आदरणीय पाठक महानुभाव !
नमन, अभिवादन ।
अति सरलता एवं विनयपूर्वक कुराको शुरुवात गरौं । छोटकरीमा भन्दा मेरो नाम अचम हो, अचम अर्थात् अधिकारी, चन्द्र मणि ।
आफैलाई अचम्म लाग्छ, म किन अचम भएँ ।
साहित्यका विभिन्न विधाहरूभित्र, अक्षरहरूसंग खेल्नु मेरो अभिरूचीको विषय (Hobby) हो । मेरो पहिलो पुस्तकाकारमा प्रकाशित कृति आस्थाका आयामहरू, २०६० साल वैशाखमा प्रकाशित भएको हो । सो कृतिमा आँखा डुलाउनु हुने विज्ञ पाठकहरूबाट प्राप्त हौसलाले गर्दा मलाई कागजका खाली पानाहरू, अक्षरहरूले रङ्गाउने काममा धेरै प्रेरणा प्राप्त भयो । म अक्षरहरूसित खेल्न रुचाउन थालें ।
२०७५ साल नयाँ प्रयोगको साल बन्यो । एक दिनमा एउटा कृति तयार गर्ने लहडमा दश वटा काव्यहरू एक÷एक दिनमा लेखेर तयार गरें । तिनीहरू मध्ये १. अञ्जु, २. आमा ३. छौ सिर्जना शाश्वत र ४. सुभद्रा नामक कृतिहरू पाठकहरू सामु प्रस्तुत गरेको छु ।
‘प्रत्येक बादलमा चाँदिको घेरा हुन्छ’ भने भैंm गरी प्रत्येक पाठक यौटा काव्यका नायक÷नायिका हुन लायक छन्, भन्ने मेरो ठम्याई छ । निर्धक्कसित भन्न सकिन्छ, पाठकहरू पनि आफुले पढेको लेख, रचनामा आफ्नो आकार वा भावना प्रतिबिम्बित भएको देख्न चाहनुहुन्छ । अहिले कुराको प्रसङ्गलाई म आफ्नो उद्देश्य अनुरुप डो¥याउन चाहन्छु । म पाठक महोदयहरूलाई आफ्ना देवी÷देवता मान्छु । म हिन्दु परिवारमा जन्मिएको मानिस भएको हुनाले सानो छँदा आमाको फरियको फेर, पिताजीको सुरुवाल वा दाजुदिदीका हात समातेर मन्दिरमा पुगेको छु । आँखा चिम्लेर नमस्कार वा मन्दिरको मूर्तिमा शिर राखेर ढोगेको पनि छु । मलाई लाग्यो, मैले देवी÷देवताहरूलाई आफ्नो माग राखी राख्नु आवश्यक छैन । भोकाएको बच्चालाई आमाले पोषक खानेकुरा खुवाए जस्तै मेरा आवश्यकताहरू आवश्यक लागे उहाँहरू आपैmँ पूरा गरी दिनुहुन्छ । आदरणीय पाठक महानुभावहरू ! कृपा गरेर यो लेखकलाई आफ्नो रूची अनुसारको लेख÷रचनाहरू लेख्न सघाउनु होला । हजुरहरू नै खासमा मेरो मार्ग दर्शक हुनुहुन्छ । अब मलाई मेरा हालसालै प्रकाशित पुस्तकहरूको बारेमा छोटो चर्चा गर्ने अनुमति दिनुहोस् ।
१. अञ्जु खण्ड काव्य ः
छोटो बसाईको प्रेरणा स्वरूप यो काव्यको रचना भयो । गण्डकी वाङमय परिषदले २०७४ चैत्र चौबिस गते, घाँसीकुवामा आयोजना गरेको समय र काठमाण्डौं गङ्गबुको चियापसलमा सुनिएको गीत नै प्रस्तुत काव्यका आधारभूमि हुन् ।
सधैं साहित्यले खोज्छ, ज्ञान रज्जु समाउन
सधैं चैतन्यले रोज्छ, विश्व आफ्नै बनाउन ।।३३।।
कताबाट खुली आइन् आज यी सिर्जना परी
म ता जान्छु बसे भन्छिन् भोलिबाट त रामरी ।।६०।।
अलिकति रोमाञ्चकता यसरी पनि पोखिएको छ ।
हिमाली चुचुरा जस्ता छाती पुट्ट थिए अनि
बैँस लावण्यको कान्ति भुतुक्कै पार्दथे मणि ।।१५९।।
मातृत्व प्रतिको श्रद्धा यसरी पोखिएको छ ।
कुनै जन्म थिएँ बाच्छो, आमा वक्ष चुसाउने
अहो ! संतृप्तिमा मेरो, आँखा हुन्थे रसाउने ।।१७८।।
राष्ट्रको भूगोल यसरी बोल्छ ।
भयो भेट हिमाली र शैलमा त पहाडको
भयो भेट उसै गर्दै आत्म साथ तराइको ।।१८३।।
कतै कतै आफ्ना भोगाईहरू यसरी पनि पोखिएका छन् ।
सधैं अन्याय नै पाएँ, न्याय मन्दिर नासिए
शिरोधार्य गरें भाग्य, मौनमा म उकासिएँ ।।२१५।।
पराशर र मत्स्यगन्धाको प्रसङ्ग आउँदा ः
मुनी कोही थिए बस्थे, तपस्यामा बनी रत
दमौलीमा कुनै बेला साधना साथ शाश्वत ।। ३२०।।
भएको व्यासको जन्म भव्य यो छ रमाइलो
ठण्डी याम दमौलीमा लाग्यो घाम घमाइलो ।।३३३।।
मिलाएर भाव र सोच विस्तारको बाटो खुला राखिएको छ, काव्यको बीट मार्ने बेलामा पनि ।
छ आँखा भित्र आत्माको सिर्जनाको नयाँ लया
बिना सङ्कोच छन् प्रेमी सभ्यतमा हिमालय ।।३५०।।
साथसाथै अञ्जु काव्यमा काली, सेती, मादी, दुधकोशीका जलतरङ्ग राम्ररी सल्बलाएका छन् । बन्दीपुर, दमौली, मनकामना सोलुखुम्बु जिल्लाका काँगेल, पञ्चन जस्ता स्थानहरू पनि रोचक भेटिन्छन् ।
हरे राम, हरे राम, राम, राम हरे, हरे
हरे कृष्ण, हरे कृष्ण, कृष्ण, कृष्ण हरे, हरे
गुरु रमेश खकुरेलको अर्तिलाई समात्ने कोशिष भएको छ अनुष्टूप् छन्दमा ।