जेठ १३ बाट हुने निर्धारण भएको शैक्षिक वर्ष २०७७ को एसईई कोरोना संक्रमणका कारण नहुने भएको छ । यस पटक पनि गतवर्ष जस्तै विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्री परिषद्को वैठकले विद्यालयको आन्तरिक मूल्याड्ढनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।
प्रथम चौमासिक मूल्याङ्कनको आधारमा १० प्रतिशत, द्वितीयको आधारमा ३० प्रतिशत र अन्तिम मूल्याड्ढनको आधारमा ६० प्रतिशत अंक दिने र सोही आधारमा नतिजा बनाउने भनिएको छ । तर गत वर्षको नतिजालाई विभिन्न क्षेत्रबाट शंकाका दृष्टीले हेरिएको थियो । हुनपनि अक्षरांकन पद्धति प्रारम्भ भएपछिका ४ वर्षको नतिजा हेर्दा गतवर्षको नतिजा अत्यन्त अविश्वसनिय थियो । २०७२ मा जम्मा ४ जनाले २ जिपिए ल्याएकामा २०७३ मा ४ जना, २०७४ मा ७४ जना तथा २०७५ मा १०६ जनाले ४ जिपिए ल्याएका थिए । तर गत वर्ष त्यो संख्या बढेर नौ हजार ३१९ पुगेको थियो । नतिजाको यहि पक्षलाई हेरेर सबै पक्षबाट शंकाको दृष्टिले हेरिएको थियो । यसैको प्रमाण हो कक्षा ११ मा भर्ना हुने बेला कतिपय विद्यार्थीले कक्षा ८ को लब्धाङ्क–पत्र बुझाउनु परेको ।
यस वर्षका हाम्रा विद्यार्थीहरु अब्बल थिए र धेरै विद्यार्थीको नतिजा राम्रो भएको हो भन्ने तर्क धेरै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले गरेका भएपनि त्यसलाई सबैले पत्याउने आधार थिएन् । कि त अघिल्ला वर्षहरुको हाम्रो मूल्याङ्कन पद्धति ठिक थिएन भन्नु पर्ने भयो होइन भने गत वर्षको नतिजा अनपेक्षित नै हो भन्न कर लाग्छ ।
गत वर्ष उठेका यावत प्रश्नको उपयुक्त जवाफ आउने गरि विद्यालयहरुले यस वर्ष एसईई नतिजा निर्माण गर्नु जरुरी छ । प्रविधिमा पहुँच बढ्दै जाँदा विद्यार्थीले राम्रो सिके होलान् । तर शंका त गरिएकै हो र त्यसको निवारण गर्ने गरी नतिजा बनाउने काम पनि विद्यालय कै हो । यसतर्फ विचार पु¥याउँदै नतिजा तयार गर्ने कुरामा प्रधानाध्यापक तथा शिक्षकहरुले ध्यान दिऊन् ।
एसईई नतिजामा गत वर्ष जस्तो शंका नरहोस्-सम्पादकीय
previous post