अरु सामान्य लामखुट्टेभन्दा ठूलो हुने भएकाले टाइगर मस्क्विटो नामले समेत चिनिने डेंगु भाइरसबाट संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेबाट सर्ने डेंगु रोगको चर्चा यतिबेला सर्वत्र छ । आजभन्दा २० वर्ष अगाडी अर्थात सन् २००४ मा पहिलो पटक नेपालमा देखापरेको डेंगुले अहिले वर्षायाम सुरु हुन लाग्दा र समाप्त हुन लाग्दा झण्डै महामारीको रुप लिने गरेको छ । संक्रमण देखा परेको १३ वर्षमा तीन जनाको ज्यान लिएको डेंगुले अहिले वर्षेनी थुप्रै नागरिकको ज्यान लिने गरेको छ ।
विश्वको १२८ भन्दा बढी मुलुकको स्वास्थ्य समस्या बनेको डेंगुको जोखिममा विश्व जनसंख्याको ४० प्रतिशत रहेको अनुमान छ । नेपालको ७३ जिल्लामा संक्रमण विस्तार भइसकेको डेंगु ज्वरोका तीन अवस्था हुन्छन् । साधारण डेंगु ज्वरो ज्यानै लिने खालको नभए पनि डेंगु हेमोरेजिक ज्वरो तथा डेंगु शक सिन्ड्रमले भने ज्यानै लिन सक्ने खतरा रहन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ ।
सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन् । यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ । डेंगु संक्रमित व्यक्तिलाई टोकेको एडिज जाताको लामखुट्टेले टोक्दा मात्र यो सर्ने भएकाले खासगरी यो लामखुट्टेले टोक्ने समय सुर्योदय भएको र सुर्यास्त हुनु केही अगाडीको समयमा लामखुट्टेको टोकाइबाट बच्नु नै सर्वाेत्तम उपाय हो । पानीका भाँडाहरु छोपेर राख्ने, घरवरपर सफा राख्ने, साँझ विहान बाहिर हिँड्नु पर्दा पूरा शरिर ढाक्ने गरी लुगा लगाउने गरेर यसबाट बच्न सकिन्छ ।
मलाई त एकपटक डेंगु भयो, अब कहिल्यै हुँदैन भन्ने भ्रमले पनि सक्रमणको जोखिमलाई बढाएको छ । निश्चय पनि डेंगुका चार प्रकारका भाइरस मध्ये एक प्रकारको भाइरसका कारण एक पटक डेंगु भएपछि पुनः त्यही प्रकारको डेंगु जीवनभर हुँदैन तर अन्य तीन प्रकारका भाइरसको संक्रमणले डेंगु हुने जोखिम यथावत रहन्छ । त्यसैले आवश्यक सावधानीका उपायहरु अपनाउँदै डेंगु महामारीबाट आफु बचौं र अरुलाई पनि बचाऔं ।
Tanahu Awaj
-
व्यास नगर पालिका स्वास्थ्य तथा जनसंख्या शाखाको डेंगु प्रकोप विरुद्ध लामखुट्टेले फुलपार्ने ठाउँ खोजौं…
-
[3d-flip-book id=”11081″ ][/3d-flip-book]
-
पृष्ठभूमिःदेशको आर्थिक अवस्था कमजोर भएको तथ्य वित्तिय संस्थाको एकिकरणले पुष्टि गरेको छ । बैंकहरु…
-
आज विश्व स्तनपान सप्ताहको पहिलो दिन । यो विश्व दिवस हरेक वर्ष अगस्त १…
-
खुल्ला समाजको विकाससंगै बसाईसगई एउटा महत्वपूर्ण विषय बनेको छ । एकठाउँबाट अर्को ठाउँमा मानिसहरु…
-
असार १७ मध्यरातको कांग्रेस एमाले सहमति: के ओलीले दुई वर्षपछि सत्ता छोड्लान् ?
by Tanahu Awajby Tanahu Awajरमेश विकलसंसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच असार…
-
दमौली/देशलाई मायाँ मान्नेहरु विश्वासघातमा परेपछि सतीले सरापेको देशमा यस्तै हुन्छ भन्दै दमौलीका चिया पसलहरुमा…
-
एसईईको ग्रेडवृद्धि परीक्षा साउन २३ देखि सञ्चालन हुने भएको छ । असार १६ गते…
-
दमौली/नेपाल खेलकुद पत्रकार मञ्च तनहुँ गठन भएको छ । तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार…
