अन्य शहरहरूको तुलनामा भिमाद शैक्षिक, आर्थिक, भौतिक, सामाजिक र राजनैतिक क्षेत्रमा त्यति पिछडिएको छ जस्तो लाग्दैन । यहाँ खुलेका सरकारी वा गैरसरकारी स्कुल, कलेजहरू हुन् वा स्थानीय जनसहभागीहरूको लगानीमा खोलिएका सहकारीहरू हुन् वा विभिन्न स्तरका बैकहरू हुन् । वास्तवमा यहाँ बनेका अनेकन संरचनाहरू र विविध जातजातिहरूको प्रेमपूर्ण वस्तीहरूले भिमादलाई अनेकतामा एकताको प्रतिकका रूपमा चरितार्थ गरेको छ भन्दा सायद अन्यथा नहोला ।
परापूर्व कालदेखि नै भिमादको बसाइ शान्त, स्थुल र बिस्तारै विकासले गतिलिएको पाइएता पनि २०५२/०५३ पछि यसले गुणात्मक रूपमा फड्को मारेको यथार्थता हामी सबैको सामु घामजस्तै छर्लङ्ग छ । भिमादमा निर्माण गरिएका महलहरूको कारणले हामी धेरै विकसित भएका छौँ भन्नु त सरासर गल्ती नै हुनेछ । तथापि यसलाई पनि नकार्न भने
मिल्दैन । यसलाई पनि विकासका अवयहरूसँगै जोडेर नै हेर्नुपर्ला । यति धेरै निर्माणमा हामी अग्रसर छौँ कि यहाँ खोलिएको थुप्रै वित्तिय सँघ संस्थासँग हामी कुनै न कुनै रुपमा जोडिएकै छौँ । महल ठड्याए पश्चात अरुले आफ्नो मुल्याङ्कन गरिदियोस् भन्ने हामी आम यहाँका बासीले हामी आन्तरिक रुपले कति सिर्जशील छौँ वा त्यसको लागि हामीले के योगदान दिएकाछौँ भनेर स्वः मुल्याङ्कन कहिले गर्ने ? मोडलका हिसाबले पनि हामी दक्षिण र उत्तरका देशहरूसँग खासै पर छैनौँ । अझै हाम्रो लागि त नमुना सहर दमौली– पोखरा छदैछ जहाँबाट हामीले थुप्रै विकास र सभ्यताका विषयमा अनुकरण गर्न सक्छौँ ।
हामी विभिन्न ठाउँहरूबाट आएर भिमाद नगरीलाई कङ्क्रिटमय बनाउन त जान्यौँ । तर यसबाट हामी भित्रैभित्रै कति सन्तुष्ट रहनु परेको छ भन्ने महत्वपूर्ण मानवीय पाटोलाई बिर्सियौँ वा त्यसको कुनै आवश्यकता नै देखेनौँ । हाम्रो मान्यताले एकाएक देखावट र सजावटमा विशेष अस्तित्व हुन्छ भन्ने मान्यतालाई अगाल्न थाल्यौँ । अन्ततः यसैलाई ऐश आराम र जीवनको लक्ष्य नै बनायौँ । अर्कोतिर भन्नुपर्दा हामीले जीवनको कलालाई भौतिक कलासँग मात्र सम्बन्ध स्थापित गराउन उद्दत रह्यौँ र आन्तरिक कला जो दीर्घ जिवित हुन्छ, लाई चटक्कै बिर्सियौँ । हामीले सम्झन चाहेनौँ कि कालान्तरमा हाम्रा भौतिक महलहरू ढल्न सक्छन् । थुपारेर राखिएको सम्पत्ति गल्न सक्छ । परिवर्तनले यिनीहरूको रूप परिवर्तन गर्न सक्छ । अर्थात परिवर्तनको उच्च शिखरमा यसले वर्तमानलाई थेग्न सक्दैन । यसको ठीक विपरित हामीलाई यो सम्झन आवश्याक छ कि मानवभित्रको कला, सिर्जना र प्रतिभा सदा जिवित हुन्छ र त्यसलाई पनि संरक्षण गर्नुपर्छ । मानवभित्रको कला, सिर्जना र प्रतिभा संरक्षण गर्नु भनेकै मानवीय मुल्य र मान्यताको संरक्षण गर्नु हो । मानवीय कलाको संरक्षण र सम्वर्धनको पेरीफेरीमा लुकेको स्थुल वकालतबाट साहित्य परिलक्षित हुन्छ । जो मानवीय जीवनको अनुपम, अतुलनीय र साक्षात् समाज–विम्बको सहारा लिएर उभिएको हुन्छ । मानवीय जीवनको अथक सङ्घर्षबाट सिर्जीत् साहित्य मानवीय मस्तिष्कबाट सुरुभइ हृदयमा फुल्न पुग्छ ।
‘साहित्य मानवीय मूल्य, मान्यता र सभ्यतासँग पृथक रहने कुनै छुट्टै भौतिक पिण्ड हुँदै होइन । यो त मानव जीवन धारासँगसँगै त्यसलाई अझै परिस्किृत सरल, सभ्य, शान्त र भव्य बनाउनको लागि निरन्तर अस्तित्वमा डटेर रहने मानसिक अवस्था हो । साहित्यमा रुचि हुनु र नहुनुसँग यसको धेर थोरको कुनै अर्थ र सम्बन्ध
