आमा–अनुष्ट्रप
यस खण्डमा अनुष्ट्रप छन्दका ३४ श्लोक छन् । आमा बन्नुको गर्वमा आमा झलमलाएकी छन् । हरफहरु यसरी अघि बढ्छन् ।
–आमामा सबै सत्य, सबै हाँसो समाहित (एकात्रित बनेको छ । म भव (संसार) मा चोखी आमा माइत आएकी छु ।
–अहा! दैवबाट सारा सुन्दरता खन्याइए । मनले चिताएका सबै कुरा पुग्दा मैले यो औतार लिएँ ।
–मैले आँसु धार बगाउँदा नदी धारा भएर बगेका छन् । म आमा बन्न रमाएकी छु, प्रेम गर्न सघाउँछु ।
–ममा निष्ठा, धर्म, मर्म तथा कर्म समान (उस्तै राम्रा) छन् । म उदाएर आएकी हुनाले सभ्यतामा बिहानी आएको छ ।
–म निष्ठा समालेर वाद्यवाधन (बाजा बजेकी) छु । कुमारीमा आमा बन्ने इच्छा उमारेकी छु ।
–आस्था समेटेर बनेकी नयाँ नायिका म नै हुँ । यो नाटकमा नायिकाको परिधि समातेर बढ्ने छु ।
–नाम अनुसार म सौन्दर्य हुँ, आशा सञ्चार गर्ने साधन हुँ, गौरी र गङ्गालाई सिंगार्ने प्रसाधन (गहनागुरिया) हुँ ।
–म जहाँ जान्छु उतै विश्व ऐश्वर्य आफ्नो चालमा लान्छु । सबै विश्वलाई प्रेमको अङ्खमालमा राखेकी छु ।
–चौरासी लाख जन्ममा लाख लाख भुरा (केटाकेटी, सन्तान) थिए । म नै कोमल (दयालु) आत्मा भएकाले सबैलाई आमाको काखमा लिएँ ।
–म नयाँ समयमा भावनामा लौरा ओरालीमा टेक्छु, नयाँपनका कलालाई दीप्ति (प्रकाशित भएर) उज्यालोमा चढेकी छु ।
–म महामाया (चमत्कारी शक्ति) भएकाले एकाएक नै मातृ स्नेह पलाउनेछन् र चन्द्र र सूर्यले मेरो कोखमा बास माग्छन् ।
–मैले विश्वकि जननी (जन्म दिने आमा) बन्न अहो भाग्य मानेकी छु र आस्थामा (भर विश्वासमा) स्नेह सजाउन पाए सदा उन्मुक्त (बन्धनरहित हुन्छु ।
–म भोकी छु । मातृत्व (आमा बन्ने) मनमा नाना रम्य (रमाइला) मकार (ममता, माया, मेल) छन् झन् प्रेमकाी अवतार भएकीले म मनमानी (मनले चाहेको कुरा) गर्दैछु ।
–म विश्वलाई उचालेर वैरभाव (दुश्मनी) हटाउनेछु । सदाचार (असल स्वभाव) मा रमाएर यात्रा (जिवन यात्रा) मा सघाउने छु ।
–मैले मनोमालिन्य फालेर सफा मानवी (मान्छेको) सफा सिर्जनात्मकता कथा बनाउन पाएकी छु
–मनोउत्कर्ष (भरीपूर्ण मन ) छ – आठ कक्षा पढे पनि, चेतनामा मणि (उज्यालो रत्न) चढेकाले यो विश्व नियालेकी छु ।
–शुद्ध साइत लग्नमा, म संस्कारमा मग्न छु । आँखामा जो रमाइलो छ, प्राथना त झन् प्रबुद्ध छ ।
–सत्यता साथ पाउन, दानापानी, विश्व सौन्दर्यका पाना मिलाउन जानेकी छु र आवश्यक मानेकीछु ।
–आमाको ममता पोख्न, खासमा जो इतिहास स्वर्णाक्षरले लेख्ने प्रयास छ । बारम्बार भयो ।
–सबैलाई सभ्य बनाएर मातृ आसिक बन्दना गर्ने क्रममा आज मेरो यो मन्त्रणा चोखो छ ।
–कामना, समभावना, साधना, नयाँ ममता फुलाएर राखेकी छु र रमाएर पालेकी छु ।
–म गङ्गा स्नान सकेर उदाएर सुहाएकी छु । जो सभ्य उनै साथी छन्, म उनको प्रेमको प्रतिबिम्ब हुँ
–म जो प्रेममा समर्पित छु, उद्यान (बगैँचा) मा हाँस्दै छु । नयाँ ढोका खुलेकाले धेरै हर्षित छु ।
–स्रष्टा (सिर्जना गर्नेवाला) का सत्य समन्वित (मिसिएको) देखेर म नै काव्यधारमा प्रतिबिम्बित छु ।
–निष्ठा मापन (जोखाई) योग्यता उकारेका चेष्टा छन् । आशाको साथमा सपारेको मनोवृति र भव्यता छ ।
–सधैँ वक्ष किन बग्छ ? आमाको छाती दुखेछ, मेरो काखमा बच्चा छ । सक्छ भने कालले चुँडेर लान सकोस् ।
–अरुले ‘बच्चा म¥यो’ भन्छन् । आमाले बच्चा म¥यो भनेर मान्दैन । वक्षधारा (दुधका धारा) चुहाउँछु, मेरो काखमा बाबु छ भन्ने सोची राख्छु, रमाउँछु ।
–पूर्वतर्फ हेर, सधैँ नयाँ सूर्य उदाउँछ । सूर्य आएपछि निशा (रात) काली लुक्छे । यो उस्को नयाँ जन्म छ, आउँछ ।
–सूर्यले भन्दछन् ‘अंधेरामा ककेरामा काललाई पठाउँछु । भन्छ बाबु (सूर्य) ! आमा ! सधैँ नौलो बनी उदाउँछु ।
–आज नौलो बिहान पो हो, आमाको साथमा जो महान भक्ति, शक्ति छ शान छ ।
–‘आमा ! म नयाँ स्रष्टा हुँ, विश्व वैभव (धेरै सम्पत्ति) देख्ने द्रष्टा म नै हुँ । आमाको नयाँ गौरवमा उत्कण्ठा (भेटको चाहना) लिएर रमाएकी नयाँ आमा मै हुँ ।
–म आमाको पूर्ण अपार यो स्नेहलाई , सक्छौ भने खोस । जो पूजाको भावना छ, त्यसैले गर्दा म रमाएकी छु ।
–म आमा भएकी हुनाले प्रेमको भावना समर्पण गर्छु । मैले रुप (मनको उज्याले) नियालेर दर्पण (ऐना) हाँसेको हुन्छ ।
दोस्रो खण्ड यसरी पूर्ण हुन्छ ।