दाउरा आम पाठकले नबुझने कुरा भएन तर कतिपय पाठकलाई दबाई अपरिचित शब्द लाग्न सक्छ । खासगरी अहिले ७०/८० को उमेर समूहका आमा बुवाहरु औषधीलाई दबाई भन्ने गर्नुहुन्छ । शायद रोग व्याधलाई दवाउने भएर होला यसलाई हाम्रा अघिल्ला पुस्ताले दबाई भन्ने गरेको । हुनपनि आजकलका एलोपेथी भनिने आधुनिक औषधी विज्ञानले निर्वाण गरेका औषधीको काम रोगलाई दबाउनु जस्तो मात्र देखिन्छ । केही दिन निको भएजस्तो हुन्छ र केही समयमा फेरी उही व्याथा बल्झन्छ । होमियोपेथी भनिने पूरातन औषधी विज्ञान र त्यसले बनाउने औषधीले असर देखाउन समय लगाउने र प्रभावकारीता पनि लामो समय रहन्छ । सोझो आर्थमा ब्यथा बल्झँदैन । र यहाँ उल्लेख दबाईको अर्थ पनि औषधी भनेर बुझ्न म आग्रह गर्दछु ।
अनि मैले यहाँ दवाईको सन्दर्भ उठाएको चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्ला प्रधानमन्त्री खड्गप्रशाद शर्मा ओलीको पदचाप पछ्याएर नागरिक,देश र आफ्नै पार्टीको जीवन खरानी बनाउने दाउराको अभाव हुने नदिने बन्छन् या उनीहरुको जीवन बचाउनका लागि दवाईको व्यवस्था तिर लाग्छन् भन्ने हो । र यहाँ दवाईको अर्थ हामीले बुझ्ने भाषाका औषधी हो । जसले रोग निको पार्छ ।
कोरोना कहरका बेला आम नागरिकलाई दबाई उपलब्ध गराउनु सट्टा पूर्ववर्ती केपी ओलीको सरकारले आर्यघाटमा दाउराको अभाव हुन नदिने घोषणा सुनायो । राज्य भनेको नागरिकको अभिभावक हो र उसको दायित्व नागरिकको जीवन बचाउनु हो तर केपी नेतृत्वको राज्य नागरिकलाई कोरोना विरुद्धको खोप अर्थात औषधी उपलब्ध गराउनु साटो मृतकको शव जालाउन दाउराको अभाव हुन नदिने ध्याउन्नमा लाग्यो । कोरोना विरुद्धको स्वास्थ्य सामग्रि ल्याउने जिम्मा पाएका ओम्नीहरु औषधीमा हजारौं प्रतिशत नाफा खानमा लागेको कुरा सार्वजनिक भयो । तर सरकारले उनीहरुलाई कारवाही गर्न आवश्यक ठानेन । मन्त्री समेत ति काण्डहरुमा मुछिए तर काण्डकारीहरु झन पुरस्कृत भए ।
पार्टीको सन्दर्भमा के गरे त ओलीले ? एकछिन् नियालौं । २०७४ फागुनमा सत्ता सम्हाल्दा ओलीसंग दुइतिहाई सांसदको साथ र समर्थन थियो । तर ४१ महिनापछि असार २९ मा सरकारबाट बाहिरिँदा जम्मा एक तिहाई सांसदको समर्र्थन बाँकी थियो । निर्वाचनका बेला तालमेल र पछि एकिकृत भएको माओवादी त छुट्टिएर गयो नै आफ्नै पार्टीका वरिष्ठ नेताहरु ओली रहेको पार्टीमा वस्न नसकिने भन्दै नयाँ पार्टी दर्ता गर्न ठिक्क परेका छन् । आलोचना नसहने, छुद्र वचन आदिका कारण ओलीबाट असिमिति फाईदा लिएकाहरु बाहेक अब आलीसंग छैनन् । यस हिसाबले हेर्दा आलीको रोजाई पार्टी भित्र भएका घाउहरु निको पार्न औषधी गर्नमा होइन बरु पार्टी जीवन समाप्त पार्नमा रह्यो । जीवन समाप्त पार्नुको अर्थ दाउराको जोहो नै भएन ?