छैन । फरक यत्ति हो कि समाजले आफ्नो साहित्यको उत्थान, प्रचार एवम् प्रसार गर्नमा कस्तो भूमिका खेल्छ । समाजले आफ्नो साहित्यलाई उठाउन चाहन्छ कि निमोठ्न चाहन्छ ।
एउटा व्यक्ति मर्न सक्छ । उसले निर्माण गरेको घर ढल्न सक्छ । उसले रोपेको फलफुलको विरुवाले केही वर्षपछि सोचेनुसारको फाइदा नदिन सक्छ । त्यस्तै उसले स्थापना गरेको उद्योग व्यावसायले केही वर्षसम्म जमेर उत्पादन दिन सक्छ । अन्ततः त्यो पनि एक दिन जिर्ण हुन्छ । काम नलाग्ने हुन्छ । फाइदा दिन सक्दैन । त्यसपछि त्यसलाई त्यहाँबाट विस्तापित गरिन्छ । तर हजुर हाम्रो मानवीय जीवन यत्ति स–सानो सोचाइमा सिमित छैन । यसको खास महत्व छ । यसको खास अर्थ छ । मुल्य छ । अझै स्पष्टसँग भन्न चाहन्छु – भित्रबाट फर्निचर उठाएर बाहिर राखेजस्तो साहित्यलाई आफूबाट अलग गराएर राख्न सकिन्न ।
वर्तमानमा मानव जीवनको अहम पाटोलाई आर्थीक पक्षसँग मात्र जोड्नु हदै दुःख लाग्दो र लाजमर्दा विषय हो । मानिस आफ्नो काममा व्यस्त हुनु सोह्रै आना राम्रो पक्ष हो किनकि यसले मानिसलाई कर्मशील बनाउँछ । अनावश्यक कार्यहरूमा मन जान दिदैन । परिणामतः समाजमा एक प्रकारको शान्ति स्थापना हुनसक्छ । तर मानिस जतिखेर पनि अर्थको लागि मात्र व्यस्त हुनु भनेको एक प्रकारको रोग जस्तै हो । एक प्रकारको आसक्त हो । एक प्रकारको अज्ञानता पनि हो । आर्थिक पक्षलाई मात्र सबैथोक सम्झनेले साहित्य, कला संस्कार र सस्कृतिको अहम सवाललाई पनि ध्यान दिनु जरुरी छ भन्ने सोच्नु पर्छ । विश्व प्रशिद्ध साहित्यकार एवम् राजनितिज्ञ गेटेले भनेका छन् – साहित्यको पतन तै राष्ट्र पतनको द्योतक हो ।
भिमादको आर्थिक प्रगतिलाई कला एवम् साहित्य सँगसगै लैजाने अभिप्रायले गत २०७३ फाल्गुण २१ गतेको दिन ‘सेतीकाली साहित्य सङ्गम, भिमाद’ को स्थापना भएको छ । यसको व्यवस्थापक, परिकल्पनाकार र यो लेखसँग यहाँहरूको मतभेद हुनसक्छ । विमती हुन सक्छ । तथापि संस्थाको लक्ष्य, उद्देश्य र समाजलाई साहित्यमय बनाउनमा यहाँहरूको संस्थाप्रति कुनै प्रकारको तुष अवश्य रहदैन होला । किनभने संस्था र व्यक्ति बिल्कुल अलगअलग पाटाहरू हुन् । संस्थाको विकास थुप्रै मानवीय जीवनको समग्रतासँग आवध्य हुन्छ भने व्यक्तिको विकास त्यस्तो हुँदैन । यो नितान्त व्यक्तिगत नै हुन्छ । तर स्पष्ट यो छ कि साहित्य ती दुबैमा अन्तरनिहित हुन्छ ।
हाम्रो उद्देश्य यो संस्थालाई पर्लयको अन्तिम घडीसम्म विशद एवम् दिगो बनाउनु हो । यसको लागि सबैभन्दा पहिलो र बलियो पहरेदारको रूपमा स्थानीय नै हुन्छन् । स्थानीय बासीहरूको यस सम्बन्धमा प्रत्यक्ष सहयोग वा सहभागिता भएन भने यो संस्था निःशन्देह धरासाही भएर जान्छ । अतः मानवले आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति लगायतका मानवीय पक्षको उत्थानको लागि स्थापना गरिएको एउटा पवित्र संस्था चुडेर जानु भनेको पक्कै पनि हामीले त्यसको महत्व, अस्तित्व र उपयोगिता नबुझ्नु हो । त्यसैले सम्बन्धित पक्षहरूसँग हार्दिक विनम्रता पस्कन चाहन्छु कि यस्ता मानवीय पक्ष वा मानवीय गहनाका प्रतिमूर्तीलाई बाचइ राख्नको लागि सबैले आ–आफ्नो तवरले सहयोग गर्नु वाञ्छनीय हुनेछ ।
साहित्यप्रतिको रुचि
previous post