वन्यजन्तुको अवैध शिकारका समाचार सुन्नु–पढ्नु हाम्रो दैनिकी बनेको छ । र यस्तो लाग्छ, दैनिक जसो बज्ने र छापिने यि समाचार हाम्रा लागि सामान्य हुँदै गएका हुन् । गतसाता मात्रै चितवन राष्ट्रिय निकुञ्ज भित्र दुइवटा पाटे बाघ मृत अवस्थामा भेटिएको समाचार सुन्नु पर्यो । कहिले खाग झिकिएको अवस्थामा मृत गैडा भेटियो भन्ने समाचार त कहिले बंदेल मारिएको समाचार आइरहेकै हुन्छन् । बाँदरले अन्नवाली खाएर सताएको भन्दै वडावासीलाई वरपरका रुख काट्न उर्दी जारी गर्ने वडाध्यक्षका विज्ञप्ती पनि हामीले पढेको हो । रुख अर्थात वनस्पती र वन्यजन्तुरु विचको अन्योन्याश्रित सम्बन्ध र त्यसको महत्व नबझेका कथित जनप्रतिनिधिबाट यो भन्दा फरक अपेक्षा के नै गर्न सकिन्थ्यो र ।
म १० वर्षको हुँदो हुँ । शनिवार वारखा गोठालो जानुपर्ने भयो । ठूला सानागरी २० वटा जती बाख्रा लिएर म गोठालो गएँ । तर फर्कने बेला दुईवटा बाख्रा बथानमा थिएनन् । बुवाआमाको गाली खाइने डर सहित बाँकी बाख्रा लिएर घर पुगें । आमाले बधातमा नभएका काली माऊ र पेटारेबोका को नामै लिएर सोध्नु भयो, खोइ ति वाखा ? मेरो उत्तर नआउँदै आफै भन्नुभयो, पक्कै चितुवाले खायो । मैले बाख्रा चराउन लगेको ठाउँ सोधेर बुबा त्यतै जानुभयो । चितुवाले रगत र केही मासु खाएर छोडेको काली र पेटारे भरिएछन् । आमाको अनुमान मिल्यो ।
अहिलेको तन्नेरी वा बाल पुस्तालाई यो काल्पनिक कथा लाग्न सक्छ । तर यो यथार्थ हो । केहीवर्ष अगाडीसम्म हाम्रा खारेको वा गोठालो लगेका भेडा, बाखा खाएर सताउने चितुवा देखिन छाडेको छ । पाटे बाघ विश्वबाट लोपहुने अवस्थामा पुगेपछि संसारभर नै संरक्षण अभियान प्रारम्भ भएको छ । चितुवा र पाटेबाघका मात्र के कुरा प्राकृतिक कुचिकार भनिने गिद्ध देखिन छाडेका छन् । उनी अग्ला रुखहरुमा मात्र गुँड लगाउने गिद्ध, अग्ला दुखहरु मासिदा र उनिहरुको आहरामा हुने डाइक्लोफेनाक नामक रसायनका कारण मासिंदै गएका हुन । बाँदर भगाउन रुख काट्ने उर्दी जारी गर्नेहरुले गिद्ध हराएको तथ्यबाट सिक्नु पर्ने हो । आकाशमा क¥याङकुरुङ गर्दै लामबद्ध उड्ने चराहरु बथानमा उडेको देख्न छाडिएको धेरै भयो । काफल पाक्यो चरा मात्र होइन कोइलीको कुहुकुहु सुनिन छाडेको छ । डांफे, ढुकुर जस्ता चराहरु हराउँदै गएको हामी धेरैले अनुभव गरेका हौं । देखिन छाडेका, कम देखिन थालेका वत्यजन्तु र पंछिको नाम उन्लेख गर्ने हो भने लामै सूचि बन्न जान्छ । तर यो आलेखमा मैले तिनीहरुसंगको मानव सम्वन्ध अर्थात तिनको आस्तत्वसंग जोडीएको मानव अस्तित्व र समुन्नतीकोे चर्चा गर्ने जमर्को गरेको छु ।
पहिले वन्यजन्तु दिवसको इतिहासबारे चर्चा
