जीवन साथी गुमाउनुको पिडामा रहेका महिलालाई समाज अनेक लाञ्छना लगाएर अपमानित र प्रताडित गर्दछ, जुन महिला हिंसाको एक रुप हो ।
अंग्रेजी पात्रो अनुसार हरेक वर्ष नोभेम्बर २५ मा संसार भर महिला हिंसा अन्त्यका लागि दिवस मनाईन्छ । १६ दिन सम्म चल्ने यो अभियान डिसेम्वर १० का दिन सकिन्छ, जुन दिन अन्राट्रिय मानव अधिकार दिवस पनि हो । यो १६ दिने अभियानका विश्व भरी नै क्रममा महिला माथि हुने हिंसाका विरुद्धमा जनमत तयार गर्ने, नागरिकमा हिंसा विरुद्धको चेतना कायम राख्ने तथा लैङ्कि हिंसाका विरुद्ध ऐक्यबद्धता जनाउने खालका कार्यक्रम हुन्छन्। विभिन्न देशका महिला अगुवाहरुले सन् १९८१ मा नोभेम्वर २५ लाई महिला हिंसा अन्त्यका लागि दिवसको रुपमा मनाउने प्रस्ताव गरेका थिए । सन् १९९९ मा संयुक्त राष्ट्रसंघको महासभाले सोही मितिलाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो र सोही वर्षबाट यो दिवस मनाउन थालिएको हो । नेपालमा पनि यो अवसरमा सरोकारवाला संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्दछन्, जसले महिला हिंसा न्यूनिकरणमा सहयोग
पु¥याओस् ।
हाम्रो सभ्यता भन्छ, नारी अर्थात महिला पूजनीय हुन्छन् । तर तिनै महिला अनेक खालका हिंसाको शिकार भइरहेका समाचार हामी दिनदिनै पढ्न र सुन्न बाध्य छौ । जन्म पूर्व देखिनै हिंसाका शिकार हुन बाध्य नारीहरु जन्मे पछि झन अनेकौं खाले हिंसाको शिकार हुनु पर्दछ । विश्वव्यापि तथ्याङ्क भन्छ, हरेका ३ महिलामध्ये एक महिलाले आफ्नो जीवनकालमा शारीरिक वा यौन हिंसाको शीकार भएका हुन्छन् र त्यो पनि नजिकको साथीबाट । केवल ५२ प्रतिशत महिलाले मात्रै आफुले राजेको पुरुषसंग विवाह गर्न पाउँछन् । भन्दा स्वयमवर भन्ने तर कहिल्यै नदेखेको, आनीबानी बारे कुनै जानकारी नभएको केटालाई वरको रुपमा ग्रहण गर्नु पर्ने बाध्यतामा अझै थुप्रै छोरीहरु रहेका छन्, उनीहरुका अधिकारसंग जोडिएको कुरा हो । अधिकारको उपभोग गर्न नदिनु पनि एक प्रकारको हिंसा नै होइन र ? छोरी जन्माएकै कारण घरेलु हिंसा र दुव्र्यवहारको शिकार बन्न पुग्ने महिला दाइजो नल्याएको वा थोरै ल्याएको नाममा जिउँदै जलाइने जस्तो जघन्य हिंसाको शिकार हुन पुग्दछन् । संसार भर नै २/३ वर्षका बालिका देखी ८० वर्षका वृद्धासम्म बलात्कृत भएका समाचारहरु आईरहन्छन् । बिहान सकुसल घरबाट बाहिर निस्केकी छोरी, बहिनी वा अन्य कोही बेलुका घर फर्कने हो कि होइन वा फर्के पनि कुन अवस्थामा फर्कने हो भन्ने चिन्ता खासगरी यति बेला नेपाली समाजमा व्याप्त छ । अनमेल विवाहको शिकार पनि महिला नै भैरहेका छन् भने जीवन साथी गुमाउनुको पिडामा रहेका महिलालाई समाज अनेक लाञ्छना लगाएर अपमानित र प्रताडित गर्दछ, जुन महिला हिंसाको एक रुप हो । बोक्सीको नाममा मल–मुत्र खान बाध्य पारिने पनि महिला नै हुन् । महिनावारी भएका बेला छाउघर बस्नु पर्ने कुराले पनि महिलामाथि हुने हिंसालाई बल दिईरहेको छ र कतिपय बालिकाहरु बलात्कारको शिकार समेत भइरहेका छन् । जबरजस्ती विवाह, घरेलु कामदारको रुपमा प्रयोग हुने, वेचविखनमा पर्ने पनि महिला नै हुन् । बालिका उमेरमै विबाह हुने र आमा बन्नेहरुको संख्या पनि हाम्रोमा यथेष्ट छ, जसले उनीहरुको प्रजनन स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पारिरहेको हुन्छ । यसरी हेर्दा महिला हिंसाका अनेकौं रुप छन् । सार्वजनिक स्थलमा बसेका युवाहरुबाट अश्लिल इसारको शिकार नभएका युवती शायद कमै होलान् । सार्वजनिक यातायातमा सवार महिलाले सहन गर्नुपर्ने अनेक दुव्र्यवहार छन् । बालिकाहरु कति असुरक्षित छन् र तिनले न्याय पाउन कति कठिन छ भन्ने कुरा त कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्न भएकाहरु घटना भएको ४ महिना वितिसक्दा पनि फेला नपर्नुले बताएको छ । राज्य संयन्त्र नै बलात्कारी हत्यारा र तिनका मतियारको बचाउ र संरक्षणमा लागेको दुःखद अवस्थाबाट नेपाली समाज गुज्रिरहेको छ भन्दा विश्व समुदाय हामीलाई कसरी हेर्दाे हो ?
