नेपालको राजनीतिक यथार्थता यो हो की राणाकाल देखि विदेशी शक्तिको आडमा राजनीति सञ्चालन भैरहेको छ । राजनीतिक आन्दोलन सुुरु गर्ने र रोक्ने इशारा विदेशी शक्तिले गरि आएका छन् । नेपालको प्रधानमन्त्री बन्न बेलायत, अमेरिका र भारतको समर्थन चाहिन्छ । जनताबाट चुनिएका नेता भनाउँदा व्यक्तिले देशको विकास गर्न विदेशीको आशा गर्नु बाहेक अन्य विकल्प भेटाउन सकेका छैनन् । विदेशीले नेपालमा सञ्चालन गरेका विकास कार्यक्रम प्राकृतिक श्रोतको बर्वादी र भौतिक ज्ञानको ह्रास भैरहेको छ । देशको सांस्कृतिक वातावरणको अध्ययन नगरी विवेकहिन ढंगले योजना सञ्चालन गर्दा गरिबी बढेको छ । देश पर निर्भर बन्दै गएको छ ।
देश भित्रका शासक धनी हुँदै जाँदा आम नेपाली नागरिक भने कंगाल हुँदै गएका छन् । बर्तमान समयमा गरिबी, अल्प विकसित अवस्था, परनिर्भरता तिर हाम्रो अर्थव्यवस्था लम्किरहेको छ । देश परनिर्भर भएका कारण नेपाली युवा युवती विदेश पलायन हुन बाध्य भएका छन् । यसरी आर्थिक, राजनैतिक पर निर्भरता बढ्दै जाँदा राजनैतिक र आर्थिक पक्षाघातको (political and economic paralysis) डरलाग्दो रोग लाग्ने छ । जसको उपचार हामी गर्न सक्ने छैनौं ।
आर्थिक विकास गर्न राष्ट्रको उत्पादन संरचना परिवर्तन गर्न अत्यावश्यक हुन्छ । देशको आर्थिक नीतिमा परिवर्तन गरी नियौतमुखी औद्योगिकरण र आर्थिक विविधिकरणलाई सक्रियता पूर्वक परिवर्तन गर्र्ने कदम चाल्नु पर्ने हुनछ । परनिर्भरता वर्तमान व्यवस्थाले जन्माएका समस्या हुन् । एकाधिकारी व्यापार र लगानीले परनिर्भरता बढ्दै गएको छ । यस्तो परनिर्भरताले अर्थतन्त्र अपाङ्ग हुन पुगेको छ । हाम्रा अर्थमन्त्री जीले देशको आर्थिक र सामाजिक विकास हुन नसकेको कारण पत्तालगाउन सक्नु भएको छैन । यसको प्रमुख कारण विकसित राष्ट्रले आर्थिक शोषण गर्नु नै हो । यस भित्र विकासित राष्ट्रको स्वार्थी चरित्र लुकेको छ । गरिब राष्ट्रको व्यापार घाटा बढ्न गै कच्चा पदार्थ र सस्ता वस्तु निर्यात गरी महंगा वस्तु भित्र्याउन बाध्य छन् । प्रविधिको विकासमा उच्च स्थान ओगटेको राष्ट्रमा गरिबराष्ट्र आश्रित हुन बाध्य छन् ।
हाम्रो देशका ग्रामिण जनता विकासको भ¥याङको तल्लोे खुड्किलो मै अड्किरहेका छन् । नेपाल सरकार दिनानुदिन दीनहिन देखिएको छ । मानवताको ह्रास भएको छ । धनी दिनप्रति दिन आकासिंदै छन् । गरिबको जीवन अन्धकारमा डुब्दैछ । अन्तर्राष्ट्रिय आतंकवादको कालो छायाँले नेपाली जनमानसलाई तर्साउँदै लगेको छ । नेपालमा आर्थिक र राजनैतिक खिचातानीको कालो बादल मडारिरहेको छ । जनताको दिन चर्या दिन प्रतिदिन कमजोर भैरहेको छ । ग्रामिण गरिबहरु आफ्ना दुःखका दिनहरु गुजार्न बाध्य भैरहेका छन् । नेपालको गबिी सम्बन्धि एक अध्ययनले भनेको छः ग्रामिण गरिबहरु गरिबीमै बिउंँझन्छन्, गरिबीमै निदाउँछन् । ग्रामिण गरिबको पैतालामा भएको घाउहरुमा मलम पट्टी कसैले पनि लगाएका छैनन् । यो ग्रामिण वस्तीका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।
औद्यागिकरण नहुनु अर्थव्यवस्थाको ठूलो रोग हो । विदेशी इशारामा हाम्रो राजनीति चलेको छ । राजनीतिज्ञले देशको दुइतिहाई आर्थिक श्रोत लुटिरहेका छन् । स्थानीय प्रतिनिधिको पद भ्रष्टाचार गर्ने लाइसेन्स भएको छ । हाम्रा अर्थमन्त्रीलाई नेपालको आर्थिक विकास गर्ने नविनतम नमूनाको ज्ञान नै छैन । देशको दु्रततर विकास गर्ने हो भने micro economic national development modelआविष्कार भएको छ । यसलाई नेपालमा लागू गर्ने हो भने आउँदो १० वर्षमा नेपालीको प्रतिव्यक्ति आय पच्चिसहजार डलर बनाउन सकिन्छ । खै यस्तो खोजी होला त यो देशमा ? लुटेरा सरकारको रुप फेरियोस्– जय सरकार । अन्त्यमा सुधारको हार्दिक शुभकामना !