गरौं । विश्वका वन्यजन्तु तथा वनस्पतिको दिगो संरक्षणका लागि जनचेतना फैलाउन सन् २०१३ डिसेम्बर २० तारिखमा संयुक्त राष्ट्र संघको सभाले हरेक वर्ष मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रुपमा मनाउने घोषणा गयो । हामीले यो घोषणासंगै आत्मसात गर्नुपर्ने कुरा के हो भने विश्वमा आस्तित्वमा रहेका हरेक प्राणी र वनस्पतीको लागि पृथ्वी साझा घर हो । चेतनशील प्राणी भएका नाताले सबै प्राणी र वनस्पतीको सुरक्षा, सम्वद्धन अनि जीवन रक्षा मानिसको दायित्व हो । छिट्टै कमाउने लोभमा परेर तिनीहरुको अस्तित्व सामाप्त पार्दा हामीले मानव हुनुको दायित्व भूलेको अर्थ त लाग्छ नै हामीले आफ्नै आस्तित्व र जीवनलाई संकटम्मा पारेको पनि बझ्नु पर्छ ।
हामी मध्ये धेरैलाई लाग्छ गड्यौलाको अस्तित्वसँग हाम्रो जीवनकों के साइतो ? तर एकछिन ठण्डा दिमागले सोच्यौ भने गंड्यौला र मानिसविचको नङ र मासुको सम्बन्ध छ । गंड्यालालाई सजिव हलो
भनिन्छ । यसको अर्थ गड्यौलाले जमिनलाई खुकुलो बनाइ राख्छ र मलिलो पनि । मालिलो र खुकुलो माटोमा राम्रो उब्जनी हुने कुरा त हामीलाई थाहै छ । राम्रो उब्जनीले राम्रो पोषण र आम्दानी हुने कुरा भै नै हाल्यो । अनी भएन त नङ र मासुको सम्बन्ध ? प्राङ्गारिक मलका लागि गंड्यौला पाल्न घालिएको तथ्य सवैलाई विदितै छ ।
हामीले घृणाको दृष्टिले हेर्ने गिद्धको कुरा गरौं । गिद्ध मासिने हो भने जैविक फोहर ब्यवस्थापनमा हामीलाई समस्या हुन्छ । जैविक फोहर व्यवस्थापनमा समस्याको अर्थ दुर्गन्ध र रोगको संक्रमण हो । साग, बाघ र बाख्राको कथा पढेका हामीले खाद्य चक्रको सू– सञ्चालनमा सबै प्राणी र वनस्पतिको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बुझ्नु पर्छ । एकछिन कल्पना गरौं त, हाम्रो खोरको बाख्रा खायो भनेर सत्तोसराप गर्ने चितुवा वा बाघ लोप भए भने के होला ? हामीलाई थाहा छ, चितुवा वा बाघको आहारा खरायो, मृग, जरायो जस्ता वन्यजन्तु हुन् । चितुवा वा बाघ लोप हुँदा तिनले आहारा बनाउने वत्यजन्तुको संख्या केही वर्षमा दोब्बर– तेब्बर हुनेछ । बनमा खाने कुराको अभाव भएपछि ति जीवहरू हाम्रो अन्नवाली खान आउने छन् । खाद्य श्रृङ्खला विग्रने छ । यसरी नै हाम्रो अर्थात मानव जातीको आस्तित्वसंग नङमासुको सम्वन्ध रहेका थुप्रै वन्यजन्तु भेटिन्छन् । यसको अर्थ हो, मानव जातिको अस्तित्व वचाइराख्ने हो भने पृथ्वीमा भएका सबै प्राणीको आस्तित्व जोगाउनु अपरिहार्य
छ । त्यसैले आउनुहोस, हामी सबैमिलि वन्यजन्तु जोगाउँ, आसन्न मानव अस्तित्वमा आउन लागेको संकट हटाउँ, । विश्व वन्यजन्तु दिवस मार्च ३ को शुभकामना !