नेपाली हिन्दु समाजमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने स्वस्थानी व्रत र कथा वाचनको बेग्लै धार्मिक तथा सांस्कृतिक महत्व छ । घर–घरमा स्वस्थानीको महिमा गाउने, व्रत बस्ने र आराधना गर्ने परम्परा चलिआएको छ। तर, आधुनिक र प्रगतिशील भनिने वर्तमान पुस्ताका बीचमा यस ग्रन्थलाई हेर्ने दृष्टिकोणमा भने ठूलो मतान्तर देखिन्छ । कतिपयले यसलाई महिला विरोधी र रुढीवादी भनेर आलोचना गरिरहँदा यसभित्र लुकेका गुढ अर्थ र सकारात्मक पक्षलाई भने ओझेलमा पारिएको छ ।
स्वस्थानी कथालाई केवल एउटा धार्मिक ग्रन्थका रूपमा मात्र नभई तत्कालीन समाजको ऐनाका रूपमा हेर्नु आवश्यक छ । कतिपय आलोचकहरूले यसमा भएका बाल विवाह वा अनमेल विवाहका प्रसङ्गलाई लिएर सम्पूर्ण ग्रन्थकै खेदो खन्ने गरेको पाइन्छ । तर, सेतो कागजमा सानो कालो धब्बा मात्र खोज्ने प्रवृत्तिले हामीलाई यथार्थबाट टाढा पु¥याउँछ । वास्तवमा स्वस्थानीले त परस्त्रीमाथि कुदृष्टि राख्ने जोकोही—चाहे त्यो मनुष्य होस् वा भगवान—सजायको भागिदार हुनुपर्छ भन्ने कडा नैतिक सन्देश दिएको छ । जालन्धरको अन्त्य र भगवान विष्णुले पाएको श्राप यसका जीवन्त उदाहरण हुन् ।
ग्रन्थभित्रको पार्वतीको विद्रोह अर्को एउटा बलियो पक्ष हो । आफ्ना पिताले इच्छाविपरीत विवाह गरिदिन खोज्दा पार्वतीले गरेको विद्रोहले ‘छोरीको मन्जुरी’ र ‘स्वयंवर’को अधिकारलाई सयौँ वर्ष पहिले नै स्थापित गरेको देखिन्छ । त्यस्तै, गोमा ब्राह्मणीको कथाले एउटी एकल महिलाले जीवनका कठिनतम मोडहरूमा देखाउने साहस, धैर्य र दृढ आत्मविश्वासको चित्रण गर्दछ । यी प्रसङ्गहरूले नारीलाई कमजोर होइन, बरु शक्तिशाली र संघर्षशील पात्रका रूपमा उभ्याएका छन् ।
‘स्वस्थानी’ को शाब्दिक अर्थ आफ्नै स्थानमा रहनु अर्थात् आफ्ना सबलता र दुर्बलता चिन्नु हो । आजको शिक्षित समाजले ग्रन्थका केही असान्दर्भिक लाग्ने पक्षलाई समयसापेक्ष व्याख्या गर्दै त्यहाँभित्रका सकारात्मक र जीवनोपयोगी सन्देशलाई आत्मसात गर्नु बुद्धिमानी हुन्छ । कुनै पनि वस्तुलाई हेर्ने नजरिया ‘दृष्टि अनुसारको सृष्टि’ हुने भएकाले नकारात्मकता मात्र खोज्नुभन्दा ग्रन्थले दिन खोजेको नारी शक्ति, नैतिकता र न्यायको पक्षलाई बुझ्नु जरुरी छ ।
अतः हाम्रा धर्मग्रन्थहरूलाई सतही रूपमा आलोचना गरेर संकिर्ण बन्नुभन्दा तिनमा रहेका मानवीय मूल्य र नारी सम्मानका कडीहरूलाई पहिचान गर्नु श्रेयस्कर हुनेछ । स्वस्थानी व्रतले केवल मनोकांक्षा पूरा गर्ने मात्र नभई, समाजलाई अनुशासित र मर्यादित बनाउन प्रेरित गरोस् ।
Tanahu Awaj
-
दमौली/नेपाली कांग्रेसभित्र १५ औं महाधिवेशन र विशेष महाधिवेशनलाई लिएर संस्थापन र विशेष महाधिवेशन पक्षबीच…
-
दमौली/नेपाल आदिवासी जनजाति महासंघ तनहुँको आयोजनामा यही पुस २४ गते देखि माघ ५ गते…
-
हिमाल खबर पत्रिकामा अनिता भेटवालको केही अगाडि प्रकाशित रिपोर्ट पढेको थिएँ । रिपोर्टमा भेटवालले…
-
पृष्ठभूमिःहाम्रो धर्म संस्कृति र परम्पराले हामीलाई विवाह एक पवित्र सामाजिक बन्धन हो भनेर सिकायो…
-
सन् २०२५ लाई फर्केर हेर्दा, नेपाली राजनीतिः अवस्था फेरियो, व्यवस्था फेरिएन
by Tanahu Awajby Tanahu Awajरमेश विकलनेपाली राजनीतिको पात्रोमा सन् २०२५ एउटा वर्ष मात्र रहेन, बरु यो दशकौँदेखि कायम…
-
दमौली/भाषा लिपि धर्म सभ्यताको जगेर्ना र हस्तान्तरणमा ऐक्यबद्धता, खुल्ला जीवन्त साँस्कृतिक सङ्ग्रहालय निर्माण पर्यटन…
-
दमौली/नेपालको सार्वभौम अस्तित्व संकटमा परेको बेला, नेपाल जस्तै छुट्टै राष्ट्र सिक्किम भारतमा विलय भएको…
-
दमौली/निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि…
-
नेपालको राजनीतिक इतिहासमा पुस १६ गते एउटा यस्तो मोड हो, जसले दलीय स्वार्थभन्दा माथि…
