हिमाल र नेपालको सम्बन्ध शब्दमा व्याख्या गर्न सकिने विषयवस्तु नै होइन । नेपालको उत्तरी सिमानामा लहरै मुस्कुराई रहेका सेता, निश्चल, कञ्चन हिमश्रृङ्खला र टाकुराह, आठ हजार मिटर भन्दा अग्ला संसारका १० चुचुरा मध्ये ८ वटा नेपालमै हुनु त्यो भन्दापनि ठूलो संसारकै सर्वाेच्च शिखर सगरमाथा नेपालमै हुनु, अहो वास्तवमै कति गहिरो छ नेपाल र हिमालको सम्बन्ध । सगरमाथा नेपालमै हुनु त आफ्नै ठाउँमा गर्वको विषय छँदैछ, त्यसमा पनि सर्वाेच्च शिखरमा सर्वप्रथम नेपाली शेर्पाले नै पाईला राख्नु त्यो पनि हाम्रो लागि कम गर्वको विषष्य होइन । तर तेन्जिङ नोर्गे शेर्पालाई हामीले यथोचित सम्मान दिन सकेनौं या खोइ के कारणले विश्वको सर्वाेच्च शिखरमा पहिलो पाइला राख्ने नागरिकको देशको हैसियतबाट हामीले बञ्चित हुनु परको छ । तेन्जिङ नोर्गे शेर्पालाई नेपाली नागरिक भन्दा भारतीय नागरिकको रुपमा चिनिन थालेको छ ।
हिमाल र नेपालको सम्बन्धको रुपमा कुरा गर्दै गर्दा एउटा अर्को पक्ष संगै जोडिएर आउँछ, त्यो हो नेपाली शेर्पा । आजको यस आलेखमा तिनै नेपाली शेर्पाहरुको वरिपरी रहने प्रयास गरको छु । आलेखको मुख्य विषय प्रवेश गर्नुभन्दा पहिले हिमालसंगै सम्बन्धित एउटा भर्खरैको राष्ट्रिय विषयवस्तुलाई उल्लेख गर्न चाहँे । त्यो हो भारतले सगरमाथा प्रति गरको दावीको प्रसंग । प्रधानमन्त्री केपी शर्मा ओलीसंग नेपालको भारत र चीनसंगको सम्बन्धको विषयमा अन्तरवार्ता लिए लगतै भारतीय सञ्चार माध्यम जी न्यूजका सम्पादक सुधिर चौधरी पुगे सगरमाथा वेस क्याम्पमा । त्यहाँबाट उनले एउटा अत्यन्तै हास्यास्पद र वेतर्कको कुरा गरे । सगरमाथाको नमा परिवर्तन गर्नुपर्ने र भारतले सगरमाथा प्रति आफ्नो दावी प्रस्तुत गर्नुपर्ने कुरा । सुधिर चौधरीकै शब्दमा भन्दा सगरमाथाको उचाई पहिलो पल्ट भारतीय नागरिकले नापेको हुँदा सगरमाथाको नाम माउण्ट एभरेष्टबाट परिवर्तन गरी माउण्ट सिकदर राखिनु पर्ने र त्यसैको आधारमा भारतले सगरमाथा प्रति आफ्नो दावी विश्व सामु प्रस्तुत गर्नुपर्ने । हुन त सुधिर चौधरीको त्यो दावी कुनै पनि कोणबाट तर्क संगत छैन र पनि सीमा जोडिएको देशको मुलधारको सञ्चार माध्यमको सम्पादकबाट यस्तो कुरा आउनुले धेरै गहन अर्थ
राख्छ । र यसले धेरै प्रश्नहरुपनि उब्जाएको छ । जुनसुकै आशयबाट लिइएको भएपनि सुधिर चौधरीसंगको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भारत र चीनसंगको सम्बन्धबारे स्पष्ट बताएका
थिए । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न देश भएको हुँदा भारतको छोटे भाइ नभएको कुरा बडो शालिन र स्पष्ट रुपमा व्यक्त गरेका थिए । तर विडम्बना प्रधानमन्त्रीको त्यो राष्टूवादी भावलाई भारतको एउटा जाबो पत्रकारले सगरमाथा भारतको पनि हो भनेर लोप्पा खुवाई दियो । अघिल्लो दिन प्रधानमन्त्रीसंग त्यो किसिमको अन्तरवार्ता लिएर भोलिपल्टै त्यो देशको सम्मान र इज्जत प्रति एउटा नाथे पत्रकारले धावा बोल्नुले प्रधानमन्त्रीको