सिमसिम पानी परेको ,हिलाम्य बाटो,एकान्त स्थलमा एउटा जिर्ण अबस्थामा रहेको कटेरी । त्यही ठाँऊ भएर म माहेन्द्री नदीपारी पुग्नु पर्ने । त्यहीँ कटेरीमा अन्दाजी १२–२० बर्ष उमेरका केहि युवाहरु अश्लिल वाक्य बोल्न र नसा पानमा मस्त रहेछन् । म जादै थिएँ उनीहरुले मलाई देखे छन् । एक जना जगल्टे कपाललाई यस्सो समेटे झैँ गरेर रातो इलास्टिकले बाधेको सायद ती सबैभन्दा बढी उमेरको हुनुपर्छ ले “ऊ एउटा सुड्डो आउदै । ” अलि सानो स्वरमा भन्दै थियो तर मेरो कानमा आई पुग्यो । मलाई यी केटाहरु सँग केही बोलौँ कि नबोलौँ दोमन भएको थियो । यत्तिकैमा “अंकल कता जान लाग्नु भयो “भन्ने आवाज आयो । मैले लामो कुरा गर्न चाहिन र पारीसम्म भनेर गन्तव्य तिर लागेँ ।
जाँदै गर्दा मेरो मनमा कुरा खेल्न थाले । सरकारले समृद्ध नेपालको उद्धोष गरेको छ । यता युवा जगत यस्तो हालतमा छ । यिनका बाउ आमालाई यो थाहा होला कि नहोला ? कस्तो आर्थिक हैसियतका होलान् यिनका बाऊ आमा ? सबैको एकै नासको अवस्था त अवश्य नहोला । कुनैका बाउ खाडीको तातो खाँदै होलान् । कोहि पेन्सनवाल होलान त्यही पेन्सनको छोराले फूर्ति लगाउदै होला । कोहि बहालवाला कर्मचारीका छोरा होलान् । आमाले भनेको पटक्कै नटेर्ने होलान प्राय सबै । घरमा भन्दा बाहिर नै अधिकांश समय बिताउँदा हुन यिनिहरू । स्कूलमा त देखाउन मात्र जाँदा हुन् । लेखपढमा ध्यान भए त पक्कै यस्तो लतमा फस्ने थिएनन होला यिनीहरू ।
फेरि सोचेँ,“कसरी फँसे होलान यी नव युवाहरू यस्तो लतमा ?” सायद कसैका बा आमाले नै “ल छोरा चुरोट सल्काएर ले” भन्दा भन्दै सिके होलान् । आफू भन्दा ठुलाको सिको गरे होलान् । खुला रुपमा गाँजा , चुरोट,रक्सी खाएको देखेर सिके होलान् ,आफू भन्दा ठूलो उमेरको दाई वा काकाले खाएको देखेर ल है ल हैमा बिचार गर्दा गर्दै यस्तो लत बस्यो होला । किनकी बल्यकाल अत्यन्त छिटो नक्कल गर्न सक्ने अबस्था हो । अनि अज्ञनता बस उनिहरुकै परिवारको हौसला पनि मिलेको देखिन्छ । कसैले “तेरो छोरो त कुलतमा लागेछ । गाँजा चरेस जस्तो नसा लिएर लठ्ठिएर बस्छ रे । स्कुल पनि जादैन रे” भन्दा कतै मेरो छोरो बिग्रन लागेको त छैन ? सोच्नुको सट्टा सत्रु लागेर मेरो छोराको बदनाम गर्ने भन्दै रिसाएको झगडा स यस्ता समस्या दिनानुदिन बढ्दै गएको यथार्थ बुझक्कडहरुलाई थाह नभएको त कहाँ छ र?कोहि जानेर बुझेर पनि खासै चासो दिँदैनन।कोहि बिज्ञान पढेका तर ज्ञान नभएकाहरु यस्तैमा रमाईलो मान्दै छन। सरकार र दलहरुको त झन के कुरा गर्ने र?सत्ता प्राप्त गर्ने र सत्ता जोगाउने खेलोमेलोमै ब्यस्त छन्।चुनिएर गएका जनप्रतिनिधीहरु माल सामान झैँ खरिद बिक्री हुँदै छन । अपहरण समेत गरेका समाचार सुन्न पाईन्छ । यस्तो गतिबिधी संचालन गर्नेहरुबाट जनहित र राष्ट्रहितका कार्य गर्लान भनेर कति आसा गर्ने?