नैतिक शिक्षा नपढ्दा
मेमोरी किंङ्ग अपर्ण शर्माको ‘पढेका कुरा कसरी सम्झने’ भन्ने पुस्तकमा दीर्घकालसम्म स्मरण गर्न कसरी सकिन्छ भन्ने विभिन्न विधि र उपायहरु उल्लेख गरिएको रहेछ । ती मध्ये नविर्सने बनाउन विषयवस्तुलाई पटक पटक दोहो¥याई रहनु पर्ने वा घोक्नै पर्ने भनिएको छ । यसै सन्दर्भमा कन्फ्यूसियसको भनाई पनि मननीय छ– ‘तीन बर्षसम्म लगातर अध्ययन गरेर आचार विचारमा परिवर्तन ल्याउन नसक्ने पाउन दुलर्भ छ ।’ एक पटकमात्र गर्नाले (पढ्नाले) स्मरण जिवन्त हुन सक्दैन भने पटक पटक दोहो¥याएर (घोकेर) पढ्नाले असफल हुने व्यक्ति पाउन चामलमा विया जस्तो हुनेछ ।
पहिला विद्यार्थी गुरु खोज्दै जान्थे । गुरुले तोकेको ठाउँमा बसी गुरु आज्ञालाई शिरोपर गरी एकाग्र भएर पढ्ने गर्दथे । गुरुले पाठ दिन्थे, शिष्य तल्लिन भएर पढ्थे । नजाने हजारवार घोकाउँथे । दोहो¥याई तेहे¥याई आफूलाई सन्तोष नहुँदासम्म गराई शिष्यलाई निपूर्ण बनाई छाड्थे भने नैतिकता र शिक्षा दिने सन्दर्भमा केही केही कठोर निर्दयी कर्म, किन गर्न नपरोस् । शिष्य धैर्य, नैतिकवान, परिश्रमि र लगनशिल हुनाले आफ्नो सफलता निश्चित थियो भने गुरुको उचाई समेत बढोत्तरी हुन्थ्यो । चालिस अध्याय वेद, आँखा चिम्लेर मुखाग्र सुनाउँथे । रामायण, महाभारत भागवत उपनिषद्, गीता, चण्डी, दुर्गज, कथा, कविताहरु जति बेला जुन ठाउँमा सोधे पनि त्यसको अध्याय, श्लोक, संख्या, पाना नं., खण्ड समेत नविराई प्रमाण सहित व्याख्या गर्न सक्दथे । यस्ता व्यक्तिहरु अहिले पनि भेट्न देख्न पाईन्छ । प्रखरवाणीको रसस्वादन वेग्लै आनन्ददायक हुन्छ । शास्त्रार्थको व्याख्यान र स्मरणको क्षेत्रमा आधुनिक शिक्षाग्राहीहरुले भेट्न हम्मे हम्मे पर्ला ?
नेपालको इतिहास हेर्दा १९९० सालमा एसएलसी बोर्डको स्थापना भएको पाईन्छ । त्यो भन्दा अगाडि फाट्टफुट्ट भाषा पाठशाला खुलेका भएतापनि पढ्नुको महत्व धेरैलाई पत्तै थिएन । जो देश विदेश गएर केही बुझे । उनिहरुलाई अलिअलि प्रभाव पर्नाले आफ्ना सन्तती पढाउन पर्दछ भन्ने सोंचे, तर त्यसका लागि ठूलै बलिदानी गर्नु पर्दथ्यो, देश छोडेर बाहिर जानुको विकल्प थिएन । खोलानाला जाँघर तर्दै, उर्लिदो भेलमा ढलपल गरेको डुंगामा पानीको छालसंग तैरदैं नदी तर्दा ओठ, मुख सुकाएर मुटु सिरिंग पार्दै रामनाम जप्दै अध्ययनको यात्रामा लाग्न र बाबु आमाले पठाउन कस्तो हृदयले सक्दो होलान् ? झिटि झाम्टो बोकाएर, काख छुटाएर पठाउन ढुंगाको मुटु हुनेले मात्र हिम्मत गर्दथे । कहिलेकाही त्यही ढुंगाको मुटु कोमल मुटुको तुलनामा प्रसंसनीय र पुजनीय हुँदो रहेछ ।