अन्तरवार्ताको गहनता र सार्थकता माथि प्रश्न उठाएको छ । यतिले नपुगेर भारतीय रक्षा मन्त्रीले त नेपाल भारतकै परिवार जस्तो भएको र भाइ रिसाउँदैमा दाइले मनमा लिन नहुने भन्न पनि भ्याए । यसको अर्थ अझै पनि भारत आफुलाई नेपालको ठूलो दाइ सम्झन्छ । मलाई यहाँ निर प्रधानमन्त्री केपी शर्मा ओलीसंग सोध्न मन लागको प्रश्न चाहीँ के हो भने सुधिर चौधरीले सगरमाथा माथि किन दावी ग¥यो भन्दापनि ठूलो र महत्वपूर्ण कुरा सुधिर चौधरीको दावी प्रति नेपाल सरकार किन मौन बस्यो ? सगरमाथामा अरुले दावी गर्नु भनेको एक हिसाबले नेपाल प्रति नै दावी गर्नु सरह
हो । राष्ट्रिय प्रतिष्ठासंग जोडिएको यस्तो विषयमा नेपाल सरकारले किन आपत्ति जनाएन ? किन विरोध गरेन ? कतै केपी शर्मा ओलीलाई ठूल्दाई रिसाउनलान भन्ने डर लागेर त होइन ? कि मौनम् स्वीकृति लक्षणम भने जस्तो सुधिर चौधरीको दावी प्रति नेपालको मौन समर्थन हो ? जाबो एउटा पत्रकारले भन्दैमा के हुन्छ र भन्ने हो भने फेरी प्रधानमन्त्रीले राष्ट्रवादी अन्तरवार्ता दिन किन त्यही पत्रकारलाई बोलाएको ? बरु रवि लामिछानेले सुधिर चौधरीलाई प्रश्न गर्ने हिम्मत गरे, प्रश्न पनि गरे ।
सुधिर चौधरी डराएरै पन्छियो । तर रवि लामिछानेको जति हिम्मत नेपाल सरकारले गर्न सकेन । कार्यकारी प्रमुखको हैसियतले भन्नु पर्दा केपी शर्मा ओलीले गर्न सकेनन् । कस्तो बिडम्बना । हाम्रो आफ्नै यस्तै प्रकारको बानीले गर्दा पनि हो भारतले हामीलाई सकेसम्म हेप्न र चेप्न खोज्ने । तर के गर्नु अरुण थापाले आफ्नो गीतमा भनेजस्तै “बुझ्नेले कुरा नबुझेपछि, मनमा कुरा नलिएपछि, मनमा पिर त पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो ।” भने झै सत्तासिन नेताहरुले नै चुप लागेर बस्दिएपछि कस्को के लाग्यो र ? अब चाहिँ आलेखको मुख्य विषय तर्फ फर्काैं क्यारे । नेपाली शेर्पा नेपालको भूगोल भित्र वसोवास गर्ने एउटा जाति विशेष मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने एउटा माध्यम हो । कतिपय पश्चिमा मुलुकहरुमा नेपाललाई बहादुर शेर्पाहरुको देश तजभ अयगलतचथ या दचबखभ कजभचउबक भनेर पनि
चिनिन्छ । यसर्थ सगरमाथा, गौतम बुद्ध, बहादुर गोर्खाहरुको देश भनेर मात्र नेपाललाई चिनिँदैन । कतिपय देशहरुमा शेर्पा जाति ने नेपाललाई चिनाउने माध्यम हो ।
हिमालको काखमा जन्मिएर हिमालसंगै आफ्नो बालापन र जवानी साट्ने शेर्पाहरुको हिमालसंगको सम्बन्ध व्याख्या गरिराख्नु नपर्ला । सायद त्यसैले पनि होला हिमाल आरोहणसंग सम्बन्धित अधिकांश किर्तिमानहरु शेर्पाकै नाममा
