आदरणीय पाठक महानुभाव !
नमन, अभिवादन ।
यसभन्दा अघिल्लो अङ्कमा मैले हालसालै प्रकाशित अञ्जु खण्डकाव्यको बारेमा छोटो विवेचना प्रस्तुत गरें । आज म आमा खण्डकाव्यको बारेमा केही कुराहरु राख्ने जमर्को गर्दैछु । ‘आमा’को सन्दर्भमा हरफहरु यसरी कोरिएका रहेछन् ।
समयले निर्घात चोट पार्छ । समयले पारेको चोट नखपेर पनि सकिन्न ।
हामी सबै प्रसन्न थियौं । यस्तै बज्रपात भयो, २०७५ जेष्ठ ९ गतेको दिनमा विहान उठ्दा, बच्चा शीताङ्ग भएर बितीसकेको रहेछ । यस परिस्थितिमा आमाको मनमा के, कस्ता हुँडालोहरु खेले होलान् ? यस्तै तर्कनाहरु चले र यो काव्य लेखियो ।
म आमा हैन । आमाको पीडा, म अभिव्यक्ति गर्न निश्चय पनि सक्दिनँ । तैपनि, मनमा हुँडालो भने खेलीरह्यो र यी हरफहरु यसरी कोरिए । अब सर्सती खण्डकाव्यका विभिन्न खण्डमा प्रवेश गरौं ।
१. आमा– शिखरिणी
शिखरिणी छन्दका जम्मा १२ श्लोक यस खण्डमा छन् ।
विषय वस्तु यसरी अगाडि बढेको छ ।
-ड्डजो सुखद सपनाका रस लिन आमा बन्दै छु । असल जननीका जस लिन आफैँ आमा बनें । आत्माको अमर पदवी उमारें । दुर्गा माता चरणतलमा अर्पित मनले शान्त नमन गरें ।
-ड्डम आस्थाका अपरिििचत चेष्टा सहितमा उघ्रें । आमा बनें, यहाँ सकुशल मजाका क्षण पाएँ । आफ्नै पूजा गरेँ । विजयमा सधैँ असल मति राखें । धवलित प्रभको उदयमा आमा मस्तै बनें ।
-ड्डकुनै बेला सुर्यको जस्तै छवि भएका (भाष्कर छवि) मदन देखें । उज्यालो खेलेका (धवलित) पलमा आफैंले रवि समाएथें । काव्य जपना जस्तो सरल, सजिलो खुला आत्मा पाएँ । आस्था (भर, विश्वास) ले पुजिएको भरिलो सुनौलो सपना बनाएँ ।
-ड्डजसै उत्तम मन सहित राम्रो धवल प्रतिभा पाँए । श्रद्धा राखेर नुघें । मन सुमनले मदन खोज्छ । नुहाएकी सफा (स्नाता) गोरी बनें । पवित्र पुलकित (खुसी) भयो । तन, मन, दुबै सम्पूर्ण सुम्पेकी हुनाले झलल बन्छ ।
-ड्डमदनको प्रेम रसमा बेग्लै चालासित उकालो उक्लेकी थिएँ । हरेक कदम अवसरमा थियो । (वशमा थिएन) आशापूर्ण नयन (नजर) असल मतिमा थियो । चोखा, ताजा, नव्य समय सपना चयन (रोजाई) बनें ।
-ड्डअसल चालका जो छरिता मदन पाएँ, रमाएँ । परम (ठूलो÷गहिरो) सुखमा सिर्जना भएको जो पल (समय) थियो, च्याप्पै समाएँ । म सब किसिमले सरल, शिष्ट आमा बन्ने हो । सीमा पार गरें, अवयव (अङ्ग, प्रत्यङ्ग) खुले । अलमल भयो ।
-ड्डसरल मतिमा आशा भर्भर बनी उदाएका थिए । आत्मामा मधुसुमनका प्यार, सपना जगाँए । शोभा उदाएकी झलमल शान, सुषमा बनें । सधैँ राम्री बन्ने सुखद गरिमाका सपना बुन्छु ।
-ड्डउसै बेला स्वप्ना जगतमा रविकिरण (घामको प्रकाश) चम्कयो । म फगत (मात्र) कविता बन्न छ आमा ! म आएँ है ! आमाका तन र मनका अमृत रस चुसौला । अभिनव (हरबखत नयाँ) बनेर शाश्वत (सदावहार) पल पुकारी राखौँला ।
-ड्डसरल सुविधामा चोखा, सफा मन, सदा सरलताका लय उकारेका मदन मैले पाएकी छु । जो सधैँ प्रेम जपना (जप्ने काम) गरेका हुन्छन्, म स्वप्नामा देख्दा पनि खुसी हुने लामो तपस्यामा छन् ।
-ड्डप्रणय सरिता (नदी)का नौला अकवरी (उच्च किसिमका) कथा भन्छन् । रसिक महिमाले भिन्नै रसवरी पिलाएका छन् । तन, मन, दुबै स्वागत गर्ने न्यानो पाएकी छु । सजिलो ब्रत गरेर शोभा पाएर रमाएका हुन्छन् ।
-ड्डयो प्रकृत सपना आशा जस्तो सुन्दर गहिरो छ । मधुरसुषमा चोखो साथ नयन चलेको छ । आफैँँले उचालेर उदर (पेट) कसरी उच्च भयो (बढ्यो) ? बेग्लै मदन रचना पलाएर स्वच्छ हुन हो ।
-ड्डअहो ! मणि जस्तै चहकिला मदनका आँखा राम्रा छन् । सधैँ कवितामा चोखा र सुरसिला नम्र भावना कवितामा पाल्छन् । सदनका सरलतम चालामा, म गगनमा साथी बनाए भन्दै झलमल छु ।
यसरी यस खण्डमा प्रेमिकाका मनोभावहरु प्रकट भएका छन् ।