यो आलेख प्रकाशित हुँदा शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा बसेको ३८ दिन पूरा हुन्छ । यदि विहानीले दिनको संकेत गर्छ भन्ने कुरालाई मान्ने हो भने उनले पनि ओलीकै पदचाप पछ्याउने देखिएको छ । सरकार गठनको डेढ महिना पुग्न लाग्दासम्म मन्त्री परिषद्लाई पूर्णता दिन नसकेका देउवाले हठात संसदको अन्त्य गरेर राजनैतिक दल सम्बन्धी अध्यादेश ल्याएका छन् र राष्ट्रपतिबाट जारी समेत भएको छ । २०७६ को अन्त्यतिर तत्कालिन प्रधानमन्त्री ओलीले मधेशवादी दल फुटाउने प्रयोजनका लागि सोही अध्यादेश जारी गर्दा लोकतान्त्रिक मूल्य मान्यता विपरित भएको भन्दै विरोधमा उत्रेका देउवाले अहिले आफे सोही अध्यादेश ल्याएर नेपालको लोकतान्त्रिक प्रणालीको जीवन समाप्तीको मार्ग खनेका छन् । २०५८ सालमा प्रजातन्त्र दरबारमा बुझाएको भनेर कलंकित बनेका देउवाले यसपटक फेरी लोकतन्त्रको गला निमोठने काम गरेका छन् । यसको अर्थ देउवाको रोजाई पनि आर्यघााटमा दाउराको अभाव हुन नदिने नै रह्यो । कोरोनाको खोपको कुरा गर्ने हो भने सर्व साधारणले खोप पाउन मुस्किल तर नेताका घरमा अनि होटलहरुमा पहुँच र पैसावालाका लागि खोप उपलब्ध हुने गरेका समाचारहरु आएका छन् ।
गण्डकी प्रदेश सरकारको विस्तार गर्ने बेला मन्त्री हुन बोलाइएको तनहुँका दोबाटे विकलाई बाटोबाट फर्कन बाध्य पारेका भनिएका देउवा अब त सुघ्रन्छन् भन्नेहरुलाई निराश बनाएर एकपछि अर्काे अलोकप्रिय निर्णय गर्देै गएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तीलाई यसको उदाहरणका रुपमा हेर्न सकिन्छ । यी घटनाक्रमहरुलाई हेर्ने हो भने देउवाको रोजाई दाउरा नै हो भन्न असजिलो मान्नु पर्ने छैन ।
देश र आम नागरिक बाहेक पार्टी जीवनको सन्दर्भमा पनि देउवा दवाई होइन बरु दाउरा रोज्दैछन् । २०५६ सालमा पार्टी फोरेर जाँदा आफ्नो पार्टीको नामको पछाडी प्रजातान्त्रिकको फुर्काे जोडेका देउवामा प्रजातान्त्रिक संस्कारभने देखिएको छैन । भातृ संस्थाहरको अधिवेशन नभएको धेरै भैसकेको छ । अधिवेशन गराउनु सट्टा म्याद थप गर्दै जनअनुमोदन हुनु पर्ने प्रजातान्त्रिक प्रणालीको खिल्ली उडाएका छन् । अघिल्लो वर्षको फागुनमा हुनु पर्ने पार्टीको महाधिवेशन अझै हुन सकेको छैन । भदौ तेस्रो साताबाट प्रारम्भ हुने कार्यतालिका प्रकाशित त भएको छ तर आम कार्यकर्तामा महाधिवेशन हुने कुरामा विश्वास छैन । भैहाले पनि उही असफल अनुहार दोहोरिने न हो भन्ने कुराले उत्साहित तुल्याउन सकेको छैन ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता र आम नेपालीले असार २९ मा शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीमा वस्दै गर्दा केही उल्लेख्य काम गर्लान भनेर अपेक्षा गरेका थिएनन् । कांग्रेस कार्यकर्ता भन्ने गर्थे “देउवाले पार्टी र पद्धतिलाई घाटाहुने खालको कुनै काम नगरिदिए पुग्थ्यो । उनीबाट नयाँ, राष्ट्र, नागरिक र पार्टी हित अनुकुल काम हुन्छ वा गर्छन् भन्ने अपेक्षा त छैन ।” यावत समस्या समाधानका लागि अब त दवाई रोज्लान भन्ने अपेक्षा गरिएका देउवाबाट फेरी पार्टी , नेपाली नागरिक, प्रणालीको दीर्घ जीवनका लागि दवाई होइन दाउरा रोेजाइमा परेको छ । हेर्दै जाउँ राम भरोषामा हाम्रो जीवन कति चल्ने हो ।
देउवा रोजाई दाउरा कि दबाई
previous post