गत साता प्रकाशित भएको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा सम्बन्धि चर्चा अझै सेलाएको छैन । फलामे ढोका नाम दिएर आवश्यकताभन्दा बढी महत्व दिइएका कारण यसको नतिजाको बारेमा सर्वत्र चर्चा हुने गर्दछ । अझ खासगरी निजी विद्यालयहरुले यो नतिजालाई आफ्नो प्रतिष्ठाको विषय बनाउने भएकाले पनि यसको चर्चा अलि बढी नै हुने गर्दछ । यद्यपि कक्षा ११ मा कस्तो विषय अध्ययन गर्ने भन्ने कुराको निक्र्याेल यो परीक्षामा प्राप्त गरेको अंकका आधारमा हुने भएकाले स्वाभाविक महत्व छ र चर्चा पनि स्वाभाविक नै लाग्छ ।
माध्यमिक शिक्षा परीक्षालाई यो तहको महत्व दिनु अर्थात विद्यार्थीमा यो स्तरको हाउगुजी उत्पन्न गराई राख्नु आवश्यक छ कि छैन भन्ने विषयमा छुट्टै बहस हुनु आवश्यक छ । यस वर्ष आएको निराशाजनक नतिजाको कारण पनि यसको चर्चा धेरै नै भएको छ । कुल परीक्षार्थी मध्ये आधा परीक्षार्थी पनि उत्तीर्ण नभएको यो परीक्षाको नतिजाले देखाएको अर्काे डरलाग्दो पक्ष के हो भने सामुदायिक विद्यालयका झण्डै ८८ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएको छन् अर्थात फेल भएका छन् । योग्यता र तालिम प्राप्त शिक्षक, राम्रै सेवा सुविधा हुँदा हुँदैपनि किन सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक हुन नसकेको होला भन्ने प्रश्न सर्वत्र उब्जेको छ ।
नतिजा राम्रो नआउनुमा शिक्षक पनि जिम्मेबार होलान् त्यसको साथसाथै शिक्षा नीति बनाउने सरकार, शैक्षिक वातावरण निर्माण गरिदिनु पर्ने अभिभावकले पनि विद्यार्थीलाई समय र विषयको महत्व बुझाउन सक्नु पर्दछ । समयानुकूल शिक्षण पद्धति अवलम्बन गरेर बालमैत्री वातावरण सिकाउने अभ्यास शिक्षकहरुले तुरुन्त थाल्नु पर्नेछ । कतिपय शिक्षकमा भएको जागिरे मानिसकता, राजनीतिक भ्रष्टीकरण, कर्तब्यच्यूत खानपान जीवनशैलीले पनि समग्र शिक्षा प्रणालीमा नकारात्मक परिणाम दिएको छ । शिक्षामा गरिने लगानीलाई फजुल सम्झने हाम्रा तीनै तहका सरकार, सामाजिक सञ्जाल वा पब्जी तथा फ्रि फायर जस्ता गेममा चौविसै घण्टा अलमस्त रहने विद्यार्थी र आफ्ना छोराछोरीको लगाव पढाईमा भन्दा कुलतमा गएको तर्फ खास चासो नराख्ने अभिभावक पनि यो नतिजाप्रति जिम्मेबार छन् ।
विगतका कमजोरीबाट सिक्दै आगामी दिनमा राम्रो नतिजा प्राप्तीका लागि सामूहिक प्रयत्न आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा जनमतबाट बनेका सरकारहरु यसमा प्रतिवद्ध हुनु जरुरी छ ।
विचार/दृष्टिकोण
-
गएको साता सामाजिक सञ्जालमा आएका दुइवटा तस्विरले मन छोयो । एउटा तस्विर हुरीले छानो…
-
गलत तरिकाबाट बनाइएका योजनाले जनसहभागिता जुटाउने विश्वसनियता गुमाएको न योजना असफलहुनाको कारण कार्यान्वयनमा असफलता,…
-
पर्सी असार १५ । यो दिनलाई राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको…
-
खडेरी अर्थात हामीले बुझ्ने सामान्य भाषामा लामो समय पानी नपर्नु । लामो समय पानी…
-
विश्व अर्थव्यवस्थाको बारेमा चर्चा गर्दा अर्थनीति साधारणतया मौद्रिक नीति तथा बित्तिय नीतिबाट संचालित हुन्छ…
-
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नम्बर…
-
दुइ साता अगाडी अर्थात इश्वी सन्को मे ३१ तारिखमा विश्वभर विश्व सुर्तीजन्य पदार्थ विरुद्धको…
-
बिकास सम्बन्धमा अर्थशास्त्रीहरुले आर्थिक संरचनाको सुदृढिकरणलाई जोड दिइएको पाइन्छ । प्रतिव्यक्ति आम्दानी बैँक तथा…
-
“रक्तदान जीवन दान” हामीले बारम्बार सुन्दै आएको स्लोगन हो यो । विभिन्न कारणले शरिरमा…
