आज नोभेम्बर १४, विश्व मधुमेह दिवस । मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी भएको इन्सुलिनको अविष्कार गर्ने मध्येका एक, सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बर भएकाले सोही दिनलाई संयुक्त राष्ट्र संघले विश्व मधुमेह दिवसको रुपमा मनाउने निर्णय गरेको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रूपमा मधुमेहको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।
यो वर्ष जीवनशैली र वंशाणुगत कारणले बर्सेनी विश्वभर लाखौँ मानिसहरू मधुमेहको सिकार बनिरहेको सन्दर्भलाई सम्झँदै शारीरिक, माानसिक र सामाजिक स्वास्थ्यको पैरवी गर्ने उद्देश्य सहितको नारा तय गरिएको छ ।
मधुमेहको अंग्रेजी नाम डायबिटिज हो भने हामीले बोलीचालीको भाषामा यो रोगलाई चिनी रोग भन्दछौं अनि आजकल सजिलोका लागि सुगर भन्ने चलन छ । यही सुगरले विश्वका ४६ करोडभन्दा बढी मानिसलाई सताएको छ भने नेपालमा पनि वर्षेनी ८ प्रतिशतका दरले यसका रोगी बढेको अनुमान गरिएको छ ।
मधुमेह दुइ प्रकारका हुन्छन्, विशेषगरी बच्चामा देखिने मधुमेह अन्तर्गत प्यान्क्रियाजका कोषहरू भत्किएर इन्सुलिन उत्पादन हुन नसक्ने अवस्था पर्दछ र यसको एकमात्र उपचार इन्सुलिन हो । प्यान्क्रियाजले उत्पादन गर्ने इन्सुलिनलाई हाम्रो शरीरले सही प्रयोग नगर्दा हुने अवस्था । यसको कारण भनेको मोटोपना र अनियमित जीवनशैली हो । यसका साथै तनाव लिनु अर्काे कारण हो भने वंशाणुगत रुपमा पनि यो रोग आउने गर्दछ ।
बढी तिर्खा लाग्ने,बाराम्बार पिसाब जाने, अत्यधिक भोक लाग्ने, थकाइ महसुस हुने, घाउ वा चोट निको हुन ढिलो हुने, दृष्टि धमिलो हुने भएमा मधुमेह भएको हुनसक्छ भन्ने अनुमान गरेर स्वास्थ्य संस्थामा गई जँचाउनु र आवश्यक उपचार गर्नु पर्दछ । खानपानमा सुधार, नियमित शारीरिक व्यायाम, औषधी वा इन्सुलिनको प्रयोग, रगतमा ग्लुकोजको मात्राको नियमित जाँच, तनाव व्यवस्थापन आदि गरेर मधुमेहबाट छुट्कारा पाउन सकिन्छ । धुमपान र मदिरा पान बन्द गर्नु पनि अर्काे उपयुक्त उपाय हो । मधुमेहको राम्रो उपचारका लागि जीवनशैलीमा सुधार र नियमित स्वास्थ्य जाँच गर्ने गरौं । यसले हामीलाई दीर्घजीवी बनाउन मद्दत गर्नेछ ।
विचार/दृष्टिकोण
-
अधिवक्ता ऋषिराम पोख्रेल
-
चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत…
-
आज हिन्दु सभ्यताका अनुयायीहरुको दोस्रो ठूलो पर्व तीहरको तेस्रो दिन अर्थात लक्ष्मी पूजा ।…
-
पृष्टभूमिःसर्वोच्च अदालतका उपरजिष्टार गोविन्द प्रसाद घिमिरेको मिति २०८१ असोज १४ गतेको प्रतिवेदनका आधारमा नेपाल…
-
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लिने गरिन्छ । जसरी नवरात्री नौ दिनसम्म…
-
संसदका दुई ठूला र पुराना दल मिलेर सरकार गठन भएको सोमबार सय दिन पुगेको…
-
पृष्टभूमिःन्यायका उपभोक्ताहरुले न्याय इन्साफमा प्रयोग गर्ने शब्दावलीहरु जान्न सकियो भने न्यायको परिणाम बुझ्न सजिलो…
-
केही दिन पछि कार्तिक १५ मा नेपाल र विश्वभर सहरीकरण दिवस मनाईँदैछ । अक्टोबर…
-
आज विहिबार, इस्वी सम्वतको अक्टोबर १७ । संसारभर र नेपालमा पनि तामझामका साथ अन्तर्राष्ट्रिय…