विधि नियमहरु त लेखिन्छन तर कार्यन्वयन अति फितलो । अझ अहिले त वडावडामा सरकार छ रे । त्यसले चाहेमा हरेक घरका गतिबिधी नियाल्न सक्थ्यो । तर जनप्रतिनिधीहरु जागिर खान नियुक्त भए जस्तो लाग्दैछ । जे जसरी जे गरेर भए पनि आगामी चुनावमा भोट धेरै ल्याएर पुनःजित्नु पर्ने छ,चुनावको लागि खर्च जुटाउने भुतले घर गरेको देखिन्छ । राम्रो काम दिएर हैन केही छाक माम दिएर आफ्नो पक्ष्यमा ¥याली गर्न मोटरसाइकलमा तेल दिएर,, सचेतता हैन कुलतमा लैजाने नसालु पदार्थ खुवाएर ,हप्ता उठाई खाने गुण्डालाई स्थान र मान दिएर, प्राकृतिक सम्पदा दोहन जस्तो अबैध काम गर्ने लाई संरक्षण दिएर,नागरिकलाई चेतना सून्यका रैती ( भेडा जस्ता) एकोहोरा बनाएर आफ्नो दलगत स्वार्थका कारण जे गरेर भए पनि धेरैजसो नेता कर्मचारी र डनहरुमा दिन दोगुना रात चौगुना धनाड्य बन्ने होड चलेको छ हाम्रो देशमा । यस्ता अबैध कार्यमा संलग्न हुनेहरुलाई कारवाही गरियो भने भोटर घट्ने डर छ दलहरुलाई । यस्ता प्रबृत्ती अझ बढ्दै जाने हो भने केही दशकमा नै हाम्रो देश सुडान जस्ता गरिव देशहरूको सुचिमा अग्रस्थानमा आउन सक्छ । अनि राम्रो नराम्रो गुण दोषको आधारमा समर्थन र बिरोध गर्नु पर्ने लोकतान्त्रिक आदर्श हो रे तर त्यसो नभै कागले कान लग्यो भन्दा कागको पछि लाग्ने रैतिको स्वभाव भएका यो देशका नागरिक भनाउदा हामीहरु पनि यस्तो परिवेश सृजना गर्नुमा जानेर वा नजानेर जिम्मेवार छौँ कि ? सोच्ने अबस्था आएन र ?
“काला धन्दा गर्ने तस्करहरू,माफियाहरू, डन गुण्डाहरुको कुनै राज्य , राष्ट्रियता,धर्म भाषा, संस्कृती“ हुँदैन रे तर राज्य संचालन गर्छौँ ,बिधिको शासनको माध्यम्बाट देश र जनताको हितमा काम गर्छौँ भनेर स्वघोसित बनेका राजनैतिक दलहरूमा चारित्रिक सुधार,दृष्टिकोण,आवश्यकता अनुसार राष्ट्र र जनहितको लागि निजि स्वार्थहरु त्याग गर्दै युवा जगतलाई सक्षम सबल चेतनशिल नैतिकवान शिक्षित बनाउदै रोजगारीका अवसर सृजना गरि देशको दीगो विकासमा सहभागी गराउने कार्यको थालनी राजनैतिक दलहरुले नगर्ने हो भने माथी उल्लेख गरिएका तस्कर, माफिया भन्दा के फरक भयो र ?
अंश र बंशका उत्तराधिकारी घरदेखि सिंगो समाज देश र संसार भरका आशा भरोषा तथा भोलिका समाज संचालक, युवाशक्ती स्वस्थ र सबल भएनन भने सिङ्गो मानव जगत नै अस्तित्वको सङ्कटमा पर्ने कुरा निश्चित छ । हाम्रो देशमा केही बर्षदेखि युवा जगतमा बढ्दै आएको अखाद्य नसाजन्य पदार्थको सेवन बढ्दै जाने हो भने भविष्य उज्यालो त अवश्य छैन । कुन रफ्तारमा अन्धकार तर्फको यात्रा गर्ला भन्ने मात्र हो । यस्तो परिस्थिती छ ता पनि अझै आकाश खसिसकेको त छैन । यस्तो परिस्थितीको सुधारमा देश संचालनको जिम्मा पाएको सरकारको आवश्यक नीति निर्माण गर्ने र लागू गर्ने अहम भुमिका हुन्छ । तर पनि हरेक घरका सदस्यदेखि समाज सेवी जनप्रतिनिधी राजनीतिक दलहरु संचारकर्मी, लेखक साहित्यकार कलाकार सबैको आ–आफ्नो ठाउँबाट हृदय देखिनै समाज सुधारमा दत्तचित्तका साथ लाग्ने हो भने असम्भव छैन । हाम्रो आफ्नै उज्वल भविष्यको लागि आफू भित्रका खराव सोच फाल्दै युवा शक्तिलाई स्वस्थ सबल बनाउदै क्रमषः जिम्मेवारी दिँदै जानु नै सुन्दर भविष्यको यात्रा हुन
सक्छ ।
युवा सप्रे बन्यो देश बिश्वमा नाम सार्थक युवा बिग्रे भने देश घर गाऊँ अराजक
previous post