नेपालको राजनीतिमा नागरिकको अपेक्षा र समाजको वास्तविक अवस्थाको बीचमा खाडल उत्न्न भएको छ । नागरिकले चाहेको अवस्था निर्माण हुने अवस्था छैन । नागरिकमा भएको अभाव, आमगरिबी, बिपन्नता, अपेक्षाले निराशा उत्पन्न भएको छ । जसको परणाम स्वरुप नागरिकहरु बारम्बार आन्दोलनमा उत्रिएका छन् । समाजमा भएको खराब अवस्थालाई सुधार्न व्यवस्थित राजनैतिक मञ्चको उपयोग गरिरहेका छन् । आन्दोलनमा उत्रिएका जनताको आवाजलाई सम्बोधन गर्नुको सट्टा सरकार व्यापक दमन, धरपकड र गिरफ्तारी गर्न मै व्यस्त छ । आर्थिक अभाव, सत्तामा एकाधिकार कायम गरी निरंकुशता प्रदर्शन गर्न कुनै कसर बाँकी राखेको छैन, सरकारले । राजनैतिक आन्दोलनको सफलता विकास आन्दोलनमा नागरिकलाई संगठित गर्ने क्षमतामा भर पर्छ । नेपालको राजनैतिक इतिहास विश्लेषण गर्ने हो भने हरेक आन्दोलनको आफ्ना–आफ्नै स्वार्थ र चाहनाहरु रहेका देखिन्छन् । हिजोका आन्दोलनकारी खरका झुपडीमा थिए तर आज दरबारमा बसेका छन् । हिजो संगसंगै जंगलमा बारुद र बन्दुक बोकेका र भोकैभोकै लडेका सहकर्मीहरु सत्तामा गएर आलिसान महलमा बस्नेहरुसंग बेखुस छन् । उनीहरु तनावमा छन् । तनाबको स्थिति राजनैतिक तहको उच्चस्थानमा पुगेका हरुले बनइदिएका छन् । सत्ताधारी सरकारको निर्देशनको परिणाम स्वरुप पुनः अर्काे आन्दोलनको अवस्था सृजना भएको छ । हिजो संगै जंगल जंगलमा हिड्ने साथी आज भौतिक िसुविधाले सम्पन्न देख्ने व्यक्तिमा आक्रोष उत्पन्न भएको छ । यस्तो आक्रोषलाई निराशाको आक्रोश शब्दले सम्बोधन गरिन्छ । जब व्यक्तिमा निराशा निराशा उत्पन्न हुन्छ, त्यस्तो निराशा आक्रोषपूर्ण व्यवहारमा परिवर्तन भएको छ ।
वर्तमान समयमा विप्लब माओवादीहरु हिंसात्मक क्रियाकलापमा पुग्ने खतरा बढेको छ । कमसेकम अयोग्य लडाकुलाई समेट्नेगरी १० हजार मेघावाटको जलविद्युत आयोजना स्थापना गरी सबैलाई रोजगारी पाउनेगरी विद्युत उत्पादनको योजना बनाई दिएको भए आज १०–१५ वर्षमा कम्तिमा २ वटा विद्युत आयोजना स्थापना हुन्थ्यो । त्यसको हिस्सा त्यहाँका कामदारलाई दिएर लाभांश वितरण गरिएको हुन्थ्यो । खै त काम गर्ने सोच र चिन्तन ? पुनः बन्दुक र बारुदले नृशंस हत्या गर्ने श्रृङ्खला प्रारम्भ भयो । यो दुर्भाग्यपूर्ण अवस्था हो । सरकारका गृहमन्त्री दमनको भाषा बोल्न छोड्नु पर्छ । शान्तिपूर्ण बाटोबाठ उनीहरुको माग संवोधन गर्ने विकल्प तयार गर्दा शान्ति, स्थिरता, दीगो विकास जस्ता कार्य अगाडि बढ्न सक्दछ । नागरिकले राजनैतिक बेइमानी होइन्, राजनैतिक इमान्दारीता र अनुशासन खोजिरहेका छन् । राज्यको छुट्टै पहिचान र स्वतन्त्रता असम्भव जस्तो देखिएको छ । वर्तमान सरकारले सत्ता सम्हालेपछि सामाजिक सम्वन्धको बीचमा निश्चित प्रकारको दुश्मनी श्रृजना भएको अवस्था छ । जुन दुर्भाग्यपूर्ण अवस्था हो । राजनैतिक नेतृत्वमा रहेका मुठ्ठीभर व्यक्ति नागरिकमाथी परेड खेल्ने प्रयासमा लागेका छन् । देशले द्रुत गतिको विकास, औद्योगिक क्रान्ती, संरचनात्मक परिवर्तन, सवृद्ध अर्थव्यवस्था खोजिरहेको छ । दु्रत विकासको बाटो भनेको अत्यधिक उत्पादनद्वारा मानविय समस्याहरु समाधान गर्दै शान्ति र स्थिरता कायम गर्नु हो । कृषि, उद्योग, जलश्रोत, पर्यटन विकास गर्लान जो सपना हिजो आन्दोलन गर्ने नागरिकको मनमा थियो ति सबै केबल फोस्रा आस्वासन रहेछन् भन्ने बुझ्न थालिसकेका छन् ।
नेपालको दयनीय राजनैतिक आर्थिक, सामाजिक, सांस्कृतिक अवस्था देखेर बौद्धिक, चेतनशिल वर्ग संवेदनशिल भएर सोचिरहेका छन् । हाम्रो देशको विकासको लागि सर्वप्र्र्र्रथम क्रिश्चियन पादरीको सोच बोकेका व्यक्ति, विदेशी व्यक्तिको नाममा आयात भएको विचार वा दर्शनलाई जरैबाट हटाएर आर्थिक विकासको लागि नयाँ अवधारणा नेपालीपन, माटो, हावापानी, संस्कृति, रितिरिवाज सहाउँदो जन्माउने संकल्प विद्वानले गरेका छन् ।जसलाई उत्कृष्ट प्रजातन्त्र र समाजबादको नामले संवोधन गर्ने तर्फ सम्पूर्ण जनता लाग्ने अवश्यमभावि छ । अविकास, अतिशोषण र दमन, भोकमरी, बढ्दो गरिबी,कुपोषण, हिंसा, महँगी, बरोजगारी, बलात्कार जस्ता समस्या झन–झन बढेर गएका छन् । यी समस्यालाई छिट्टै न्यूनिकरण गर्दै लैजानु र शान्ति, स्थीरता, एकता, भाइचारा, समन्वय, सहकार्यबाट मात्र देशको विकास सम्भव छ । देश विकासको लागि बाह्यहस्तक्षेप बन्दगर्ने Micro Economic National Development Modelअत्यावश्यक भएको छ। सर्वप्रथम अन्यौलग्रस्त बाटो बन्द गरौं । विकास अभियानको खुड्किलो बनाऔं । समस्त देशवासी खुसीहुँदै सम्पन्नताका ेशिखरमा पुगौं । यही शुभकामना !