अझ आश्चर्य त के छ भने महिला हिंसाकालागि महिलाको भूमिका रहनु । निर्मला प्रकरण कै कुरा गर्दा जब कञ्चनपुरमा बलात्कारी हत्यारको खोजी आवश्यक कारवाहीको माग गर्दै आन्दोलन चर्कियो सत्ताधारी दलकी एक महिला नेतृले उक्त आन्दोलनलाई सरकार विरुद्धको आन्दोलन पो देखिन । हामीले महिला राष्ट्रपति पायौ वा नेतृत्वमा महिलालाई पठाउन सफल भयौं भनेर झारेको हर्षको आशु सुक्न नपाउँदै आफ्ना छोरी चेली दैनिक बलात्कार र हत्याको शिकार भइरहँदा एक शब्द नबोल्ने नेतृत्वलाई पठाएकोमा दुःख मान्नु पर्ने विडम्बनाबाट हामी गुज्रेका छौं । हाम्रो नेतृत्वको चेत त यस्तो छ भने ग्रामिण महिलाहरु महिला हिंसाका बारेका कसरी सचेत हुन सक्लान ? तर सुखद चाहीँ के छ भने विस्तारै महिला हिंसा विरुद्धको चेतना गाउँगाउँ सम्म अब पुगिसकेको छ । ग्रामिण महिलाहरु पनि आफुमाथि भएका हिंसाका विरुद्धमा आवाज उठाउन सक्ने भएका छन् । त्यसैको उदाहरण हो कञ्चनपुरमा चार महिना पुग्दा सम्म पनि नसेलाएको न्याय प्राप्तीको आन्दोलन ।
सन् १९६० को दशकबाट उठेको महिला हिंसा विरुद्धको आवाज निरन्तर गुन्जिन थालेको ६ दशक हुन लागेको छ । तर संसारका महिला अगणित प्रकारका हिंसाको शिकार हुने क्रम रोकिएको छैन । नेपालको सन्दर्भ पनि त्यो भन्दा भिन्न छैन । लैङ्गिक असमानताले निम्त्याएको महिला हिंसाको अन्त्यका लागि हामी सबै सचेत हुनु जरुरी छ । बनेका कानूनहरुको उचित कार्यान्वयन र राजनैतिक नेतृत्वमा दलिय घेरा भन्दा माथि उठेर सोच्ने बानीको विकास हुन सक्दा महिला हिंसा अन्त्यमा बल पुग्न सक्छ । नेपाली महिला सती प्रथा देखि देउकी, झुमा प्रथा सम्मका अनि कमारीका रुपमा बेचिने देखि बोक्सीका नाममा अनेक यातना सहने गरी अनेक खालका हिंसा सहेर आजित भै सकेका छन् । यो अत्यास लाग्दो पर्खाइ समाप्त गर्नु अब जरुरी भै सकेको छ । महिला सशक्तिकरणका लागि महिलामाथि हुने हिंसाको अन्त्य गरौं, महिला हिंसा विरुद्धको १६ दिने अभियानले हामी सबैमा यो प्रेरणा प्रदान गरोस् । हिंसा रहित नेपाली समाजमा बालिकाहरुले स्वच्छन्द मनले सपना देख्न पाउन र उक्त सपना पूरा गर्ने ल्याकत राखुन् । कहिं कतै म असुरक्षित छु कि भन्ने त्रास बालिकामा र महिलामा नभएको आदर्श नेपाली समाज निर्माणमा यो वर्षको अभियानले एउटा इट्टा थपोस् । समानता र सहअस्तित्वलाई आत्मसाथगरेको नेपाली समाज निर्माण होस्, यही कामना ।