गोजी दह्रो भएका मात्र दिल्ली, बृन्दावन, वनारस, हरिद्वार आदि ठाउँमा पुगी शिक्षा हासिल गर्न सक्षम हुन्थे । नहुनेलाई आकाशको फल जस्तै थियो तत्कालिन शिक्षा । मध्यमा, शास्त्री, आचार्य उपाधी लिएर नेपालका विभिन्न ओहोदामा नियुक्त भै उदाहरणीय अग्रज विद्वानहरु एकाध यो पुस्ताका पनि प्रेरणाका स्रोत हुन् । पढाईले के हुन्छ र ? ‘जसका छोरा उसका धन, जसका भैसी उसका बन’ भन्ने उखान सुत्रले काम गर्ने समयमा गोठ भरी गाईभैसी पाल्नु र सन्तानोत्पादन कार्खाना चलाउनु बाहेक मनुवाको काम थिएन । हलो कोदालो, राम्रोसंग समाउन, डोको, नाम्ला, दाम्ला बनाउन जान्ने सर्वमान्य हुने त्यो बेला ऐमानका भैसी र जुरे गोरु गोठमा हुने र छोरा छोरी पढाउन अन्तै पठाएर हाड छाला बेह्रीएका फुकी ढल्नु बस्तु र बाँझा खेतवारीले नै पढाउने र नपढाउनेको झल्को दिन्थ्यो । साहूले ऋण नपत्याउने, अर्मपर्मले खेताला नपत्याउने, छिमेकी अैचोपैचो नपत्याउने, बस्तु भाउले नदिने खेतीपातीले शनिसंकटाको महादशाले धेरै र चक्रव्यूहबाट उम्कने सहयोद्ध जस्ता साहसी र पत्यारिलो मात्र विद्वान उत्पादन गरी जड समाज बदल्यो । खेदो खन्नेहरु चाप्लुसीमा लाग्न थाले, आलोचकको शीर झुक्यो, कुरौटेको मुख बन्द भयो । सुनसान हुने घर घुईचो लाग्ने भयो, किनकि पढेका विद्वानका मुखाग्र उपमा, उनका निहित गुरुदिक्षित अनुशासन, सहनशिलता, मिठास र माधुर्यता जस्ता गुण उनै गुरुले पहिराएका अलंकार थिए ।
आधुनिक शिक्षाले घोक्नलाई त्यति प्राथमिक दिदैन । यही कारणले कवितांश लोककथाहरुका पुराका पुरा भाग त परै जावस् । एउटा खण्ड पनि सुनाउन नसक्ने जनशक्ति उत्पादन हुँदैछ । गणितीय सुत्रहरु नघोकेकै परिणाम गणित धेरै जसोलाई बोझ भैरहेको छ । नैतिक र चरित्रवान तथा परम्परागत संस्कृति स्रोत आजका पुस्ता बनेन् भन्नु गोहीको आँशु आए सरह हो । किनकि नैतिक शिक्षालाई कोर्षबाट हटाई पढ्ने अवसर दिन त परै जावस् । सुन्न सम्मबाट बञ्चित गरिएको छ । बोलिमा मिठास्, माधुर्यता र सालिनता किन आओस् संस्कृतिको ‘स’ देखेकै छैनन् । नैतिक पढ्न पाएन भने उ कस्तो बन्ला ? अनैतिक । संस्कृत नपढे के हुन्छ ? निरस, टर्रो, फल विनाको(हाँगो), बृक्ष जस्तो । विद्वानहरुले सारा पुस्तकलाई पनि कण्ठस्त गरी आफ्नो मष्तिष्कमा भण्डारण नगरेको भए प्राचिन ग्रन्थहरु पनि डाईनोसरको इतिहास सरह हुनेरहेछ । त्यसैले बलैमा सोंचौं । विगत जे जस्तो भएपनि आगामि पुस्तालाई नैतिक, चरित्रवान, परिश्रमि, स्वावलम्वी र मृदुभाषी बनाउन नीति र योजना बनाई लागु गरौं । अनैतिक उत्पादन गरी अनुचित फाईदा लिन उद्दत व्यक्तिको पहिचान त्यागौं । आफू सचेत हौं । अरुको कुरै छोडौं ।