
नेपालको विकास संम्बन्धमा एक उदयमान शक्तिको जन्म नभै जनताका समस्याका समाधान हुन नसक्ने ठोकुवा गरिएको छ । आर्थिक विकासको गति हासिल गर्न अर्थ राजनितिक शक्ति (Economic gravity) नविनतम विचारधाराले आफ्नो लय सृजना गर्नुपर्दछ । आगामी दिनमा भ्रष्टाचार, कुशासन, बेइमानी, अविवेकी, कुसंस्कारी, बिचार बोकेका एमाले, काँग्रेस, माओवादी लगायतका दलले देश बनाउलान भनेर पर्खेर बस्न नसकिने स्थिति सृजना भएको छ । देशको अर्थतन्त्रमा मुद्रा संचित बढेको छ । लगानीको वातावरण छैन । रोजगारीको अवसर छैन । युवाशक्ति विदेश पलायन भएको छ । किन यस्तो भएको छ ? विश्लेषण र समाधानको उपायको खोजी छैन? यो सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षणमा लागेको छ । देशमा मन्त्री क्वार्टर, भिउटावर (view Tower) बनाएका छन् । जनतामा कर (Tax) बढाएर ऋण तिर्न खोज्दैछन । राष्ट्रमा ऋण किन ? शुसासन खै भनेर जनता सोधिरहेका छन् । जनतासंग सोधन जाँदा भनिरहेका छन् यहाँ नितिगत भ्रष्टाचार भैरहेको छ । हामीलाई जनता बलियो चाहिएको छ सरकार बलियो चाहिंदैन । वर्तमान समयसम्म आइपुग्दा देशमा २७ खर्ब सार्वजनिक ऋण भएको छ । एउटा बच्चा जन्मदा ८७ हजार ऋणको भारि वोक्न पर्दछ । जनतामाथी अपमान गरिएको छ । अपमानले बिद्रोह जन्माउँदछ । यो अन्याय कहिले सम्म ? राजनिति नेपालको ठूलो व्यापार हो । यसले धेरै क्षेत्रका धेरै मानिसलाई रोजगारी दिएको छ । सत्तासिन हूँदा आसाको व्यापार गर्ने – विपक्षमा जाँदा निरासा बेच्ने यो कस्तो रोजगारी हो ? कस्तो राजनितिक मैदान हो यो ? जनता तमासे बनेका छन् । राजनिति गर्नेले चुट्किला, उखानटुक्का भनिरहेका छन् । जनतामा भ्रमको खेति गरिरहेका छन् । नेपालका नेता भ्रष्टाचारी, Fraud हुन् भनि अमेरिको राष्ट्रपतिले भनि सके । भारतले नेपाली राजनितिज्ञ चोर भनेका छन्? के हो ? यस्तो सम्वोधन ? चिनले नेपाललाई कुनै सरोकार नै राख्दैन । अब भन्नुस नेपाल कहाँ छ? नेपालमा संघियता चलाउनका लागि दिइएको रकम ठगि हो भनेर दिने दाताले भनिसके । यहाँ का ठूलादल भन्ने सबैले केहि बोल्दैनन? किन ? बदमासीको हद हुन्छ? झुटको खेति कति गर्ने ? नेपालको शाषन व्यावस्था कस्तो हो? देशको सबै नागरिकको अस्तित्व र अधिकार वरावर छ तर किन विभेद गरिरहेका छन् यहाँका नेतृत्व तहमा पुग्ने व्यक्तिले ? जनताको जनमत वाट बिजयी हुने व्यक्तिलाई राजनैतिक प्रतिसोधमा मुद्धा चलाएर पुर्णग्रही भएर दुःख दिइएको छ । यस्तो अन्यायपूर्ण अवस्था कहिले सम्म रहन्छ ? जनता आक्रान्त भएका छन् । महंगीले आकास हुन लागी सक्यो । दिनहूँ सडक प्रदर्शनमा आउँदा पनि कुनै सुनुवाई हुँदैन । हरेक दिन सरकारी निकायका सुरक्षाकर्मीलाई शक्तिमा रहन weaponization of state to power भैरहेको अवस्था छ । बौद्धिक व्यक्ति, लल्काजवान युवा, हाम्रो देश डाँकाहरुको हातमा परेको छन भन्दछन्, देश बनाउने हुटहुटी युवाको मन र मस्तिष्कमा छ । तर किन अविवेकी शैली प्रदर्शन गरिरहेका छन्– यि सबै दलका नेताहरु ? यस्ता युवाको आवाजलाई रोक्न प्रतिसोध, पूर्वाग्रहका साथ सिंगो सरकार लागेको छ । राजनैतिक शक्ति हत्याएर लुट मच्चाइएको छ । नेपाल लाई भ्रस्टाचारीको सूचिमा Grey list राखेका छन् । नेपालमा जनताको बास्तविक समस्या समाधान र देश विकास गर्न नेपालवादी सिद्धान्त चाहिएको छ । अब Reactive Politics गर्ने नभै Proactive Politics गर्न जनताले आहवान गरिरहेका छन् । यसतर्फ ध्यान दिन सक्यो भने देशले निकास पाउन सक्दछ । म नेपाल बादी हुँ । म गणतन्त्रवादी हैन । म विकास वादी हुँ सबै नेतामा सोचाइमा आमूल परिवर्तन आउनु पर्दछ । नेपालले विश्वका डेढ दर्जन देशबाट ऋण लिएको छ । सो ऋणलगानीको प्रतिफल केवल गरिबिको दर्जा देशले पाएको छ । देश खाली भैसकेको छ । युवाशक्ति बिदेश पलायन भएका छन् । नेपालको आफ्नो मौलीकतामा आधारित विकासको मोडल अवलम्वन गरि विदेशीएका युवालाई फर्काउन ढिलो भएको छ । संसारमा विकासको मापदण्ड नयाँ कायम भएको छ । जसलाई हाँक्न नयाँसोच आविस्कार हुनु पर्दछ– त्यो सोचलाई Progressive Democratic socialism भनिन्छ ।
जुन विचारधारा नेपालका नयाँ युवा पङ्तीमा बिकास भैरहेको छ । सम्पूर्ण देशवासी युवाले यस भावनालाई सम्मान दिइरहेका छन् त्यो हो – कर्म गर फलको आस नगर, राम्रो कामको अनुसरण – नराम्रो कामलाई तिरस्कार गर वा छोड, कामगर कामपछि मूल्याङकन गर्न दिनु–जनताले जे फैसला दिन्छ, त्यसको आधारमा कार्यसम्पादन दाँचा बदल । यस्तो कार्यको थालनी नयाँ युवाहरु बालेन शाह, हर्क साम्पाङ, गोपि हमाल, रवि लामिछानेले गर्न खोज्दैछन् । यस्तो युवा, उर्जाशिल शक्तिलाई किन रोक्न खोज्दैछन् ? आफैमा कामगर्ने सक्ने क्षमता छैन भने किन अबरोध सिर्जना गर्ने ? नेपालको अवस्था दयनिय बनाउन प्रयत्नगर्ने लाई अब देश निकाला गर्नेरु की आजिवन जेलमा राख्ने वा मृत्युदण्डको कानूनी व्यावस्था मिलाएर सो हदसम्मको अबस्थामा हाम्रो समाज जाने भन्ने निर्णय गनपर्ने स्थिति
छ । यसमा समाजका सबै व्यक्ति गम्भिर भएर सोचौं । आसा गरौं सबैठाउँबाट सुधार को उपाय आउलान् !