दमौली/निर्वाचन आयोगले नेपाल सरकारलाई सात बुँदे निर्देशन जारी गरेको छ । निर्वाचनमा आवश्यक पूर्वाधार तयार गर्न स्थानीय सरकार परिचालन गर्न त्यस खालको निर्देशन जारी गरिएको आयोगले जनाएको छ । विशेषतः मंसिर ४ गते निर्वाचन कार्यालयबाट मतदान स्थल र मतदान कार्यालयसम्म पुग्ने सडक समेतको पूर्वाधार प्राथमिकताकासाथ निर्माण मर्मत सम्भार गरी सूचारु राख्न सम्बद्ध निकाय तथा स्थानीय तहमार्फत व्यवस्था मिलाउन भनेको छ । त्यसैगरी निर्वाचनसंग सम्बन्धित सूचनाहरु आयोगको आधिकारी वेवसाईडबाट वा सामाजिक सञ्जालबाट प्राप्त गरी स्थानीय पहूँचका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, बोर्ड, आयोग, कोष, प्रतिष्ठान, प्राधिकारण तथा शैक्षिक संस्थाहरुका कार्यालय वा कार्यालय परिसरभित्र सबै डिजिटल डिस्प्ले गर्ने व्यवस्था मिलाउन भनेको छ ।
विज्ञापन सूचना सबै छापा एवं विधुतिय सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन जारी गरेको छ । सबै स्वास्थ्य संस्था तथा एम्बुलेन्स सूचारु राख्न भनेको छ ।
टेलिफोन, वायरलेस, फ्याक्स समेतका सञ्चारका साधनहरुलाई सूचारु अवस्थामा राख्न भनेको छ ।
निर्वाचन कसूर हुने डर धम्की वा प्रलोभनका कारवाही व्यवस्था गर्न भनेको छ । निर्वाचनमा खटिएका वा खटाइएका कर्मचारीले आयोगको निर्देशन वा आदेशले निर्वाचनको निष्पक्षतामा असर पर्ने काम गरेमा विभागिय कारवाहीको व्यवस्था मिलाउन आयोगले सरकारलाई निर्देशन जारी गरेको आयोगले मेल मार्फत तनहुँ आवाजलाई जानकारी दिएको छ ।
Tanahu Awaj
-
दमौली/जिल्ला प्रशासन कार्यालय तनहुँले बुधकार नरभक्षी चितुवा मार्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दिएको…
-
दमौली/व्यास नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै भोली १८ कार्तिकमा पर्न गएको हरिबोधनी एकादशी…
-
–शनिबार व्यास–५ पाटनबाट ऋषिङ–१ झापुटार जाँदै गरेकी २९ वर्षिया रेनु थापाको उनी सवार स्कुटरको…
-
२०७९ को तिहारमा देउसी भैलो खेल्न नेपाल मगर संघको तर्फबाट दमौलीमा आफ्नो जातीगत पोशाकमा…
-
रोटरी क्लब दमौलीद्वारा तनहुँको दमौलीमा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविर तथा विभिन्न सामाग्री…
-
[3d-flip-book id=”8141″ ][/3d-flip-book]
-
रोग जस्ता कुराहरु जोडिएर आउँछन् । अझ उल्लेख्य कुरा के हो भने कुनै परिवार…
-
निर्वाचन आयोगले आगामि मंसिर–४ मा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका…
-
यी मतदाताको बुझाईमा विकास गर्ने नेता त गोविन्दराज जोशी नै हो । दमौली–हुस्लाङ मोटरवाटो…