छन् । केही समय पहिले मात्रै नेपाली शेर्पाहरुले अर्काे किर्तिमान बनाएका छन् । विश्वको दोस्रो अग्लो हिमशिखर पाकिस्तानमा रहेको माउण्ट केटु को सफल आरोहण गरेर । सेभेन समिट ट्रेकिङका छाङ दावा शेर्पा नेतृत्वको टोलीले पाकिस्तानको स्थानीय समय अनुसार ४ः५८ बजे केटुको चुचुरोमा पाइला राखेको हो । उनीहरुको यो सफलतासंगै विश्वको दोस्रो अग्लो शिखर ८६११ मिटर आग्लो माउण्ट केटुको चिसो मौसममा पहिलो पटक आरोहण गर्ने देश नेपाल भएको छ । जुन समग्र नेपालीहरुको लागि गर्वको विषय हो । नेपाली शेर्पाहरुका यस्ता अनेकौं किर्तिमान छन् जसलाई सूचिबद्ध गर्ने हो भने लामै सूचि बन्छ । मेरो प्रश्न चाहिँ के हो भने नेपाललाई विश्वसामु परिचित गराउने यस्ता बहादुर किर्तिमानी शेर्पाहरु प्रति राज्यको, सरकारको धारणा के छ ? उनीहरुलाई राज्यले के दिन सकेको छ ? स्पष्ट भाषामा भन्ने हो भने राज्यलाई विश्वसामु पहिचान दिलाउने शेर्पाहरुलाई राज्यले केहि दिन सकेको छैन । जति दिएका छन्, शेर्पाहरुले नै राज्यलाई दिएका छन् ।व्यक्तिको जन्मसंगै उ जन्मिएको भूगोलसंग अनौठो नाता गाँसिएको हुन्छ । सायद त्यसैले पनि होला पर्वतारोहण सम्बन्धी कार्यमा शेर्पा जातिको जति दख्खल अरु जातिय समुदायमा पाईँदैन । चाहे भारी बोक्ने भरियाको रुपमा होस् या बाटो देखाउने पथ प्रदर्शकको भूमिकामा सबै क्षेत्रम शेर्पाहरुनै अगाडि छन् । तर उनीहरुले जे जति गरका छन् आफ्नै पुर्खाको देखासिकी र व्यक्तिगत लगनको भरमा गरेका छन् । हुन त सफलताको लागि सबैभन्दा ठूलो कुरा व्यक्तिको प्रयास हो । र पनि नेपालको हकमा पर्वतारोहण सम्बन्धि कुरा गर्दा पर्वतारोहण नेपालको पर्यटनको एउटा अधार स्तम्भ हो भन्दापनि फरक नपर्ला । पर्वतारोहण सम्बन्धी सीप, तालिम लिनु आफैमा जोखिम र खर्चिलो कुरा पनि हो । यो विषय प्रति राज्य त्यति गम्भीर भएको
पाईँदैन । सायद त्यसैले पनि होला विगतको तुलनामा धेरै शेर्पा जाति पर्वतारोहण सम्बन्धी कार्यबाट पलायन भएका छन् । हुन त शेर्पा जातिहरुले अरु काम गर्न हुँदैन भन्ने मेरो आशय होइन न त अरु जातिय समुदायले पर्वतारोहण सम्बन्धी काम गर्नु हुन्न भन्ने नै हो । मेरा आशय के मात्र हो भने जो शेर्पाहरु यहि काममा रमाउन र आफ्नो जीवन विताउन चाहन्छन् उनीहरुको लागि राज्यले केही न केही व्यवस्था गरिदिन सक्दा राम्रो हुन्छ । हुन त हर कोहिले किर्तिमान आफ्नै लागि बनाउने हो तर नेपालीले नयाँ किर्तिमान बनाईसकेपछि उसको एक जनाको मात्रै होइन सिङ्गो राज्यको पनि शिर उँचो हुन्छ । तर दुःखको कुरा त्यस्ता किर्तिमानी व्यक्ति वा उनका परिवारलाई पनि राज्यले त्यस्ता खास केही गरिदिन सकेको छैन । त्यसैले त तेन्जिङ नोर्गे शेर्पा जस्ता किर्तिमानीरु नेपाली भन्दापनि ज्यादा भारतीयको रुपमा विश्वले चिन्छ ।
हुन त हाम्रो जस्तो गरिब राज्यमा राज्यले धेरै कुराहरु चाहेर पनि गर्न नसकेको अवस्था पनि हुन्छ । र फेरी नेपाल शेर्पा जातिहरुको मात्र नभएर धेरै जातजातिहरुको साझा देश हो र पनि पङ्तिकारलाई कहिँ न कहिँ लाग्छ कि अन्य जाति भन्दा शेर्पा जातिहरुको सम्बन्ध नेपालसंग विशेष र गहिरो छ । किनभने मैले माथि नै उल्लेख गरिसकें कैयौ देशहरुले नेपाललाई शेर्पाको देश भनेर पनि चिन्दछन् । तसर्थ यस्तो विशेष जातिय समुदाय र उनीहरुको परम्परागत पेशालाई संसक्षण र सम्बद्र्धन गर्ने तर्फ राज्य विशेष रुपले सचेत हुनु जरुरी छ ।