कुनै पनि समाजको रुपान्तरण र आर्थिक विकासलाई प्राकृतिक साधन जस्तै माटो, हावापानी, बनसम्पदा, खनिज पदार्थ, जलस्रोत, सामन्द्रीक मार्गले महत्वपूर्ण भूमिका खेल्दछ । प्राकृतिक साधनको प्रयोग गर्ने मामलामा सरकार उदासिन हुनु हुँदैन । किनकी यसले विकासलाई ओझेलमा पार्दछ । हाम्रो देशमा प्राविधिक ज्ञान, साधनको अभावले उपलब्ध सम्पदाको उत्खनन् र प्रयोगमा आएको
छैनन् । कृषिलाई आधुनिकीकरण गर्न नसकिएकोले कृषि उत्पादकत्व घट्दै गएको छ । नेपालमा पाइने विविध प्रकारका जलवायु अनुकुलको आर्थिक क्रियाकलाप र उत्पादनलाई अगाडी ल्याउन सकिएको छैन । आर्थिक रुपमा पछाडि परेका दुरदराजका गाउँमा बसोबास गरि बस्ने दयनिय मानव जीवनका अवस्था हामी सबैलाई थाहा नै छ । देशमा खनिज संम्पदा हुनु र नहुनुमा कुनै तात्विक भिन्नता छैन । जुन समाजमा नयाँ नयाँ प्रविधिको आविष्कार र प्रयोग बढ्दै जान थाल्दछ– पूंजि र श्रमको अधिकतम उपयोग भै आर्थिक कृयाकलाप वृद्धि भै सामाजिक संरचना प्रगतिसिल बन्दछन् – उत्पादनमा वृद्धि आई– समाजको रुपान्हरण भै जिवनस्तरमा परिवर्तन देखिन थाल्दछ । सरकारले आर्थिक विकासलाई अवरोध पुर्याउने संस्थाहरुलाई भत्काउदै लगिरहेको हुन्छ । सरकारले बाधा व्यावधानलाई निरन्तर रुपमा कमजोर बनाउँदै लैजाने निति अनुसार औद्योगिक विकासका पूर्वाधार, औद्योगिक कृयाकलाप संचालन गर्दै लैजानु पर्दछ । नेपाली समाजका मूल्य, मान्यता रितिरिवाज प्रगतिका लागि प्रतिकुल रहेका छन् । कामलाई भन्दा बढि भाग्यलाई मान्यता दिन्छन । भोजभतेर विवाह उत्सव, पुजापाठ जस्ता क्षेत्रमा बढि खर्च गर्दछन् । अनुत्पादकिय क्षेत्रमा खर्च गर्ने प्रतिस्पर्धा चल्दैछ। बर्तमान समयमा विश्वका गरिब देशहरुमा विश्वव्यापिकरण, खुल्लाबजार
(Open market economy) र निजिकरणका कारण विकासोन्मुख देशका आर्थिक प्रगति अगाडि जाने सम्भावना न्यून बन्दै गएको छ ।
सरकारले क्रान्तिकारी भूमिसुधार, बालशोषण बिरुद्धका कदम, छुवाछुत विरोधी कानून जस्ता बाधाव्यवधानलाई निरन्तर रूपमा कमजोर बनाउँदै लैजाने नीति अनुसार आफ्नो आर्थिक कृयाकलाप ग्रामिण झुप्राहरु र आगनमा संन्चालन गर्दै लैजानु पर्दछ । यसैले ‘Asian Drama’ नामक पुस्तकमा भनिएको छ– यि मुलुकमा पूंजि र कच्चापदार्थ नभएर विकास नभएको हैन कि–उद्योग खोल्ने साहसिक व्यावसायि नभएका कारण विकास नभएको हो । जतिधेरै साहसिक व्यावसायी को जन्म हुन्छ त्यतिनै छिटो चमत्कारिक विकास दखिन थाल्दछ ।
हाम्रो अर्थव्यवस्थामा रहेको गरिबिको कुचक्र (Vicious cycles of Poverty) क्रियाशिल रहेको अवस्था निराकरण गर्न बीसबर्षे दिर्घकालीन विकास योजना (Long range 20 years – development Planning) मार्फत गरिबिको समस्यालाई समाधान गर्न सकिन्छ । नेपालमा भएको खनिज, बन, जलस्रोत, मानबिय जनशक्तिलाई स्वदेशमै सहि ढंगले प्रयोग गरि उत्पादन बढाउन सकिन्छ । आत्मनिर्भरता हासिल गर्न उन्नत प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति बनाइनु पर्दछ ।
आत्मनिर्भर गाउँ, आत्मनिर्भर शहर अभियान मार्फत स्वदेशि उत्पादन बढ़ाऔं, बिदेशि उपभोगलाई त्याग गरौं भन्ने ’एकिकृत ग्रामिण विकास मोडेल’ कार्यान्वयनमा ल्याउँ अनि बल्ल द्रुत विकासको लक्ष हासिल हुन्छ । कृषि र औधोगिक क्षेत्र बिकसित गराउन यातायात, सन्चार, नहर, कुलो, विद्युतगृहको पूर्वाधार प्रशस्त मात्रामा बनाइनु पर्दछ । वैज्ञानिक आर्थिक योजनाको अभावमा गरिबिको समस्या कुनै हालतमा कम गर्न सकिदैन । तसर्थ देशको अबस्थालाई मध्यनजर राख्दै अविलम्ब वैज्ञानिक औद्योगिक – कृषि एकिकृत मोडेल कार्यान्वयनमा ल्याओं । विकासको सपना पुरा हुन्छ ।