विशेषसम्वाददाता
संसदमा सबभन्दा ठूलो दल नेपाली काँग्रेसलाई सत्ताबाहिर पार्न सफल वर्तमान सत्तागठनबन्धले विश्वासको मत लिन नभ्याउँदै यो सरकारको आयुको बारेमा संसय बढेको छ ।
नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतको भाषामा यो राजावादी, संघीयता विरोधी र गणतन्त्रवादीहरुको सत्तास्वार्थको भागवण्डाको गठबन्धन भएको कारणले पनि सत्तागठबन्धनको आयु धेरै नहुने आशंका स्वभाविक छ । सामाजिक सञ्जालहरुमा आएको टिका टिप्पणीको विश्लेषण गर्दा वर्तमान सरकारले विश्वासको मत लिन हतार गर्नुको पछाडि यस्तै शंका उपशंकाले स्थान पाएको छ ।
सत्ताधारी गठबन्धन दलभित्र उपप्रधान सहितको गृहमन्त्रीमा रवि लामिछानेको प्रवेशले अरुलाई मन्त्रीमण्डलमा प्रवेश गर्न कठिन भएको कारणले पनि वर्तमान सत्तागठबन्धनको आयु थोरै रहेको चर्चा परिचर्चा बढेको देखिन्छ । त्यतिमात्रै नभएर रवि लामिछानेको काम परिणाममुखी र जनताले तत्काल परिणामको अनुभूति गर्ने खालको भएका कारण पनि अन्य दलहरुमा इष्र्या बढेको अनुमान गरिएको छ । त्यति मात्रै होइन, चर्चित सञ्चारकर्मिका हैसियतले प्रधानमन्त्रीले प्रवक्ताको भूमिका निर्वाह गरिदिन गरेको आग्रहलाई अश्विकार गरेको कारण पनि विश्वासको मतपछिको सत्तासमिकरणमा फरक पर्न सक्ने अनुमान धेरैले गरेका छन् ।
अवैधानिक क्रसर उद्योग बन्द गराउने गृह मन्त्रालयको परिपत्रले पनि सत्तागठबन्धनमा दवाव सिर्जना गर्न सक्ने अनुमान गरिएको छ ।
नेकपा माओवादी र नेकपा समाजवादी बीच एकिकरणको चर्चा चलिसकेको सन्दर्भमा नेकपा माओवादी समाजवादीलाई बाहिरै छाडेर सत्तागठन्धन परिवर्तन गरी प्रधानमन्त्री बन्न पुगे । त्यसपछिको अवस्थामा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस २६ गतेसम्म सस्पेन्सनमै रहने बताउनुले पनि के शंका जन्माएको छ भने विश्वासको मत लिनेदिनसम्म राजनीतिक कोर्ष फरक बाटोमा जाने आशंका माधव कुमार नेपाललाई भएको हुन सक्दछ ।
चुनाव लड्दा एउटा र सत्तामा जाने बेला अर्को प्रकृतिको अस्वभाविक सत्तागठबन्धनले राष्ट्रको लागि भन्दा दल वा व्यक्तिको महत्वाकाँक्षा पुरा गर्नका लागि बनेको सत्तागठबन्धनको आयु लामो नहुने स्वभाविक अनुमान हो । राज्यसंरचना कमजोर भएको अवस्थाको यो राजनीतिक अस्थिरताले मुलुकलाई अकल्पनीय दुर्घटनामा पु¥याउन पनि सक्दछ ।
संघीय लोकतन्त्रीक गणतन्त्रवादीहरुले संघीयता विरोधी, धर्मनिरपेक्षता विरोधीसंग गरेको गठबन्धनलाई अराजनीतिक गठबन्धन भनिएको छ । ‘अनुहार स्पष्ट देखिदैन भने त्यो ऐना नहेर्नु, जहाँ आफ्नो विचार नीति मिल्दैन त्यहाँ सहकार्य नगर्नु’ नेपाली राजनीतिका युग द्रष्टा बी पी को यी बाँणीले नेपाली काँग्रेसलाई सत्तास्वार्थमा नीतिच्यूत भएकोमा पछुतो लागेको देखिन्छ ।
Tanahu Awaj
-
दमौली/पाँचौ आदिवासी जनजाती महोत्सवको नब्बेप्रतिशत तयारी पुरा भएको आदिवासी जनजाती महासंघ तनहुँका अध्यक्ष एवं…
-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सात दलिय गठबन्धन र स्वतन्त्र सांसदको समर्थनमा…
-
दमौली/आँबुखैरेनी गाउँपालिकाले घर तथा भवनको प्रस्तावित शुल्क निःशुल्क बनाएको छ । आर्थिक वर्ष २०७९/८०…
-
दमौली/समाजसेवी स्वर्गीय हरिभक्त भट्टराईको स्मृति दिवसमा पत्रकारिता अक्षयकोष स्थापना भएको छ । स्व.भट्टराईका धर्मपत्नी…
-
[3d-flip-book id=”8337″ ][/3d-flip-book]
-
पृष्ठभूमिःफलोपभोग सम्बन्धी कानुनी व्यवस्था संहितामा राखिएको छ । यो कानुन बनाउनेहरुले यो कानुनको व्यवहारिक…
-
राजनीतिमा सत्ता नै सर्वोपरी हुन्छ । सत्ता प्राप्त गर्न र शक्तिमा रहिरहन राजनीतिक दलका…
-
यो वर्ष हामिले दुई वटा चुनाव सम्पन्न गर्यो । दुबै चुनाव एकहिसाबले सफल पनि…
-
गठबन्धन टुट्दा झल्यास्स भयो का“ग्रेस संविधान जोगाउन होइन, सत्तालिप्साको ठगबन्धन
by Tanahu Awajby Tanahu Awajविशेषसम्वाददातागठबन्धन गरेर चुनावमा जाँदा कमजोर सावित भएको नेपाली काँग्रेस नेतृत्व गठबन्धन टुट्दासम्म सत्तालिप्साको जोडघटाउमा…
