विकास भनेको आर्थिक संरचनामा परिवर्तन हो । औद्योगिकरण, प्रतिव्यक्ति आम्दानी बढाउनु पूर्व सर्त हुन् । आर्थिक विकासले समाजको विकासलाई निर्देशित गर्दछ । बुद्धि विकासको श्रोत हो । बजारले विकासको लागि भूमिका खेल्दछ । प्रविधिको आविष्कार, पूजि परिचालन, औद्योगिकरण विकासका अदृश्य हात हुन् । विकास सम्बन्धी बहसमा विकास, प्रक्रिया, नमूना, विषेशता, कमजोरी, समाबेश भएका हुन्छन् । समसामयिक विकासमा विकासका मुद्धाहरु, जनसहभागिता, विकासको प्रतिफल वितरण, श्रोत र साधनको परिचालन जस्ता विविध पक्षलाई जनसरोकारको विषयको सूचिमा समावेश गरिएको हुन्छ । आर्थिक क्षेत्रको संरचनात्मक रुपान्तरण हुन्छ । गरिब राष्ट्रले अत्याधुनिक प्रविधिको उपयोग गरेर गरिबीको दासताबाट मुक्त हुने प्रयत्न गरिरहेका छन् । आधुनिकिकरण भन्ने धारणाले स्थान लिन कोशिस गहिेको छ । विकासको सिद्धान्त ाजनीति र सामाजिक विज्ञान दुबैबाट प्रभावित भएको छ । हाम्रो ५० वर्षको विकासको अनुभवबाट विकासको गति सनतोषजनक छैन । मानविय विकासको स्थिति जर्जर छ । देश भित्र बस्ने सबै जनताले विकासको प्रतिफल समानुपातिक रुपमा उपयोग गर्ने अवसर पाएका छैनन् । विकास समावेशिकरण हुन सकेको छैन । यस्तो परिणामले विकासमा बहस ( Discourse in Development ) सिर्जना गेको छ । जस्तैः विकास सम्बन्धि धारणामा के गल्ती भएको छ ? विकास सिद्धान्तमा के गल्ती भएको छ ? भोक,रोग, गरिबीले सताइएका राष्ट्रलाई विकसित राष्ट्रले आफ्नो खेमामा पार्न प्रयास गरिरहेका छन् ।
नेपालजस्ता देश विकास प्रक्रियामा द्विविधायुक्त अवस्थामा छन् । देश भित्रै हत्या, हिँसा, बलात्कार, अराजकता, अन्याय, अत्याचार तथा भ्रष्टाचारका विवादहरु सरकारबाटै सृजना भएका छन् । आर्थिक सामाजिक विकासको अवस्था सन्तोषप्रद छैन । समाजका सबै वर्ग र तप्काका व्यक्तिले विकासको प्रतिफल समानुपातिक रुपमा प्रयोग गर्ने अवसर पाएका छैनन् । भौतिक, वित्तिय, वातावरणीय, मानविय सबै पक्षलाई मध्यनजर गरि विकास कार्यक्रम सञ्चालन गर्नु पर्दछ । देश भित्र बसोवास गर्ने सबै नागरिकलाई राजनैतिक र आर्थिक अवसरहरुमा पहुँच हुनु , आधारभूत मानव अधिकार हो । विकास दीगो रुपमा सञ्चालन गर्नु पर्दछ । उत्पादकत्व विकासको एउटा खम्बा हो । उत्पादन क्रियाकलाप विकासका लागि अत्यावश्यक मानिन्छ । यसको लागि मानव संसाधन, सक्षम, सिपयुक्त बनाईनु पर्दछ । सशक्तिकरणले मानिसलाई सक्षम, सक्रिय र स्वनिर्भर बनाउँदछ । आर्थिक उदारबादले स्वतन्त्रताको खोजी गर्दछ ।
विकासले समाजमा कोही कसैलाई कुनै पक्षको आधारमा भेदभाव जगर िविकास कार्यक्रममा भागलिने अवसर प्रदान गर्नु पर्दछ । विकासले मानिसको कार्यक्षमतामा बृद्धिगरी सम्वृद्धशाली जीवनयापन गर्न सजिलो बनाउँछ । तसर्थ वर्तमान सरकारका सञ्चालकहरुले विकासको मर्मलाई समेटने गरी उपयुक्त आर्थिक योजनाको ढाँचा ( Macro economic development model in Nepal) सबै विकास निकायमा दिन नसक्नु दुर्भाग्यपूर्ण अवस्था हो । सरकार भ्रष्टाचारमा अनि हत्या, हिंसा र षडयन्त्र गर्नमा लिप्त रहेको आवाज जनताबाटै आइरहेको छ । जनताले खबरदारी गरिरहेकै छन् । होसियार पूर्वक पाइलट नामधारी व्यक्तिले समयमै सुधार गर्नु राम्रो होला । अन्यथा देशमा अर्काे राजनैतिक भुकम्प आउने अवश्यमभावी छ । समयमै सुधारको शुभ–कामना !