सिङ्गो मानबजातिको प्रगति,सभ्यता र सम्बृद्दिका लागि निर्बिकल्प तत्व गुणस्तरीय ,सीपमुलक,बैज्ञानिक र मानवीय मूल्य शिक्षा नै हो। आज युरोप र अमेरिका लगायत बिकसित राष्ट्रहरूले भौतिक, शैक्षिक,आर्थिक रूपमा पाएको अभूतपूर्व बिकास र उन्नतिको मुख्य कारण शिक्षामा गरेकोअसंख्य लगानी, लगनशीलता , समर्पण,नवीन खोज–अनुसन्धान बैज्ञानिक तथ्यलाई मान्यता र पेसागत बिकास आदि हुन् ।
तर नेपाल जस्ता गरीब एवम् बिपन्न मुलुकको शिक्षा साक्षरता बृद्धि गर्ने र केही रोजीरोटीको ब्यवस्था गर्ने भन्दा खासै उपलब्धि मुलक बन्न सकेको देखिदैन। हज्जारौं बर्ष पहिले बिभिन्न ऋषिमुनि र योगीहरूले मठ–मन्दिर,गुठी र आश्रममा बसेर गरेका पूर्वीय शास्त्रहरूको लेखन,अध्ययन, ध्यान र योगबाट सिङ्गो बिश्वकै मार्गदर्शक बन्न सफल थिए तर आज अंग्रेजी शिक्षाको आगमन अनि यसमा भएको निजीकरण र बिकासले त झन् मानवीय मूल्य, सामाजिक मान्यता, मौलिकता, इमान्दार सत्चरित्र,सेवाभाव र श्रृजनशीलता जस्ता गुण छोडेर मुस्किलले पेट भर्न,सामान्य भौतिक÷आर्थिक बिकास देखिएपनि अन्ततः तिनै पश्चिमा(फिरन्ते)हरूको सेवामा समर्पित हुन पाउनु नै अहोभाग्य जस्तो बनाइएको छ। आफ्ना महत्त्वपूर्ण आदर्श दर्शन,इतिहास र मूल्य छोडेर अत्यन्तै निर्लज्ज,पराधिन ...भइ सुनको थालमा भीख माग्ने मगन्ते भएका छौँ ।? अतः बर्तमान नेपालको शिक्षामा सामयिक सुधार गर्न नसकी र हालकै विषम परिस्थिति कायम रहिरहे अबको १,२ दशकमा नेपालको शिक्षाको खस्किएको स्तर हेरेर रूनु वा पछुताउनु सिवाय कुनै बिकल्प समेत नहुने गरि विध्वंश पार्ने काम भएको छ।
अतः गम्भीर भएर अघिबढ्न केन्द्र सरकारदेखि स्थानीय तहसम्मका सबै पार्टी,बर्ग,सरोकारवाला,पेसागत सँस्थाहरू समेत एकभएर कम्तिमा उल्लेखित कार्यहरू तुरुन्तै गर्नुपर्ने अति आवश्यक देखिन्छ ,जस्तैः १)बिद्यालय नक्सांकन गरि आवश्यकता अनुरूप कक्षा÷तह थपघट गर्नुपर्नेमा आजसम्म कतैबाट पनि यस्तो गम्भीर बिषयमा ध्यानै नदिइ खालि दरबन्दि मिलाउने भनेर अत्यन्त सतही र बेतुके कुरामा अल्मलिएका देखिन्छन् प्रशासक आदि पनि, २) बिद्यालयलाई आवश्यक पर्ने भौतिक, शैक्षिक,प्राविधिक र वातावरणीय पक्षमा सबल÷सक्षम बनाउन पहिलो प्राथमिकता दिन बार्षिक बजेटको कम्तिमा २०% हुनु पर्नेमा घटेर १०%को हाराहारीमा पुगेको छ; शिक्षामा सरकारले महत्त्व नदिएको प्रमाण पनि हो ? ३) शिक्षा मन्त्रालय,बिभाग आदि शैक्षिककार्यालयमा शिक्षकबाट पदपूर्ति गर्ने ब्यवस्था गर्नुपर्ने, ४) शिक्षक सेवा आयोगलाई सम्वैधानिक बनाएर धेरै समस्या हल गर्न सकिन्छ, छ) हालको कक्षागत अनुपात १ः४५ को सट्टामा १ः२५ बनाइ अपुग दरबन्दी तुरुन्त थप गर्नुपर्छ। यसमा योग्यता पुगेका प्राथमिक र नि.मा.