दुइ मुठ्ठी खरानी हो मान्छेको देह आखिर
खरानीको कुनै जात थर गोत्र कहाँ छ र ?
घर सानो भए हुन्छ ठूलो हृदय होस बरु
एउटै रुखमा वस्छन सयौंथरी चराहरु ।
कवि सोम निरौलाको कविताका यि पङ्तिले धेरै धन सम्पत्ति अनि ठूलो घरको हाम्रो सपना अनि त्यो सपना पुरा गर्न गरिने जायज नाजायज कामको निरर्थकतालाई स्पष्ट पारेको छ ।
गत सोमबार इस्वी सम्वतको डिसेम्बर ९ । सन् २००३ बाट साही दिनलाई संयुक्त राष्ट्रसंघको महासभाले भ्रष्टाचार विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरको थियो । र यसको उद्देश्य भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्ने, भ्रष्टाचार प्रतिको चेतनामा वृद्धी गराउने र जागरण बढाउने तथा मान्छेहरुमा मानवता, नैतिकता अनि लालसाबिनाको साधारण जीवनशैलीको महत्व बताउनु
हो । अर्थात सादा जीवन ।
“हातका मैला सुनका थैला, के गर्नु धनले
साग र सिस्नो खाएकै वेस, आनन्दी मनले“
महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय खण्डकाव्य मुनामदनका यी हरफ धनका प्रतिको हाम्रो मोह व्यर्थ हो भन्ने बताउन पर्याप्त छ । तर यी कवितांशको भावलाई आत्मसाथ गर्ने मानिस लाखौं मध्ये औंलामा गन्न सकिने मात्र भएका छन् ।
छिमेकीले ठूलो घर बनायो मैले कहिले बनाउने, छिमेकीले कार चढ्यो मैले कहिले चढ्ने ? यी र यस्तै सपना पूरा गर्ने धुनमा मानिसहरु आर्थिक अनियमितताको भासमा पर्दै गएका छन् । राज्य सञ्चालकहरु नै भ्रष्टाचारलाई प्रोत्साहन गर्ने खालका क्रियाकलापमा संलग्न मात्रै छैनन् कतिपय सन्दर्भमा उनीहरु नै भ्रष्टाचारमा संलग्न भएका उदाहरण हामीसंग प्रसस्त छन् । मान्छेहरुमा बढ्दो धन कमाउने लालसा, नैतिकतामा कमी, गैरकानूनी र छोटा कमाउने बाटाहरु अपनाउने चलनले भ्रष्टाचारले संसारभरी जरा गाडेको छ । आफ्नो पसिनाको कमाईमा बाँच्ने र रमाउने मानिसको सर्वथा अभाव हुन थालेको छ । गलत बाटोबाट अर्थात भ्रष्टाचार गरेर छिटो र धेरै कमाउन सकिन्छ तर यसरी कमाएको पैसाले उसको मनमा शान्ति भने अवश्य दिँदैन ।
मान्छेलाई उसले बनाएको घर, चढ्ने गाडी, लगाउने कपडा भन्दा पनि उसको गुण, नैतिकता र शिक्षाका आधारमा मूल्याङ्कन गर्ने परिपाटी बसाउन सक्ने हो भने भ्रष्टाचार कम हुने थियो तर हामीमा त्यस्तो परिपाटीको विकास हुन सकेको छैन र लाग्छ यस्तो परिपाटीको विकास हुन अझै केही दशक लाग्ने छ । हामीले चाहे बदल्न सकिने धेरै कुरा छन् र यसलाई पनि बदलेर भ्रष्टाचार रहित समाज निर्माण गर्न सम्भव छ । भ्रष्टाचार विरुद्धको दिवसको अवसरमा आचरण र परिपाटी बदल्न सुरु गरौं ।
विचार/दृष्टिकोण
-
श्रीमद्भगवद्गीतामा श्रीकृष्णले आफुले अवतार ग्रहण गर्नाको कारणबारे कर्मयोगको ७ औं श्लोकमा अर्जुनसंग भनेका छन्,यदा…
-
सामान्यतया लैङ्गिक हिंसा भन्ने वित्तिकै हामी महिला माथि हुने हिँसा भन्ने सम्झन्छौं । हुन…
-
सम्पादक पृष्ठभूमिःतनहूँ आवाजले २८ बर्षे यात्रा पुरा गरी २९ औ बर्षमा प्रवेश गरेको छ…
-
तनहूँ आवाज साप्ताहिकले २०८१ साल मंसिर ११ गतेबाट आफ्नो प्रकाशनको २८औं बर्ष पुरा गरी…
-
गत सोमबार नोभेम्बर २५ मा नेपाल र संसारभर ३३ औं लैंगिक हिंसा अन्त्य दिवस…
-
शौचालय एउटा यस्तो सुविधा हो जो मानवका मल एवं मूत्रको समुचित व्यवस्थापनका लागि प्रयोग…
-
पृष्ठभूमिःनेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो(ऋक्ष्द्य)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाइ अदालतको अनुमति लिएर मंसिर ४…
-
बिस्तृत शान्ति सम्झौता, वि.सं. २०६३ मंसिर ५ गते , दश वर्षभन्दा लामो नेपाली गृहयुद्धलाई…
-
विश्वभर अन्तर्राष्ट्रिय बाल दिवस नोभेम्वर २० अर्थात मंसिर ५ गते विभिन्न कार्यक्रम गरी मनाइँदैछ…