्दै जोक, ठट्टा…
-
विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान प्रारम्भ गरेको…
-
दमौली/विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान प्रारम्भ गरेको…
-
शिवसरस्वतीको स्वर्ण महोत्सव भोलीः पूर्वमन्त्री भण्डारीले उद्घाटन गर्ने
by Tanahu Awajby Tanahu Awajऋषिङ/ऋषिङ स्थित शिवसरस्वती मावि भोलि स्थापनाको पचासौं वर्ष प्रवेश गर्दैछ ।स्थापनाको पचासौं वर्ष प्रवेश(स्वर्ण…
-
व्यास नगरपालिकाले गतसाता अर्थात माघको १७ र १८ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको आयोजना…
-
दमौली/प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्षमा पुनः राजकुमार श्रेष्ठ विवि चयन भएका छन् ।मंगलबार…
-
दमौली÷सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति नेपाल पत्रकार महासंघ तनहुँ शाखाको…
-
दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँको आयोजना तथा आदिकवि भानुभक्त क्याम्पसको सह आयोजनामा प्रधानाध्यापक तथा शिक्षक…
-
ऋषिङ/ऋषिङ गाउँ पालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ३५० ले स्वास्थ्य परीक्षण गराएका छन् ।…