आज हिन्दु धर्म मान्ने नेपालीहरूको दोस्रो ठूलो चाड ’तिहार’ वा ’दीपावली’ । तिहारलाई यमपञ्चक नामले पनि चिनिन्छ । ’यमपञ्चक’ भन्नाले पाँच दिनको समूह बुझिन्छ, जुन कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु भई कार्तिक शुक्ल द्वितीयाका दिन समाप्त हुन्छ । यी पाँच दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्न र यम यातनाबाट मुक्ति पाउनका लागि समर्पित छन् भन्ने शास्त्रीय मान्यता छ । साथै, यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने हुनाले यसलाई यमपञ्चक भनिएको हो । यो पर्व फूल, बत्ती, रङ्गीन झिलिमिली तथा देउसी–भैलोको माध्यमबाट भ्रातृत्व, प्रकृति प्रेम र धन–धान्यको कामनासँग जोडिएको छ ।
यमपञ्चकको पहिलो दिन यमराजको दूत मानिने कागको पूजा गरिन्छ । कागलाई मीठा खानेकुरा दिएर पूजा गर्नाले शुभ समाचार प्राप्त हुने र यमराज खुशी हुने विश्वास छ । यस दिनलाई धनवन्तरी जयन्ती वा धनतेरस पनि भनिन्छ, जसमा नयाँ भाँडाकुँडा र धातुका सामान किन्ने चलन छ ।
तिहारको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकुरलाई इमान्दार, आज्ञाकारी र सुरक्षाकर्मीका रूपमा लिइन्छ । कुकुरलाई यमराजको अर्को दूत मानिएको हुनाले उसको पूजा गर्दा यमलोकको यात्रा सहज हुने धार्मिक विश्वास छ ।
तिहारको तेस्रो दिन बिहान गाइको पूजा गरिन्छ भने साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा गरिन्छ । यही साँझबाट भैली खेल्ने चलन पनि छ । चौथो दिन गोरुको पूजा गरिन्छ । गोरुलाई कृषि कार्यमा सहयोग पु¥याउने भएकाले त्यसप्रति कृतज्ञता व्यक्त गर्न पूजा गरिन्छ । यसै दिन गोवर्धन पर्वतको प्रतीक बनाएर गोवर्धन पूजा गर्ने र नेवार समुदायले ’म्हः पूजा’ अर्थात् आत्म–पूजा गर्ने गर्दछन् । बेलुकी देउसी खेल्ने गरिन्छ ।
यमपञ्चकको अन्तिम र सबैभन्दा महत्वपूर्ण दिन भाइटीका हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुख–शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्छन् र सप्तरङ्गी टीका लगाइदिन्छन् । दाजु भाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार आदानप्रदान गर्छन् । पौराणिक कथाअनुसार यमराज आफ्नी बहिनी यमुनाको घरमा गई टीका लगाउँदा यमराजले आफ्नी बहिनीलाई वरदान दिएको र त्यसैको सम्झनामा यो पर्व मनाइन्छ ।
नेपाली समाजको एकता र खुशियालीको पर्व तिहारको सबैमा शुभकामना ।
Tanahu Awaj
-
पृष्ठभूमिःवास्तवमा भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दले जन्माएको जेन जी आन्दोलनले व्यवस्था परिवर्तन भन्दा पनि…
-
आगामी सोमबार हिन्दु सभ्यताका अनुयायीहरुको दोस्रो ठूलो पर्व तीहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजा…
-
आर्थिक विकाशमा मानविय संशाधनको विकास गर्नु अपरिहार्य हुन्छ भन्ने अवधारणको जन्म सन १९७० देखि…
-
राष्ट्रिय स्वार्थको रक्षा गर्दै जेन जीको मूल मुद्धालाई सम्बोधन गर्नराष्ट्रिय गन्जागोलको निकाश राष्ट्रिय एकता…
-
दमौली/कारागार कार्यालय र तनहुँ बार बीच बुधवार अन्तरसम्वाद भएको छ ।विशेष गरी भाद्र २४…
-
दमौली/दीपकराज जोशीले अगामि फागुन २१ हुने संसदीय निर्वाचनमा आफूले उम्मेदवारी दिने घोषणा गरेकाछन् ।…
-
दमौली/तनहुँ आवाज साप्ताहिकको ‘चौतारीमा एकैछिन’ स्तम्भमा २०६० सम्म नियमति कलम चलाउने स्तम्भकार यमप्रसाद सापकोटाको…
-
आज संसार भर र नेपालमा एकसाथ विश्व खाद्य दिवस मनाइँदैछ । सन् २०२५ सम्ममा…
-
पृष्ठभूमिःदशबर्षे सशस्त्र विद्रोहको धरातलमा, २०६२/०६३ को आन्दोलनलाई सुरक्षित अवतरण गर्ने पाँचबुँदै सहमतिमा धोका दिएर…
