आर्थिक विकास एक प्रक्रिया हो जसबाट दिर्घकालीन समयमा राष्ट्रिय आम्दानी र जनताको जीवनस्तरमा बृद्धि आउँदछ । (Economic is a process whereby an economic real national income and living-standard of the people increase over a long period of time) वास्तवमा आर्थिक विकासले देशको आर्थिक र सामाजिक अवस्थामा मुख्य रुपमा परिर्वतन ल्याएको हुन्छ । देशको आर्थिक बृद्धि (Economic growth) थाहा पाउनको लागि Value of money and growth of population बाट राष्ट्रिय र प्रतिव्यक्ति आम्दानीमा हुने परिर्वतन मापन (measure) गर्न सकिन्छ । हाम्रो देशको मुख्य मुख्य विशेषता गरिबी हो ।
ग्रामीण दुरदराजमा बस्ने अधिकांश जनता जीवन निर्वाहको रेखामुनि रहेर जीवन गुजारेका छन् । यस्तो अवस्थालाई poverty भनिन्छ । हाम्रो समाजमा गरिबीको चक्र घुमिरहने हुनाले अधिकांश जनता गरिब छन् । प्राकृतिक साधनको उपयोग नगन्य मात्रामा गरिएको छ । प्राकृतिक साधन प्रर्याप्त भएर पनि प्रयोग नगरिएको कारण पूँजीको कमि, दक्ष जनशक्तिको अभाव, पूवाधारको कमि, प्राविधीक जनशक्तिको अप्रयाप्तता, राजनितिक बेहिमानी, भष्टाचार, दुरदर्शी योजनाको अभाव, हावादारी राजनेता जस्ता कारणले विकासले निकास पाउन सकिरहेको छैन । जनताका आवश्यकताहरु, गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी समस्या ताँति लागिरहेका छन् । देश विकास गर्ने अभिलाषा देश भित्रकै जनतामा हुनु पर्दछ । पे्ररणा नभईकन आर्थिक विकास सम्भव छैन । विदेशी सहयोग त खाली पे्ररणा दिने स्रोत मात्र हो । राजनैतिक इच्छा शक्तिले विकासको बाटो तय गर्दछ । प्राकृतिक साधनको प्रयोगमा आमूल परिर्वतन ल्याउन पर्दछ । वैदेशिक लगानिकर्तासँग संयुक्त रुपमा लगानी गर्नुपर्दछ । किनकी यसले पूँजीको साथसाथै प्रविधी पनि ल्याउने भएकाले श्रमिकहरु तालिमयुक्त हुन्छन् । लगानी समाजको फाइदको निम्ती गर्न पर्दछ । हाम्रो देशमा शहरको साथसाथै गाउँमा पनि सन्तुलित विकास (Balanced Development) गर्नु पर्दछ । हाम्रा प्राकृतिक साधनहरु Unutilized, underutilized र misutilized अवस्थामा रहेका छन् ।
विकासमा टेवा पू¥याउनको लागि प्रविधी, वृद्धि र विचारमा विकास हुनुपर्दछ । प्राकृतिक साधन नभए पनि देशको विकास हुँदैन भन्ने तथ्य–सत्य होइन । किनकी जापान यस्तो देश हो जहाँ प्राकृतिक साधन छैन तर पनि उच्च प्रविधी, नयाँ नयाँ अनुसन्धान, बुद्धि र विचारको माध्यमबाट कच्चा पदार्थ, खनिजन्य पदार्थ आयात गरि विश्वको एक प्रमुख विकसित राष्ट्रको रुपमा रुपान्तरित भएको छ । नेपालको विकासको लागि सामाजिक र आर्थिक दुवै भेगमा लगानी गर्नु पर्दछ । देशमा उद्योगको विकासले गरिबीको चक्र (poverty cycle) लाई हटाउन मद्दत गर्दछ । निर्यातमूलक र आयात प्रतिस्थापन उद्योगलाई खोल्दै जानु पर्दछ । ग्रामिण अर्थतन्त्रमा रहेका जनताहरुलाई मौद्रिक प्रणालीमा परिर्वतन गर्नुपर्दछ । औद्योगिक विकासमा परिवर्तन ल्याई आर्थिक विकास सम्भव हुन सक्दछ । सामाजिक मान्यता, धारणा र आर्थिक संरचनाको परिर्वतन एकैसाथ ल्याउन सकेको खण्डमा द्रुत विकास (speedy development) सम्भव हुन्छ । जनताको विचारमा योजनाको ढाँचाले परवर्तन गरिदिनु पर्दछ । के यस्ता सबै कार्य गर्ने विज्ञ योजनबिद् बामगठबन्धनका सरकारसँग छन् त ओली ज्यू ? भोजभतेर खाने र उखान टुक्का सुन्दै ताली मात्र बजाउने भजन मण्डली मात्र छन् तपाईसँग ? ग्रामीण वस्ती, दुरदराजका झुप्रा, दुर्गम गाउँ, खाली खुट्टा नाङ्गो शरिर, निन्याउरो अनुहार, भोको पेट, भएका जनताहरु न्जिकबाट नियाली रहेका छन् । तपाई किन साढे दुई करोडको बुलेट प्रुफ गाडी खरिद गर्नु हुन्छ ? राष्ट्रपति ज्यू टिकाको बहानामा निहुरिएर जनतालाई खुट्टामा ढोगाउनु हुन्छ । यहि हो त सत्तासिन कामरेडहरुको विकास मोडेल ? नवसामान्तबादको खोल ओढेर अगाडि नबढ्नु नै राम्रो होला । विचार गर्नुस् ल ।