दमौली/विश्व मधुमेह महासंघले तय गरेको “मधुमेह र स्वास्थ्य” भन्ने नाराका साथ विश्व मधुमेह दिवस भोली नोभेम्बर १४ मा मनाईँदै छ ।
मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी भएको इन्सुलिनको अविष्कार गर्ने मध्येका एक, सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बर भएकाले सोही दिनलाई संयुक्त राष्ट्र संघले विश्व मधुमेह दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।
मधुमेहको अंग्रेजी नाम डायबिटिज हो भने हामीले बोलीचालीको भाषामा यो रोगलाई चिनी रोग भन्दछौं अनि आजकल सजिलोका लागि सुगर भन्ने चलन छ । यही सुगरले विश्वका ४६ करोडभन्दा बढी मानिसलाई सताएको छ भने नेपालमा पनि वर्षेनी ८ प्रतिशतका दरले यसका रोगी बढेको अनुमान गरिएको छ ।
मधुमेहको कारण भनेको मोटोपना र अनियमित जीवनशैली हो । यसका साथै तनाव लिनु र वंशाणुगत रुपमा पनि यो रोग आउने गर्दछ ।
बढी तिर्खा लाग्ने,बाराम्बार पिसाब जाने, अत्यधिक भोक लाग्ने, थकाइ महसुस हुने, घाउ वा चोट निको हुन ढिलो हुने, दृष्टि धमिलो हुने भएमा मधुमेह भएको हुनसक्छ भन्ने अनुमान गरेर स्वास्थ्य संस्थामा गई जचाउँनु र आवश्यक उपचार गर्नु पर्दछ । खानपानमा सुधार, नियमित शारीरिक व्यायाम, औषधी वा इन्सुलिनको प्रयोग, रगतमा ग्लुकोजको मात्राको नियमित जाँच, तनाव व्यवस्थापन आदि गरेर मधुमेहबाट छुट्कारा पाउन सकिन्छ ।
धुमपान र मदिरा पान बन्द गर्नु मधुमेहबाट बच्ने अर्काे उपयुक्त उपाय हो । मधुमेहको राम्रो उपचारका लागि जीवनशैलीमा सुधार र नियमित स्वास्थ्य जाँच गर्ने गरौं । यसले हामीलाई दीर्घजीवी बनाउन मद्दत गर्नेछ ।
Tanahu Awaj
-
कार्तिक २५ गते मंगलबार तनहुँको भानु नगरपालिका वडा नं ७ वसन्तपुरमा रहेको थानीमाई मन्दिरमा…
-
–केही दिन अगाडि दमौलीको भोर्लेटार चोकमा राखिएको सडक डिभाइडर स्थानीय व्यापारीले आफुखुसी हटाए ।…
-
यतिबेला खेत बारीमा धान पहेँलै छन् । कृषकहरुलाई पाकेको धान उठाउन भ्याइनभ्याइ छ ।…
-
दमौली/व्यास– ५ स्थित श्री दभुङ चण्डी देवी वहुउद्येश्यीय सहकारीको अध्यक्षमा पुन मोहन कुमार श्रेष्ठ…
-
रामकुमार श्रेष्ठ फुच्चे लमजुङ/लमजुङ सुन्दरबजार ३ दुराडाँडा स्थित श्री सर्वोदय माध्यमिक विद्यालयको ७४ औं…
-
इन्टरनेटको प्रयोगले हाम्रो मानसिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावबारे मैले केही अघिको अंकमा चर्चा गरेको…
-
स्थानिय पालिकामा बसोबास गरी बस्ने जनताको आम्दानीको असमानता फरक फरक छ । यस सम्बन्धि…
-
रमेश विकलपार्टी महाधिवेशन फागुन–२१ मा हुने प्रतिनिधि सभा निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने…
-
दमौली/व्यास नगरपालिकाले आफ्ना कार्यरत करार र अस्थायी कर्मचारी नहटाउने भएको छ । आइतबार बसेको…