शिक्षकलाई तहगत बढुवा गर्ने नीति बजाउने, ६)बालबालिकाको क्षमता, रूचि, आवश्यक्ता, उमेर,कक्षा÷तह अनुसार एकीकृत पाठ्यपुस्तक राख्ने;अहिले बिभिन्न बहनामा साना बच्चालाई नि ठुला भारी(झोला) बोकाउने,बढी गृहकार्य दिने आदि कार्यले हिरासत सरह बनेका छन् प्रायःस्कुलहरू ? अनि त्यस्तो परिवेसमा हुर्केको बच्चाबाट देसले के आशा र भरोसा गर्ने ? ७)पेन्सन पाकेका ५०+का शिक्षक÷कर्मचारीलाई बरू केही सुबिधासाथ बिदा गरि श्रृजनशील,क्षमतावान् र प्रविधिमैत्री नयाँ पुस्तालाई शिक्षामा आकर्षित गर्ने कार्यक्रम तु ल्याउने, ८)शिक्षकको मनोबल उकास्न पनि कम्तिमा १०÷१० बर्षमा प्रमोसन हुने पद्धतिको बिकास गर्नुपर्ने,त्यस्तै हालको प्रमोसनको अर्को निरासाजनक ढाँचा ५०=१+९+४० को सट्टामा१०=१+६+ट बनाएर पेसाप्रति उत्साहित÷जिम्मेवार बनाउन सकिन्छ । ९) साबिकको ग्रेडसंख्या कटाउँदा मर्का परेकोले साबिककै ग्रेडसंख्या दिइ एकबर्ष पुरा हुनासाथ ग्रेड दिने गरियोस् ; हालको प्रावधानले त ग्रेड पाक्न २ बर्षसम्म लागेको छ तर निजामतीमा एकै बर्षमा दिइन्छ।
१०) इसीडी र बिद्यालय कर्मचारीलाई सरकारी स्केल दिनुपर्छ तर अहिले मासिक ६००० दिएर अन्तर्राष्ट्रिय कानुनको बेइज्जत र श्रमशोषण समेत गरिएको छ।? ११) शैक्षिक÷प्रशासन क्षेत्रलाई स्वतन्त्र,निश्पक्ष र शान्तिक्षेत्र बनाउन दलीय संघ संगठन र सदस्यता स्वतःखारेज गर्नु उचित होला कि !? १२)बिद्यालयमा कार्यरत बिभिन्न अस्थायी प्रकृतिका राहत,उमावि आदिलाई दरबन्दी कायम गरि आन्तरिक र खुल्लाबाट स्थायी पदपूर्ति गर्नुपर्ने, १३) शिक्षकको पारीवारिक उपचार,कर र शिक्षामा निःशुल्क गराएर शिक्षण सेवालाई थप आकर्षित बनाउने, १४)अस्वस्थ र असक्त शिक्षकलाई आवश्यक जाँचबुझ गरि सुबिधासहित अवकास दिने, १५)अस्थायी सेवा पुरै जोड्ने,१६) शिक्षकमा पनि बिशिष्ठश्रेणी ब्यवस्था गर्ने,१७) शिक्षक नियुक्ति ,सरूवा आदिको जिम्मेवारी साविक शिक्षा कार्यालयलाई दिने।(पश्चिम बंगालमा शिक्षकलाई पार्टीको अनिवार्य सदस्य बनाउने नीतिले शैक्षिक स्तर खस्केको कुरा आएको छ र नेपालमा पनि नेता शिक्षकहरू प्रायःनपढाई जागिर पाक्ने,प्रमोसन र पुरस्कृत समेत हुने गरेका घटनाहरू छरपस्ट भइसकेको छैन र? अनि दलीय राजनीतिले बिद्यालय र शिक्षकलाई पहिलो खेलमैदान ठान्ने सोँचले शिक्षा झन् बिग्रिदै जाने निश्चित छ।? १८)त्यस्तै अध्ययन एवम् सुत्केरी बिदामा रहँदा सट्टा शिक्षकको ब्यवस्थापन गर्नु अपरिहार्य भइसकेको छ।?ज्ञढ) हरेक स्कुलमा स्तरीय ल्याव, लाईब्रेरी,खेलमैदान, पार्क,नाचघर आदि ब्यवस्थापन गर्नुपर्ने। २०) बिद्यार्थीहरूमा भौतिक र आध्यात्मिक पक्षलाई जोडि शान्त,धैर्य,सहनशील, चरित्रवान्,श्रृजनशील,कला र राष्ट्रप्रेमी तथा श्रमप्रति सम्मान गर्ने सुयोग्य नागरिक बनाउनका निम्ति नियमित रूपमा ध्यान गर्न÷गराउँन र बेलाबखत क्ष्लमययच नबmभ सञ्चालन गर्न पनि हलको ब्यवस्था गर्नुपर्ने आदि...।
यिनै बिबिध कारणहरूले गर्दा नेपालको बिद्यालय शिक्षालाई गुणस्तरीय,बैज्ञानिक,सीपमूलक बनाइ सम्बृद्ध राष्ट्रनिर्माण गर्न राज्यलगायत जिम्मेवार निकाय, सरोकारवाला सबैले पहिलो प्राथमिकतामा राखेर काम गर्न अब ढीला गर्नु हुँदैन ; नत्र रूनु वा पछुताउनुको बिकल्प समेत हुनेछैन ।?...
शिक्षामा सुधारका शुत्र
previous post